२०८३ असार ३२, बिहीवार

पुर्वाधार

पहिरोले टहरा पुरियो, एक जनाको मृत्यु एक घाइते

पहिरोले टहरा पुरियो, एक जनाको मृत्यु एक घाइते

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : भेरी नगरपालिका - २ राई रांङसी जाजरकोटमा लगातार बर्षा पछि आयको पहिरोले अस्थायी टहरा पुरिदा एकजनाको मृत्यु भयको छ । अस्थायी टहरामा सुतिरहेकी ६० बर्षिया जयशिला शाहको सोमबार राति १ बजे मृत्यु भयको हो । उनीसँग रहेकी ४० बर्षीया मेनुका शाह थापा  र कृतिका थापा घाइते पछि जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख बुद्धिसागर पुरीले बताउनु भयो । बिहानै राहत सामग्रीसहित प्रहरीको टिम घटनास्थलतर्फ पठाइएको प्रमुख पुरीले जानकारी दिनुभयो।...
डिभिजन वन कार्यालय जाजरकोटले ३७ हजार बिरुवा रोप्ने

डिभिजन वन कार्यालय जाजरकोटले ३७ हजार बिरुवा रोप्ने

Breaking News, कृषि, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार
जाजरकोट: डिभिजन वन कार्यालय जाजरकोटले आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत "वार्षिक वृक्षारोपण कार्यक्रम"मार्फत जिल्लाभर करिब ३७ हजार बिरुवा रोप्ने भएको छ।वन क्षेत्रको संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले सञ्चालन गरिने उक्त कार्यक्रमअन्तर्गत जिल्लाका खाली तथा उजाड जमिन, वन क्षेत्रको छेउछाउ तथा स्थानीय तह र समुदायबाट माग भएका अन्य उपयुक्त स्थानमा वृक्षारोपण गरिने कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालयका प्रमुख दिपेश केसीका अनुसार वृक्षारोपण कार्यक्रम उपभोक्ता समूहमार्फत सञ्चालन गरिनेछ। कार्यालयअन्तर्गत कुशे गाउँपालिकामा १३, जुनिचाँदे गाउँपालिकामा १०, भेरी नगरपालिकामा ६ तथा नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र छेडागाड नगरपालिकामा ३,३ गरी जम्मा ३९ वटा वन उपभोक्ता समूह परिचालन गरिनेछ। प्रमुख केसीका अनुसार कार्यालयको नर्सरीमा हाल करिब ५० हजार बिरुवा उत्पादन ग...
बैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडीमा यात्रुवाहक बस दुर्घटना

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : धनगढीबाट बैतडीतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ। शुक्रबार अपराह्न सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस दुर्घटना भएको हो। बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । प्रहरीका अनुसार, बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ। दुर्घटनामा क्षतिको विवरण भने आउन बाँकी छ ।...
कर्णाली नदिमा खसेको फोर्स जीप अझै फेला परेन गोताखोर टिम परिचालन

कर्णाली नदिमा खसेको फोर्स जीप अझै फेला परेन गोताखोर टिम परिचालन

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, विगन्यूज, समाचार
सुर्खेत : दैलेखको सांङ्गेतडामा कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजी शुक्रबार बिहानदेखि पुनः सुरु गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर बिहान ८ बजेदेखि खोजीमा परिचालन भएका छन्। बिहीबार पाँच घण्टासम्म खोजी गर्दा गाडी र यात्रु फेला नपरेपछि आज पुनः खोजी कार्य थालिएको हो।खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ। प्रहरीका अनुसार सुर्खेतबाट छुट्दा तीन, दैलेखको डुङ्गेश्वरबाट दुई यात्रु तथा चालक र सहचालक गरी हालसम्म सात जना गाडीमा सवार रहेको पुष्टि भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीको जलसतह बढ्नुका साथै बहाव तीव्र, पानी धमिलो र घटनास्थलसम्म पुग्न कठिन भएकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ। अछामतर्फबाट खोजी...
कोरिया जाने सपना त्यागेर स्वदेशमै सफलता: प्रदीप मैनालीको ‘फटाफट मिस्त्री’ अब घर निर्माण क्षेत्रमा

कोरिया जाने सपना त्यागेर स्वदेशमै सफलता: प्रदीप मैनालीको ‘फटाफट मिस्त्री’ अब घर निर्माण क्षेत्रमा

अर्थवाणिज्य, पुर्वाधार, समाचार
काठमाडौं । अधिकांश नेपाली युवाको सपना विदेश पुगेर राम्रो आम्दानी गर्ने हुन्छ। दक्षिण कोरियाको भिसा हातमा पर्दा धेरैका लागि त्यो जीवनको ठूलो उपलब्धि मानिन्छ। तर युवा व्यवसायी प्रदीप मैनालीले भने त्यही अवसर त्यागेर आफ्नै देशमा केही गर्ने अठोट लिए। आज उनी त्यही निर्णयलाई सफल बनाउँदै सयौं युवाका लागि प्रेरणाको पात्र बनेका छन्। वैदेशिक रोजगारीको आकर्षणभन्दा स्वदेशमै उद्यम र रोजगारी सिर्जनालाई प्राथमिकता दिएका मैनालीले सञ्चालन गर्दै आएको Fatafat Mistri Pvt. Ltd. ले अब घर निर्माण क्षेत्रमै सेवा विस्तार गर्ने भएको छ। कम्पनीले आगामी २०८३ साल भदौदेखि घर निर्माणको सम्पूर्ण जिम्मा लिने गरी सेवा सञ्चालन गर्ने तयारी पूरा गरेको जनाएको छ। यसअघि कम्पनीले काठमाडौं उपत्यकाभित्र मिस्त्री, प्लम्बर, इलेक्ट्रिसियन, कार्पेन्टर, पेन्टिङ, टायल, फल्स सिलिङ, हाउस मेन्टेनेन्स तथा अन्य प्राविधिक सेवा प्रदान गर्दै आएक...
बर्दियामा भुमिहिन २९ घरधुरी सुकुम्बासीलाई लालपुर्जा वितरण

बर्दियामा भुमिहिन २९ घरधुरी सुकुम्बासीलाई लालपुर्जा वितरण

Breaking News, कृषि, पुर्वाधार, राष्ट्रिय, समाचार
बर्दिया : बर्दियाको बढैयाताल गाउपालिकाले भुमिहिन २९ घरधुरी  सुकुम्बासिका परिवारलाई लालपुर्जा वितरण गरेको छ ।बिहिबार गाउँपालकाको वडा नम्बर ४ मानकिनार बस्तिका २९ घरधुरी भूमिहीन सुकुम्बासीका परिवारलाई लालपुर्जा बितरण गरेको गाउपालिका अध्यक्ष हिमालय त्रिपाठीले बताउनु भयो। अध्यक्ष त्रिपाठीका अनुसार मालपोत, बन, र नापि कार्यालयको संयुक्त रोहबरमा प्रति घर परिवारलाई दश धुर देखि ६ /७ कठ्ठा सम्मको जग्गा वितरण गरियको हो । बिगत लामो समयसम्म अन्योलमा रहेका सुकुम्बासी परिवार जग्गाको लालपुर्जा हातमा पर्दा खुसी ब्यक्त गरिरहेका छन ।    ...
भिरबाट फालिएको टेम्पुबारे कैलाली डिभिजन वन कार्यालयको प्रस्टीकरण

भिरबाट फालिएको टेम्पुबारे कैलाली डिभिजन वन कार्यालयको प्रस्टीकरण

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
कैलाली: डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पु भीरबाट खसालेको भन्ने सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्ति मार्फत कार्यालयले सामाजिक सञ्जालमा देखाइएजस्तो उक्त टेम्पु सञ्चालन अवस्थामा रहेको सवारी साधन नभई वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालन गर्न प्रयोग गरिएको गुड्न नसक्ने साधन रहेको जनाएको छ। कार्यालयका अनुसार गोदावरी सामुदायिक वनअन्तर्गत गाईमारे चुरे वन क्षेत्र संवेदनशील पर्यावरणीय क्षेत्र हो, जहाँ लामो समयदेखि अवैध रूपमा खोका तथा छाप्रा निर्माण गरी सरकारी जमिन कब्जा गर्ने र किनबेच गर्ने गतिविधि हुँदै आएको थियो। पछिल्लो पाँच महिनायता पनि त्यहाँ पुनः अवैध संरचनाहरू खडा गरिएका थिए। विज्ञप्तिमा घनश्याम धामीले चक्का र इन्जिनसमेत नभएको, धकेलेर सार्न समेत कठिन हुने फलामे ढाँचा ...
काभ्रेमा बस दुर्घटना ८ जनाको मृत्यु

काभ्रेमा बस दुर्घटना ८ जनाको मृत्यु

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं: बुचाकोटमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार दुर्घटनामा परेर घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। नमोबुद्ध नगरपालिका–२ मा दुर्घटनामा परेको उक्त बस बिपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको छ। अरनिको यातायातको उक्त बसमा २५र३० जना सवार रहेको अनुमान गरिएको छ ।...
“म तलब,सुविधा लिन्नँ,पशुपतिको सेवा गर्न पाए पुग्छ”-मुकुन्द शर्मा हुमागाईं

“म तलब,सुविधा लिन्नँ,पशुपतिको सेवा गर्न पाए पुग्छ”-मुकुन्द शर्मा हुमागाईं

पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :बागमतीको किनारमा प्रत्येक दिन हजारौं श्रद्धालुहरू भगवान् पशुपतिनाथको दर्शनका लागि पुग्छन्। कसैले सुख खोजिरहेका हुन्छन्, कसैले दुःख बिसाउन। कसैले सन्तानको कामना गर्छन्, कसैले रोगमुक्तिको। तर यिनै भक्तजनहरूको भीडबीच एउटा प्रश्न वर्षौंदेखि उठिरहेको छ—के पशुपतिको गरिमाअनुसार यसको व्यवस्थापन हुन सकेको छ ? यही प्रश्नलाई आफ्नो अभियान बनाएका छन् कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईंले। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवका लागि रोष्टर आह्वान गरेपछि उनले आफ्नो उम्मेदवारी दर्ता गराए। तर उनको उम्मेदवारी केवल एउटा पद प्राप्त गर्ने प्रयास मात्र होइन, पशुपति क्षेत्रलाई नयाँ ढंगले हेर्ने एउटा संकल्पका रूपमा प्रस्तुत भएको छ। काभ्रेको खोपासीस्थित ऐतिहासिक श्री नरसिंह मठमा आयोजित धार्मिक अनुष्ठानका क्रममा बोल...
टाेखा नगरपालिकाकाे बजार अनुगमन पछि ४६ वटा पसल कार्वाहीमा

टाेखा नगरपालिकाकाे बजार अनुगमन पछि ४६ वटा पसल कार्वाहीमा

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं : टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि सुरु गरेको बजार अनुगमनका क्रममा ४६ पसललाई कारबाही गरेको छ ।"टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५" बमोजिम वैशाख २५ गतेदेखि नगरभित्रका ११ वटै वडामा बजार अनुगमन गरेको थियो । नगरपालिका, नगर प्रहरी, केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला, पशु सेवा कार्यालय, उद्योग वाणिज्य सङ्घ टोखा र उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा बजार अनुगमन गरिएको थियो । अनुगमनका क्रममा धेरैजसो व्यवसायीले व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन गरेको भेटिएको टोखाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए । बजार अनुगमनका क्रममा पसलहरूमा मूल्यसूची नराखिएको, म्याद गुज्रिएका सामान बिक्रीका लागि राखिएको, मासु पसलमा सरसफाइको चरम अभाव रहेको र न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएको प्...