२०८३ श्रावण २२, शुक्रवार

विगन्यूज

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार
काठमाडौं : नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । नागेन्द्र साह नेपाल आयल निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत हुन् । यसभन्दा पहिले निगमको कार्यकारी निर्देशक चण्डिका भट्ट थिए । सरकारले पहिलेको सबै नियुत्ती बदर गरेपनि उनी स्वातः हटेका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत साह कार्यकारी निर्देशक नियुक्ति भएका हुन् । उनीसँग प्रतिस्पर्धामा प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव पनि उम्मेदवार थिए । उनीहरुलाई पछि पारेर साह कार्यकारी निर्देशक नियुक्ति भएका हुन् । ...
ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ जना घाइते

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ जना घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, विगन्यूज, समाचार
ललितपुर: ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको छ । बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो । एसपी मिश्रका अनुसार बा२ख ३५९० नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ । प्रहरीले बस चालक काभ्रेको तिमाल गाउँपालिका-३ घर भई हाल भक्तपुर बस्ने ३६ वर्षीय लक्षी तामाङलाई नियन्त्रणमा लिएको छ। घाइतेहरूको विवरण: बि. एण्ड बि. हस्पिटलमा रहेका घाइते : १. जिल्ला रामेछाप घर भई हाल  भक्तपुर सुर्यबिनायक बस्ने वर्ष २३ कि सुन्निमा योन्जन । अवस्था -गम्भीर घाइते शरीरको भित्री भागमा चोट । २. जिल्ला कञ्चनपुर घर भई...
कृषि प्रयोगशालाकी कर्मचारी मृत्यु प्रकरण : प्रशासनका नायब सुब्बा पक्राउ

कृषि प्रयोगशालाकी कर्मचारी मृत्यु प्रकरण : प्रशासनका नायब सुब्बा पक्राउ

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
सुर्खेत :एकीकृत कृषि प्रयोगशाला सुर्खेतकी २७ वर्षीया प्राविधिक सहायक चन्द्रा सिंहको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा (नासु) कविलाल बीसी पक्राउ परेका छन्। मृतकका श्रीमान महेश बस्नेतले आत्महत्या दुरुत्साहनको कसुरमा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले साउन १६ गते उनलाई नियन्त्रणमा लिएको हो। जाजरकोटको भेरी नगरपालिका–१ घरभएकी सिंह वीरेन्द्रनगर–७ इत्रामस्थित कार्यालयको आवास गृहको शौचालयमा अचेत अवस्थामा भेटिएकी थिइन्। उनलाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रारम्भिक अनुसन्धानमा उहाँहरूबीच फेसबुक च्याटमा कुराकानी हुने गरेको र केही शंकास्पद विषयहरू समावेश भएको पाइएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले भने, ‘अहिले हामी गम्भीरताका साथ अनुसन्धानमै छौं। अदालतबाट म्याद ...
कर्णाली प्रदेशका नवयिनुक्त मुख्यमन्त्री मंगलबहादुर शाही को हुन.. ?

कर्णाली प्रदेशका नवयिनुक्त मुख्यमन्त्री मंगलबहादुर शाही को हुन.. ?

राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार, सुचना संचार
सुर्खेत : मंगलबहादुर शाही कर्णालीको पाँचौँ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।उनलाई आफ्नो दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ । ४० सदस्यीय कर्णालीमा सरकार बनाउन २० सिट आवश्यक पर्छ । एमालेको समर्थन पाएका शाही संसदीय राजनीतिमा प्रवेश गरेको ४ वर्षमै मुख्यमन्त्री बन्न सफल भएका छन् ।यसअघि उनी तत्कालीन मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री समेत भएका थिए । केन्द्रमा माओवादी र नेकपा एकीकृत समाजवादीबिच पार्टी एकता भयो, पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रह्यो । उक्त एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै कर्णाली प्रदेश माओवादी संसदी...
सर्वदलीय बैठक सम्पन्न, सद्‍भाव कायम गर्न ७ बुँदे संयुक्त अपिल

सर्वदलीय बैठक सम्पन्न, सद्‍भाव कायम गर्न ७ बुँदे संयुक्त अपिल

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै विकसित घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम गर्न सात बुँदे सामूहिक अपिल जारी गरेको छ। बैठकपछि जारी संयुक्त अपिलमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिको छ। साथै, घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले समाजमा शान्ति, सद्भाव र विश्वासको वातावरण कायम गर्न प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संयन्त्र गठन गरी बैठक आयोजना गर्न निर्देशन दिएको छ। बुधबार जारी सर्वदलीय संयुक्त वक्तव्य तथा अपिलमा केन्द्रको ...
डिभिजन वनका इन्जिनियर यादवमाथि कार्यालय परिसरमै कुटपिट

डिभिजन वनका इन्जिनियर यादवमाथि कार्यालय परिसरमै कुटपिट

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
बर्दिया : डिभिजन वन कार्यालयमा कार्यरत गुलरिया नगरपालिका–१ का इन्जिनियर सुभम यादवमाथि कार्यालय परिसरमै कुटपिट भएको छ । उनीमाथि सोमबार राति कुटपिट भएको हो । घाइते इन्जिनियरको टाउकोमा ७ टाका लगाइएको छ । उनलाई सोमबार राति नै उपचारका लागि बर्दिया अस्पताल लगिएको थियो । चालु आर्थिक वर्षमा काठ लिलामको लागि वन कार्यालयले टेन्डर आह्वान गरेको छ । जसकारण पछिल्लो समय कार्यालय वरपर काठ व्यवसायीहरूको भीडभाड हुने गरेको छ । डिभिजन वनमा आउने अन्य सेवाग्राहीलाई टेन्डर खरिदका लागि आएकोमा अवरोध गरेको र त्यसो नगर्न आग्रह गर्दा कुटपिटमा परेको इन्जिनियर यादवको दाबी छ । ‘राति वस्तीमा हात्ती प्रवेश हुँदा हात्ती धपाउन ड्रोन लिएर जानुपर्ने भएकाले राति अबेरसम्म कार्यालयमै बस्नु पर्छ,’ उनले भने, ‘सोमबार राति खाना खाएर कार्यालय परिसरकै क्यान्टिनमा बसिरहेको अवस्थामा ३ जनाको समूह आएर कुटपिट गरे ।’...
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगल शाही चयन

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगल शाही चयन

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
सुर्खेत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले मङ्गलबार शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाहीले मङ्गलवार बेलुका ५ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । उनलाई आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ। शाहीकाे शपथ भने भाेलि हुनेछ ।  ...
कर्णालीमा काँग्रेसका चारजना मन्त्रीद्वारा राजीनामा

कर्णालीमा काँग्रेसका चारजना मन्त्रीद्वारा राजीनामा

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
सुर्खेत : कर्णालीमा मुख्यमन्त्री यामलाल कडेल समक्ष काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले सामुहिक राजिनामा बुझाएका छन् ।एमाले र काँग्रेसको गठबन्धनमा बनेको सरकारमा काँग्रेसबाट चार जना मन्त्री सरकारमा सहभागी थिए । बुधबार उनीहरूले मुख्यमन्त्री यामलाल कँडेल समक्ष एकसाथ राजीनामा बुझाएका हुन्। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आफुहरुले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएको जानकारी दिए । उनले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाइएको पुष्टि गर्दै भने, “हामीले राजीनामा बुझाउने भनेकै मुख्यमन्त्रीसमक्ष हो। त्यही अनुसार राजीनामा बुझाएका छौँ। बाँकी विषय सरकारका प्रवक्तासँग बुझ्नुहोला।,” राजीनामा बुझाउने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग पर्यटन  वन तथा वातावरण मन्त्री ...
विनोद थापाको नेतृत्वमा ६१ सदस्यीय श्रमिक महासंघको राष्ट्रिय भेला सम्पन्न

विनोद थापाको नेतृत्वमा ६१ सदस्यीय श्रमिक महासंघको राष्ट्रिय भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौँ : अखिल नेपाल श्रमिक महासंघको राष्ट्रिय भेला  सम्पन्न भएको छ । समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट महासंघले शनिबार राजधानीमा सयौं श्रमिक मजदुरको सहभागितामा राष्ट्रिय भेला सम्पन्न गरेको हो । पार्टीका महासचिव पूर्णबहादुर सिंह (समरजङ्ग) को प्रमुख आतिथ्यता र पार्टीका स्थायी कमिटी सदस्य माधव गौतम (विनयराज), खम्बु चन्द (समिरसिंह) लगायत केन्द्रीय नेताहरूको बिशेष भेलामा बिशेष उपस्थित रहेको थियो । उक्त भेलाले विनोदकुमार थापाको अध्यक्षतामा ३ जना उपाध्यक्ष, १ जना महासचिव, ३ जना सचिव,१ जना कोषाध्यक्ष र १ जना सह- कोषाध्यक्ष सहित ६१ सदस्यीय केन्द्रीय समिति निर्वाचित समिति गठन भयको छ । विनोदकुमार थापा झण्डै दुई दशक देखि मजदुर आन्दाेलनमा सक्रिय मजदुर नेता हुन् । उनी मजदुर अधिकारका निम्ति निरन्तर संघर्षमा रहेका मजदुरका बिज्ञ नेताका रुपमा परिचित छन् । भेला कार्यक्रमको अध्यक्षता विनोद कुमार थापाले...
भेरी नगरपालिका -१ जाजरकोटद्धारा नवप्रतिभावान युवालाई सम्मान

भेरी नगरपालिका -१ जाजरकोटद्धारा नवप्रतिभावान युवालाई सम्मान

Breaking News, मनाेरन्जन, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट: भेरी नगरपालिका वडा नं. १ ले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका दुई जना नवप्रतिभावान युवालाई नगदसहित सम्मान गरेको छ।साहसिक खेलका रूपमा परिचित साइकल यात्रामार्फत आफ्नो क्षमता प्रदर्शन गर्दै जिल्लाको पहिचानलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन योगदान दिएका ज्ञानेन्द्र राना तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको भलिबल विधामा उत्कृष्ट प्रदर्शन गरी राष्ट्रिय खेलाडीका रूपमा पहिचान बनाएका सुरेन्द्र परियार लाई वडा कार्यालयमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो। वडा अध्यक्ष दिपक राना ले युवाको प्रतिभा, मेहनत र समर्पणको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको बताए।अध्यक्ष रानाकाअनुसार समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र उत्कृष्ट कार्य गर्ने युवाको सम्मानले अन्य युवालाई पनि सिर्जनात्मक र प्रेरणादायी कार्यतर्फ आकर्षित गर्ने विश्वास...