२७ आश्विन २०८२, सोमबार

विगन्यूज

कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष बस्नेत माथि आक्रमण,बचाउन गएका दुईजना गम्भीर घाइते

कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष बस्नेत माथि आक्रमण,बचाउन गएका दुईजना गम्भीर घाइते

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, स्वास्थ
जाजरकोट :कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष हरिचन्द्र बस्नेतलाई साङ्घातिक हमला गरिएको छ। आईतवार बेलुका गाउपालिकाबाट सुर्खेत जाँदै गरेका अध्यक्ष बस्नेत माथि छेडागाड नगरपालिका-५ चंखेली भन्ने स्थानमा आक्रमण भएको हो बताइएको छ। अध्यक्षलाई बचाउन गएका दुई युवा नवराज शाही र दिपेन्द्र सिंह गम्भीर घाइते  भएका छन्। उनीहरूलाई उपचारका लागि नेपालगन्ज तर्फ लगिएको छ। अध्यक्षलाई भने चोटपटक लागेको छैन। आक्रमण गर्नेको पहिचान भइसकेको भए पनि पक्राउ नपरेकाले प्रहरीले नाम खुलाउन चाहेन। आक्रमणकारीले चक्कुले प्रहार गरेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी बसन्तकुमार शर्माले बताए। अध्यक्ष बस्नेत आफैंले घाइतेलाई उपचारका लागि लिएर गएका छन्।  ...
जेन-जि आन्दोलन पछि नेपालीको पहिलाे महिला प्रधानमन्त्री सुशीला कार्कि

जेन-जि आन्दोलन पछि नेपालीको पहिलाे महिला प्रधानमन्त्री सुशीला कार्कि

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं : जेन- जि आन्दोलन पछि पुर्व पुर्व प्रधानन्याधीश  सुशिला कार्कि प्रधानमन्त्रीमा नियुक्त । शुक्रबार राति राष्टृपति रामचन्द्र पाैडेलले कार्कीलाई मुलुकको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ४२ ओैँ तथा नेपालीको पहिलाे महिला प्रधानमन्त्रीका रुपमा कार्किले शपथ लिएकी छिन्। (जेन–जी) को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको आगामी फागुन २१ गते निर्वाचन हुने गरि प्रतिनिधि सभा विघटनकाे सिफारिस गरेकि छिन्। जेन-जी पुस्ताको आह्वानमा चलेको दुई दिने आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेर कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन्। नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ ...
प्रधानमन्त्री ओलिले राजिनामा दियका छन

प्रधानमन्त्री ओलिले राजिनामा दियका छन

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। ओलीले पदबाट राजीनामा दिएका उनका प्रेस सल्लाहकार प्रकाश सिलवालले जानकारी दिए। आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेका ओलीले अवस्था नियन्त्रण बाहिर गएपछि त्यसअघि नै राजीनामा दिएका हुन्। जेन - जि युवा पुस्ताहरुकाे आन्दोलनले उग्ररूप लिय पछि आज प्रधानमन्त्रीले राजिनामा दियका हुन ।...
तत्कालीन राजा विरेन्द्रकाे वंशनास भयकाे आज २३ बर्ष बित्याे,अझै छानबिन भयन्

तत्कालीन राजा विरेन्द्रकाे वंशनास भयकाे आज २३ बर्ष बित्याे,अझै छानबिन भयन्

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं ।तत्कालिन राजा वीरेन्द्र शाह लगायत उहाँको परिवारको वंशनास भएको आज २३ बर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रवार आजैको दिन नारायणहिटी राजदरबारमा राखिएको भोज कार्यक्रममा तत्कालिन राजा वीरेन्द्र र भाई धीरेन्द्रको परिवारको षड्यन्त्रपूर्ण हत्याकाण्ड रचि वंशनास गरिएको २३ बर्ष पुरा भएको हो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा छेरा धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको निधन भएको थियो । गोली लागि वेहोस भएका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते हतार हतार राजा घोषणा गरिएको थियो । दीपेन्द्र बेहोस भई अस्पतालमा उपचारत रहेका बेला तत्कालीन अधिराजकुमार भनेर ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो । दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञा...
बुढानिलकण्ठ नगरकाे टिम दुर्गमका असल ज्ञान बटुल्न पुग्याे कर्णाली

बुढानिलकण्ठ नगरकाे टिम दुर्गमका असल ज्ञान बटुल्न पुग्याे कर्णाली

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विचार, शिक्षा, समाचार
जाजरकोट ; बुढानिलकण्ठ नगरपालिका काठमाडौंकाे टिम यतिवेला दुर्गममाका असल ज्ञान बटुल्न र ज्ञान साटासाट गर्न कर्णाली प्रदेशका बिकट जिल्लामा पुगेकाे छ ।असल अभ्यासहरुबाट सिक्दै र आफूले अबलम्बन गरेका असल अभ्यासहरुबाट अन्य पालिकाले पनि सिक्न सकून भन्ने पवित्र भावना बोकेकाे बुढानीलकण्ठ नगरपालिका काठमाडौंका नगर प्रमुख,उप-प्रमुख र शिक्षा शाखा प्रमुख यतिखेर कर्णाली प्रदेशका रुकुम पश्चिम,जाजरकोट र डोल्पाका असल अभ्यासहरुको अवलोकनमा कर्णाली प्रदेशका जिल्लामा पुगेका हुन। जनताको सेवामा रातदिन तल्लिन हुने नगर प्रमुख मिठाराम अधिकारी र नगर उपप्रमुख अनिता लामा र शिक्षा शाखाका प्रमुख ललित बिक्रम सिंह लगायतको टिम थोरै दिनको फुर्सद निकालेर मध्यपहाडी मार्गले कोरेको विकासको रेखा पहिल्याउँदै बाग्लुङको बुर्तिबाङ हुँदै रुकुमको राडीजिउला हुँदै डोल्पाको दुनै पुगे। कच्चीबाटोबाट निक्कै दु:ख र सास्ती खेप्दै धुलाम्य भ...
जाजरकोट रिम्नामा रहने भयाे भुकम्पीय पुनर्निर्माण ईकाइ कार्यलय, गृहमन्त्री लेखकद्वारा उद्घाटन

जाजरकोट रिम्नामा रहने भयाे भुकम्पीय पुनर्निर्माण ईकाइ कार्यलय, गृहमन्त्री लेखकद्वारा उद्घाटन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार
जाजरकोट : जाजरकोट जिल्लाको रिम्नामा भूकम्पीय पुनर्निर्माण  तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाई" कार्यालय रहने भयकाे छ।आज गृहमन्त्री रमेश लेखकले जाजरकोटमा पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्नुभएको थियाे ।उद्घाटन समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह र पुर्व प्रदेश मन्त्री तथा जाजरकोट क्षेत्र क संसद वेदराज सिंहकाे विशेष उपस्थितिमा कार्यालयको उद्घाटन गरिएको हाे।जाजरकोट र रुकुम पश्चिमका जनप्रतिनिधिहरू, प्रशासनिक अधिकारी, सुरक्षाकर्मी, समाजसेवी तथा नागरिकहरूको उपस्थिति थियो । उक्त कार्यलय जाजरकोट रुकुम र सल्यान जिल्लाका लागि विशेष सेवाका लागी रहने बताएको छ । "भूकम्पीय पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाई" कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री लेखकले ´विपत् व्यवस्थापन मानव जीवनसँग प्रत्यक्ष जोडिने वि...
नेपाल कम्युनिष्ट पार्टी(विद्रोही)ले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाल कम्युनिष्ट पार्टी(विद्रोही)ले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राजनीति, विगन्यूज, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(विद्रोही)ले बिभिन्न २५ बुँदे माग राख्दै प्रधानमन्त्री के.पि.शर्मा ओली लाई ज्ञापनपत्र बुझाएको छ । पार्टीको सर्वोच्च कमाण्डर शुदण्डको नामबाट हस्ताक्षर गरिएको ज्ञापनपत्रमा पार्टीले उठाएका मागहरुलाई वेवास्ता गरि कार्यन्वयन नगर्ने मनासाय देखिएमा पार्टी कडा संघर्षको कार्यक्रम बनाएर अगाडी बढ्न बाध्य हुने बताईएको छ । यो पार्टीले आवश्यक परे शसश्त्र जनयुद्ध समेत गर्न सकिने अभिव्यक्ति बेला बेलामा दिदै आएको छ । पार्टीले बुझाएको ज्ञापनपत्र यस्तो छ । प्रिय कमरेड, उपरोक्त सम्वन्धमा हामि नेपाल कम्युनिष्ट पार्टी (विद्रोही) तपाईं सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली, मार्फत नेपाल सरकार सामु निम्र मागहरु प्रस्तुत गर्दछौ । १) नेपालमा जनवादी व्यवस्था अर्थात कम्युनिष्ट शासन सुरु भई नयाँ नेपालको आधिकारिक नाम जनगणतन्त्र नेपाल बनाएको घोषणा गरियोस् । २) जनगणतन्ल, जनवादी व...
स्मृतिमा प्रिय भाई नयन :- ललित बिक्रम सिंह

स्मृतिमा प्रिय भाई नयन :- ललित बिक्रम सिंह

कविता, राष्ट्रिय, विगन्यूज, विचार, शिक्षा, स्वास्थ
स्मृतिमा प्रिय भाई नयन - ✍️म भन्दा ५ महिना मात्र कान्छो थियो भाई नयन ! त्यसैलेहामी दुई भाई बीच दाई-भाईको मात्र नाता नरहेर एउटा असल दौतरीको नाता थियो । हामी दुईभाईले खेल्ने माटो र धुलो मात्र एकैनभएर अध्ययन गर्ने स्कूल समेत एकैथियो । म एक कक्षा अघि हुन्थे। उ एक कक्षा पछि हुन्थ्यो । त्यसैले पनि प्राय : मैले पढेकै पुस्तकहरु उस्ले पढ्यो । मैले बनाएका नोटहरु उस्ले घोक्यो । म अघि -अघि उ पछि -पछि हिडिरह्यो । पढाइमा उस्लाई यसै कारणले पनि सहज थियो। नजानेको कुरा सिकाइ माग्न मलाई जस्तो उस्लाई गाह्रो कहिलै भएन । हामी स्कूल जाँदा र आउँदा पनि सँगै हुन्थ्यौ । खासगरी हामी स्कूल पढ्दाको क्षणमा स्कूल जाँदा र आउँदा विद्यार्थीहरुको लाम हुन्थ्यो । त्यो लाममा हामी दुई भाई जहिलेपनि अघि पछि हुन्थ्यौ । हामी दुई भाई अन्य विद्यार्थीको तुलनामा साना र फुच्चेथियौ । स्कूलमा हामीलाई सानो देखेर प्रायले हेप्न...
जाजरकोटमा एक बालिकाको घाँटी रेटेर हत्या

जाजरकोटमा एक बालिकाको घाँटी रेटेर हत्या

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
जाजरकोट :जाजरकोट जिल्लाको बारेकोट गाउपालिमा एक बालिकाको घाँटी रेटेर हत्या । प्रहरीका अनुसार बारेकोट गाँउपालिका ७ स्याला निवासी शिव बहादुर सार्कीकी तीन बर्षिया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या गरेका छन। बारेकोट गाँउपालिका ६ टाँसीका सर्जन सार्कीका १२ बर्षिय छोरा विरेन्द्र नेपालीले ति बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । विहिवार साँझ खेल्ने क्रममा ति बालिकाको हत्या भएको थियो । आफन्तले राती १० बजे मात्र घटनाबारे जानकारी पाएका थिए । ति बालकलाई शुक्रवार नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए । डिएस्पी पाण्डेका अनुसार बालकले बालिकालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ । घाँटीमा करीब ६ सेन्टीमिटर गहिरो गरि काटिएको छ । ‘रेफ गर्ने प्रयास गर्दा बालिका कराएपछि चक्कु प्रहार गरेको र मुख थुनेर हत्या गरेको प...
पन्चेबाजा सिकाई तालिम सिकेर निपुण बन्दैछन जाजरकोटकि महिलाहरु

पन्चेबाजा सिकाई तालिम सिकेर निपुण बन्दैछन जाजरकोटकि महिलाहरु

Breaking News, अर्थवाणिज्य, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, संस्कृति, समाचार
जाजरकोट : जाजरकोटमा महिलाहरुले पन्चेबाजा सिकाई तालिम सिकेर निपुण बन्दैछन् । सामाजिक विकास कार्यालय जाजरकोटको सहयोगमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले महिलाहरुका लागि पञ्चेबाजा बजाउने तालिम दिएपछि यतिवेला जाजरकोटका विभिन्न ठाउबाट २० जना महिलाहरु सहभागी भयर पञ्चेबाजा बजाउन सिकिरहेकि छिन । कुशे ५ का ६७ बर्षिय लाले दमाईले पञ्चेबाजा बजाउने तालिम दिईरहेका छन् । गत पुसकाे २१ गते देखि महिलाहरुले सदरमुकाम खलंगामा २० दिने उक्त बाजा बजाउने तालिम लिईरहेका छन् । अवसर दिएपछि महिला पनि पुरुष जस्तै बाजा बजाउन सक्छन् भन्ने उदाहरण जाजरकोटकि महिला दिदी बहिनिहरु बन्न थालेका छन् । केही निश्चित शुल्क लिएर आवश्यक परेको ठाँउ महिला समुहले बाजा बजाउने जनाएका छन् । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अगुवाईमा तालिम प्राप्त महिलाहरुलाई आवश्यक परेको ठाँउ बाजा बजाउन निश्चित शुल्क लिएर पठाईने प्रतिष्ठानका अध्यक्ष ...