१४ कार्तिक २०८२, शुक्रबार

Tag: जाजरकोट

खाेलामा पाैडि खेल्न गयकि दुई बहिनी मृत अवस्थामा भेटिए

खाेलामा पाैडि खेल्न गयकि दुई बहिनी मृत अवस्थामा भेटिए

Breaking News, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :जाजरकोट खाेलामा पौडी खेल्न गयकि एकै घरकि दुई दिदी बहिनि मृत अवस्थामा भेटिए कि छन । कुशे गाउँपालिका-७ समाकोट खोलामा पौडी खेल्न गएका दुई जनाको मृत्यु भएको हो। स्थानीय समाकोट खोलामा शुक्रबार दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी सिंह र १५ वर्षीया गीताकुमारी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा बगेका दुवै दिदीबहिनी सोही खोलाको करिब दुई सय मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । दुवै दिदी बहिनीको शव घरमा ल्याएर राखिएको छ ।आज शनिबार शव परीक्षण गरिने उनले बताए ।...
जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रिया मिलेमतो गरी  लाखाैंको भ्रष्टाचार गरिएको तथ्य सार्वजनिक

जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रिया मिलेमतो गरी  लाखाैंको भ्रष्टाचार गरिएको तथ्य सार्वजनिक

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी  लाखाैंको भ्रष्टाचार गरिएको तथ्य बाहिरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा संलग्न नगरपालिकाका कर्मचारी र ठेकेदार कम्पनी विरुद्ध विशेष अदालत काठमाडौंमा ३६ लाख २० हजार ५७८ रुपैयाँ बराबरको बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगको अनुसन्धान अनुसार आ.व. २०८०/८१ मा वडा नं ६, ९ र १० को कार्यालय भवन ठेक्का प्रक्रियामा सार्वजनिक खरिद नियमवली विपरीत बोलपत्रदाता कम्पनीहरुलाई जानीजानी अनुत्तीर्ण गरी लक्षित ठेकेदार न्यू विके / नहकुली जेभी लाई ठेक्का दिलाइएको थियो । यसरी ठेक्का पाउँदा सरकार र नगरपालिकाको सम्पत्तिमा ठूलो हिनामिना भएको अख्तियारले ठहर गरेको छ । मुद्दामा प्रतिवादी बनाइएका व्यक्तिहरुमा भेरी नगरपालिकाका  निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियर मो...
जाजरकोटमा पत्रकारमाथि प्रहरीको दमन -फाेटा डिलिट गर्न धम्की

जाजरकोटमा पत्रकारमाथि प्रहरीको दमन -फाेटा डिलिट गर्न धम्की

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
जाजरकोट :जाजरकोटमा तीज विशेष कार्यक्रममा फाेटा खिचिरहेका पत्रकारमाथि प्रहरीले दमन गरेका छन । मंगलबार राति करिब १० बजे खलंगामा रहेकाे नेपाल बैंक अगाडि तीज विशेष नाचगान कार्यक्रम चलिरहेको थियो । सोही क्रममा पत्रकार बालकुमार शर्मा, शिक्षक कमल चन्द लगायत अन्य व्यक्तिहरू पनि कार्यक्रममा उपस्थित थिए । शर्मा सामाजिक सञ्जालमा लाइभ गर्दै तस्बिर र भिडियो खिचिरहेका बेला प्रहरी निरीक्षक सन्ताेष चन्द र अर्का प्रहरी कर्मचारीले उनलाई नजिकै बोलाई मोबाइलमा रहेका तस्बिर डिलिट गर्न धम्कीपूर्ण शैलीमा दबाब दिएको पत्रकार शर्माले बताए । “तपाईंले फोटो खिच्नु भएको छ भने डिलिट गर्नुपर्छ भन्ने निर्देशन दिइयो । सार्वजनिक स्थलमा खिचिएको फोटो के आधारमा मेटाउन लगाइयो भन्ने प्रश्न छ,” शर्मा आक्रोशित हुँदै भन्छन्, “पत्रकार आचारसंहिता र कानुनबारे मलाई प्रष्ट थाहा छ । तर रातिको समयमा प्रहरी प्रशासनले पत्रकारलाई मनोबल गिर...
भारतकाे उत्तराखण्ड धराली पहिराेमा बेपत्ता भयका परिवारलाई मलेसियाबाट रु ४४,१५४ नगत सहयाेग

भारतकाे उत्तराखण्ड धराली पहिराेमा बेपत्ता भयका परिवारलाई मलेसियाबाट रु ४४,१५४ नगत सहयाेग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, माैसम, संस्कृति, स्वास्थ
जाजरकोट :भारतकाे उत्तराखण्ड धराली पहिराेमा बेपत्ता भयका परिवारलाई मलेसियाबाट रु ४४,१५४ नगत सहयाेग प्राप्त भयकाे छ । गत साउन २० गते मंगलबार अपरान्ह भारतकाे उत्तराखण्डकाे धरालिमा आयकाे पहिराेमा बेपत्ता भयका कुशे गाउपालिका - २ टालेगाउँका कर्ण बहादुर सिंह, मान बहादुर सिंह, निम बहादुर सिंह,राम बहादुर सि जनाका परिवारलाई मलेसिया स्थित "सेन्टर मेडिकियर कम्पनि"मा कार्यरत कामदारहरुकाे पहलमा सहयाेग स्वरुप रु .४४,१५४ नगत प्राप्त भयकाे हाे। नेपाल स्थित ईन्टरनेशनल मेन पावर कम्पनिकाे पहलमा  २०८० सालमा बैदेशिक राेजगारकाे शिलशिलामा मलेसिया पुगेका कामदारहरुले उक्त रकम सहयाेग स्वरुप प्रदान गरियकाे कम्पनिमा कार्यरत कुशे गाउपालिका - २ टालेगाऊका जिवन शाहीले बताय । सहयाेग गर्नेहरुमा क्रमश ; १ जीबन शाही कुशे गाउपालिका- २ तिमिल्धारा रु १६२५ २ महेन्द्र सिह कुशे- २ झारगाऊ रू १६५५ ३ सुर्य बिक्रम सिह कुशे २ड...
जाजरकोट कल्ले खाेलामा एम्बुलेन्स दुर्घटना, चालक चनाराकाे मृत्यु

जाजरकोट कल्ले खाेलामा एम्बुलेन्स दुर्घटना, चालक चनाराकाे मृत्यु

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुदा चालककाे मृत्यु । जिल्लाको भेरि नगरपालिका - १ कल्ले खाेलामा गय राति १२ बजे एम्बुलेन्स दुर्घटना हुदा चालक २७ बर्षिय शुनिल चनाराकाे   घटनास्थलमै मृत्यु भयकाे हाे।खलंगा बाट डाैँरीकाँडा बिरामी लिन  जाँदै गरेकाे  भे १ च २२४७ नम्बरको  एम्बुलेन्स गय राति उकालाे जाने क्रममा भित्तामा ठाेक्कियर करिव  दुईसय मिटर तल खसेकाे , जाजरकोटबाट प्रेम रानाले बताय । घटना बारे बुझ्न बिहानै प्रहरीकाे टाेलि घटनास्थलमा पुगेकाे छ ।  ...
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना अब “राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम”बाट सेवा प्रवाह हुने

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना अब “राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम”बाट सेवा प्रवाह हुने

Breaking News, कृषि, राष्ट्रिय, समाचार
काठमाडौं :प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयको नाम परिर्वतन भयकाे छ ।सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयको नाम परिर्वतन गरेको छ । अव कार्यालयको नाम "राष्टिय कृषि आधुनिकीकरण कार्यक्रम" कार्यक्रम कार्यान्वयण एकाईको नामाकरण गरेको हो ।अव सुन्ताल मौरी ओखर दलहन बाली जोनका रुपमा भएको कार्यलयको नाम परिर्वतन भएको हो ।कार्यालयको नाम परिर्वतन भएको जाजरकोट कार्यालयले सवै जिल्लाका सरकारी कार्यालयहरुलाई जानकारी समेत गराएको छ ।सरकारले कार्यालयको नाम चालु आर्थिक वर्षमा परिर्वतन गरेको हो । अन्य सरकारी कार्यालयहरुको पनि नाम परिर्वतनको चर्चा चलेको छ । ...
जाजरकोटका हेमराज उपाध्याय दाहालले अनुशासित बाल नेतृत्वकर्ता र अन्तर्राष्ट्रिय विजेता हासिल गरेका छन

जाजरकोटका हेमराज उपाध्याय दाहालले अनुशासित बाल नेतृत्वकर्ता र अन्तर्राष्ट्रिय विजेता हासिल गरेका छन

Breaking News, खेल, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :हेमराज उपाध्याय दाहाल: जाजरकोटको अनुशासित बाल नेतृत्वकर्ता र अन्तर्राष्ट्रिय विजेता भयका छन ।जाजरकोट जिल्ला, छेडागाड नगरपालिका वडा नम्बर ३ मा बसोबास गर्ने हेमराज उपाध्याय दाहाल एक अनुशासित, प्रतिबद्ध र निडर युवा नेतृत्वकर्ता हुन्। उनी हाल जनप्रिय माध्यमिक विद्यालय, दशेरा, जाजरकोटमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मात्र होइन, छेडागाड नगरपालिका नगर बाल सञ्जालका अध्यक्ष समेत हुन्। हेमराजले अन्तर्राष्ट्रिय स्तरको नेतृत्व विकास प्रतियोगितामा भाग लिएर पाँचवटा देशका करिब १,१४५ भन्दा बढी बालबालिकालाई पछि पार्दै विजयी हुने गौरव हासिल गरेका छन्। यस सफलताले मात्र होइन, उनको नेतृत्वशैली, प्रतिबद्धता र आत्मविश्वासले नेपाल र विशेषगरी जाजरकोट जिल्लाको नाम विश्वभरि उजागर गरेको छ। उनी आफ्नो गाउँ, विद्यालय र देशका लागि गर्वको विषय हुन्। हेमराजका पिता लक्ष्मीराम उपाध्याय दाहाल र माता जयनता दे...
काेल्चाैर गाउमा निशुल्क वितरण गरियाे ईट्टा बनाउने इन्टरलग मेसिन

काेल्चाैर गाउमा निशुल्क वितरण गरियाे ईट्टा बनाउने इन्टरलग मेसिन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :भेरी नगरपालिका -१ कोल्चौर टाेललाई निशुल्क रुपमा  इन्टरलक इट्टा बनाउने मेसिन वितरण गरिएको छ । विल्ड अप नेपालको सहयोग तथा वडा कार्यालयले समन्वयमा  उक्त मेसिन गाउँवासीहरुलाई वितरण गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरेर उक्त मेसिन वडा अध्यक्ष दिपक रानाबाट हस्तान्तरण गरिएको हो । २०८० साल कात्तिक १७ गते राति जाजरकोटको बारेकोटलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले उक्त वडामा धेरै क्षति पुर्‍याएकाे  थियो । भुकम्पका कारण कोल्चौर गाउँका एउटै घरका ६ जनाको ज्यान गएको थियो । माटो र ढुङ्गा बनेका घरहरु भयकाे कारण गाउका प्राय घरहरु भत्केका थिए। भुकम्प पिडित गाउलेहरुलाई राहत होस भनेर इन्टरलक इट्टा बनाउने मेसिन निःशुल्क उपलब्ध गराएको विल्ड अप नेपालका कर्मचारी राजकपुर लिम्बुले बताए । इन्टरलक इट्टाले संरचनालाई भुकम्प प्रतिरोधि बनाउन सहयोग पुग्ने र अरु इट्टा भन्दा सस्तोमा उपलब्ध हु...
जाजरकोट विद्युत तारमा करेन्ट लागेर एक युवककाे मृत्यु

जाजरकोट विद्युत तारमा करेन्ट लागेर एक युवककाे मृत्यु

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :नलगाड नगरपालिकामा विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका वडा नम्बर ७ चामाखेतका २२ वर्षीय शिशिर चन्द रहेको जाजरकोट प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार सोमबार बिहान करिब १०ः३० बजे नलगाड नगरपालिका वडा नम्बर ४ गाडेखोलामा चन्द पोलमा चढेर विद्युतको तार मर्मत गरिरहेका थिए । सोही क्रममा अचानक करेन्ट प्रवाह हुँदा उनको पोलमै झुन्डिएर घटनास्थलमै मृत्यु भएको हो । मृतक चन्द ज्यालादारीमा काम गर्ने मजदुर भएको बुझिएको छ । उनको शव पोष्टमार्टमका लागि दल्लीस्थित नगर अस्पतालमा राखिएको छ ।...
डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख शाहमाथि कार्यकक्षमै हातपात

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख शाहमाथि कार्यकक्षमै हातपात

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट : डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमर प्रसाद शाहमाथि कार्यकक्षमै हातपात भयकाे छ। आइतबार कार्यालय समयमै कार्यालयभित्र पसी अज्ञात समूहले शाहलाई हातपात गरेको हो। कार्यालय समयमै कार्यकक्षभित्र काम गरिरहेका बेला केही व्यक्तिहरूले अचानक प्रवेश गरेर दुर्व्यवहार गर्दै हातपात गरेको शाहले बताए। ‘म सामान्य फाइल हेर्दै थिएँ, एक्कासी ३–४ जना मानिसहरू पसेर आक्रोशित ढंगले कराउन थाले, अनि मलाई थिचथाच पार्दै कुटे,’ प्रमुख शाहले भने। घटनापछि शाहले सामान्य चोटपटक लागेको बताए। केही दिनअघि डिभिजन वन कार्यालयको तालिम हलमा मदिरा सेवन गरेको भन्दै सार्वजनिक भिडियोका कारण चर्को आलोचना खेपिरहेका प्रमुख शाहमाथि आज कार्यकक्षमै कुटपिट भएको हो। उनले उक्त भिडियो आफ्नो चरित्र हत्या गर्न नियोजित रुपमा फैलाइएको दाबी गर्दै आएका छन्। ‘मैले कुनै गल्ती गरेको छैन, त्यो भिडियो कार्यालय समयभन्दा बाहिरको थियो, ...