
देशैभरि भारी बर्षा सचेतता अपनाउन माैसमविद्हरुकाे सुझाव
काठमाडौं :अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ, बर्षाका कारण नदिकाे आसपास बसाेबास गर्ने र राजमार्गमा आवतजावत गर्ने हरुलाई सचेतता अपनाउन माैसमविद्हरुले जानकारी दियका छन ।खासगरी सनिवार देखि मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरुमा वर्षा भइरहेको छ । पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ ।
हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार, उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरि घेराको असरले नेपालमा पानी परेको हो ।
मौसमविदले नेपालमा अर्को एउटा मौसमी प्रणाली पनि भित्रिने र त्यसले पनि केही क्षेत्रहरूमा अत्यधिक वर्षा गराउने संकेत देखाएको बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई...