जाजरकोट छेप्कामा सिलिन्डर ग्यास लिक भएर आगलागी ३ जना घाइते
जाजरकोट :जिल्लाको नलगाड नगरपालिका–२, छेप्कामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान आगलागी हुँदा घाइते हुनेमा नलगाड नगरपालिका –२ छेप्काका माया जैसी, रुपा जैसी र रमेश गौतम रहेकाे ईलाका प्रहरी कार्यालय दल्लिले जानकारी दियकाे हाे ।
घाइतेहरुकाे नगर अस्पताल दल्लीमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर भएकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धारको लागि सम्बन्धित निकायमा माग गरिएको प्रशासकीय अधिकृत दिपेन्द्र शाहीले बताए । केही समयमै उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आउने जानकारी आएको शाहीले बताए ।...









