
मानव सेवा फाउन्डेसनले पशुपतिमा आज देखि महायज्ञ सुरु गरेकाे छ
काठमाडौ : आज साउन १ गते नेपालकाे सबै भन्दा ठुलाे धार्मिक स्थल काठमाडौंकाे पशुपति मन्दिरमा महायज्ञ सुरु भयकाे छ ।मानवसेवा फाउण्डेसनको आयोजनामा साउन १ गतेबाट पशुपतिमा “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२”को प्रारम्भ भएको छ ।उक्त फाउन्डेसनले पशुपति क्षेत्र वरिपरि परिक्रमा गरेर महायज्ञ सुरुवात गरेकाे हाे ।
काठमाडौं महानगरपालिका - १४ कलंकी मा केन्द्रिय कार्यालय रहेको मानवसेवा फाउण्डेसनले यहि २०८२आज साउन १ गते देखि आगामी भदौ २१ गते सम्म पशुपति क्षेत्रमा “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२” चल्नेछ।
यो फाउण्डेसनले अहिले पनि गोदावरी नगरपालिका वडा नं. १४ मा मामा घर अनाथालय आश्रम र चागु नारायण नगरपालिका -९ मा छोरीको घर जेष्ठ नागरिक आश्रम सन्चालन गरिरहेको जनाएको छ ।
फाउन्डेसनले देशै भरि यस्ता बिभिन्न धार्मिक कार्यक्रमहरु गर्ने क्...