२ पुष २०८२, बुधबार

स्वास्थ

ज्वजलपा संस्थाद्वारा रामेछापका विद्यार्थीलाई न्यानाे कपडा वितरण

ज्वजलपा संस्थाद्वारा रामेछापका विद्यार्थीलाई न्यानाे कपडा वितरण

Breaking News, माैसम, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं : ज्वजलपा ग्वाहाली पुच: काठमाडौं नामक संस्थाले सुनापति गाउपालिका - २ रामेछाप स्थित श्री अग्लेश्वर माध्यमिक विद्यालय धिमिका ८२ जना विद्यार्थीहरुलाई न्यानाे कपडा वितरण गरेकाे छ।सनिवार काठमाडौंमा एक कार्यक्रम आयाेजना गरि उक्त विद्यालयका प्र.अ. चन्द्र बहादुर घिसिङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप केसि समक्ष न्यानाे कपडा हस्तान्तरण गरि साे कार्यक्रम सम्पन्न गरेकाे हाे। २०८२ साल असार ८ गते  स्थापना भयकाे उक्त संस्थाले दुर्गम र पिछडिएका क्षेत्रका विपन्न बालबालिकाहरुलाई टेवा पुग्ने उद्धेश्यका साथ उक्त कार्यक्रम आयाेजना गर्दै आयकाे संस्थाको अध्यक्ष शुसिला खड्कीले बताइन् ।जाडाे माैैसममा कतिपय दुर्गमका बालबालिका विद्यालयमा आउन नसक्नु,पठनपाठनमा वाधा पुग्ने जस्ता समस्या हरुलाइ मध्यनजर गर्दै विभिन्न समाजसेवीहरुकाे सहयाेगमा साे क्षेत्रमा न्यानाे कपडा वितरण कार्यक्रम आयाेजना गरियकाे सा...
आँखा अस्पताललाई दक्षिण एशियाकै नमुना अस्पतालका रूपमा विकास गर्न आफ्नो तर्फबाट रचनात्मक सहयोगमा कमि हुन नदिने काठमाडौँ महानगरका पूर्वप्रमुख राजाराम श्रेष्ठको प्रतिबद्धता

आँखा अस्पताललाई दक्षिण एशियाकै नमुना अस्पतालका रूपमा विकास गर्न आफ्नो तर्फबाट रचनात्मक सहयोगमा कमि हुन नदिने काठमाडौँ महानगरका पूर्वप्रमुख राजाराम श्रेष्ठको प्रतिबद्धता

समाचार, स्वास्थ
काठमाडौँ । काठमाडौँ महानगरका पूर्वप्रमुख तथा कार्यसमिति सदस्य राजाराम श्रेष्ठले नेपालको आँखा उपचारका क्षेत्रमा गौरवमय इतिहास रहेको विशिष्टीकृत सेवा प्रदान गरिरहेको आँखा अस्पताललाई दक्षिण एशियाकै नमुना अस्पतालका रूपमा विकास गर्न आफ्नो तर्फबाट रचनात्मक सहयोगमा कमि हुन नदिने प्रतिबद्धता जाहेर गर्नु भयो । पुर्व प्रमुख श्रेष्ठले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले सेवालाई थप गुणस्तरीय बनाउँदै दूरदराजसम्म र्पुयाउने कुरामा सदैव आफ्नो साथ र समर्थन रहने समेत बताउनु भयो । अस्पतालको २१औँ वार्षिक साधारणसभामा आफ्नो मनतव्य राख्दै श्रेष्ठले सो प्रतिबद्धता जाहेर गर्नु भएको हो । कार्यक्रममा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले आँखा उपचारमा नयाँ प्रविधि भित्राउँदै गुणस्तरीय सेवा र भौतिक पूर्वाधार विकासमा उत्तिकै ध्यान दिइएको बताउनु भयो । अस्पतालले नियमित सेवाबाहेक शल्यक्रिया शिविर र विद्यालय आँख...
नर्सलाई तोकेको पारिश्रमिक कार्यान्वयनमा ग्राण्डी अस्पताल  सकारात्मक

नर्सलाई तोकेको पारिश्रमिक कार्यान्वयनमा ग्राण्डी अस्पताल सकारात्मक

स्वास्थ
काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल नर्सलाई तोकेको पारिश्रमिक कार्यान्वयनमा सकारात्मक देखिएको छ । काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अस्पतालले एक विज्ञप्ती जारी गरी अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीका लागि सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्न अस्पताल प्रशासन सकारात्मक देखिएको हो । गत कात्तिक २ गते नर्स तथा स्वास्थ्यकर्मीहरुको संयुक्त संघर्ष समितिले अस्पतालमा पारिश्रमिक वृद्धिलाई लिएर बुझाएको ज्ञापनपत्रप्रति अस्पताल प्रशासनले सञ्चालक समितिलाई उक्त माग राख्ने प्रतिवद्धता जनाएको थियो । अस्पतालका अध्यक्ष र नर्स तथा स्वास्थ्यकर्मीको संयुक्त संघर्ष समितिबीच कात्तिक ९ गते आइतबार बसेको बैठकमा सात दिनभित्र सञ्चालक समितिको बैठक बसेर माग सम्बोधन गर्नेबारे छलफल भएको थियो । अस्पताल प्रशासन नर्स तथा स्वास्थ्यकर्मीले राखेको मागप्रति सकारात्मक रहेको जनाउँदै अस्पतालजस्त...
जाजरकोटकाे आधारभुत स्वास्थ्य सेवा केन्द्र पिपेमा सुरक्षित प्रसुति सेवा केन्द्र (बर्थिङसेन्टर) संचालन

जाजरकोटकाे आधारभुत स्वास्थ्य सेवा केन्द्र पिपेमा सुरक्षित प्रसुति सेवा केन्द्र (बर्थिङसेन्टर) संचालन

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट :भेरी नगरपालिका–१ पिपे आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सुरक्षित प्रसुति सेवा केन्द्र (बर्थिङसेन्टर) संचालन भयकाे छ । आइतबार भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले विधिवद रुपमा सुरक्षित प्रसुति सेवा केन्द्रको उद्घाटन गरेका  थिए।जाजरकोट भुकम्प पश्चात विभिन्न विकास साँझेदार निकायहरुको सहयोगमा निर्माण कार्य सम्पन्न भएको पिपे आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवनमा आवश्यक जनशक्तिसंगै उपकरणहरुको व्यवस्थापन गरेर सुरक्षित प्रसुति सेवा केन्द्रको उद्घाटन गरिएको थियो । आधारभुत स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा भेरी नगरपालिका–१ का वडा अध्यक्ष दिपक रानाको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा नगरप्रमुख घर्तीले पानसमा बत्ति बाल्नुको साथै रिवन काटेर, व्यानर पढेर सुरक्षित प्रसुति सेवा केन्द्रको औपचारिक रुपमा उद्घाटन गरेका थिए । देश संघीयतामा गैसकेपछि पालमुनीबाट सेवा...
कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष बस्नेत माथि आक्रमण,बचाउन गएका दुईजना गम्भीर घाइते

कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष बस्नेत माथि आक्रमण,बचाउन गएका दुईजना गम्भीर घाइते

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, स्वास्थ
जाजरकोट :कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष हरिचन्द्र बस्नेतलाई साङ्घातिक हमला गरिएको छ। आईतवार बेलुका गाउपालिकाबाट सुर्खेत जाँदै गरेका अध्यक्ष बस्नेत माथि छेडागाड नगरपालिका-५ चंखेली भन्ने स्थानमा आक्रमण भएको हो बताइएको छ। अध्यक्षलाई बचाउन गएका दुई युवा नवराज शाही र दिपेन्द्र सिंह गम्भीर घाइते  भएका छन्। उनीहरूलाई उपचारका लागि नेपालगन्ज तर्फ लगिएको छ। अध्यक्षलाई भने चोटपटक लागेको छैन। आक्रमण गर्नेको पहिचान भइसकेको भए पनि पक्राउ नपरेकाले प्रहरीले नाम खुलाउन चाहेन। आक्रमणकारीले चक्कुले प्रहार गरेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी बसन्तकुमार शर्माले बताए। अध्यक्ष बस्नेत आफैंले घाइतेलाई उपचारका लागि लिएर गएका छन्।  ...
खाेलामा पाैडि खेल्न गयकि दुई बहिनी मृत अवस्थामा भेटिए

खाेलामा पाैडि खेल्न गयकि दुई बहिनी मृत अवस्थामा भेटिए

Breaking News, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :जाजरकोट खाेलामा पौडी खेल्न गयकि एकै घरकि दुई दिदी बहिनि मृत अवस्थामा भेटिए कि छन । कुशे गाउँपालिका-७ समाकोट खोलामा पौडी खेल्न गएका दुई जनाको मृत्यु भएको हो। स्थानीय समाकोट खोलामा शुक्रबार दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी सिंह र १५ वर्षीया गीताकुमारी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा बगेका दुवै दिदीबहिनी सोही खोलाको करिब दुई सय मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । दुवै दिदी बहिनीको शव घरमा ल्याएर राखिएको छ ।आज शनिबार शव परीक्षण गरिने उनले बताए ।...
जेन- जि आन्दोलनमा ३० जनाकाे मृत्युु र एक हजार ६१ जना घाइते

जेन- जि आन्दोलनमा ३० जनाकाे मृत्युु र एक हजार ६१ जना घाइते

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :जेन-जी प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजार  ६१ जना घाइते । देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जना  घाइते भयकाे चिकित्सकहरु बताउछन। घाइतेहरुमा निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पताल नेपालगन्जमा पाँच गरी ३० जनाको निधन भएको छ । यस्तै अहिले २७४ जना घाइतेको भर्ना भएर उपचार भइरहेको छ। यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका बताएको छ। अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठम...
ॐसमाज डेण्टल हस्पिटलकाे पाचाैँ शाखा अब चापागाउँ दाेबाटाे ललितपुर

ॐसमाज डेण्टल हस्पिटलकाे पाचाैँ शाखा अब चापागाउँ दाेबाटाे ललितपुर

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
ललितपुर : ॐसमाज डेण्टल हस्पिटलले पाँचाै शाखाका रुपमा ललितपुर जिल्लाकाे चापागाउँ दाेबाटाेमा स्थापना गरेकाे छ।स्वास्थ्य क्षेत्रमा लामाे समय देखि सेवा दिदै आयकाे उक्त हस्पिटलले राजधानिका तीनवटा ठाउहरु चावेल, नैकाब, बनस्थलि तथा महाेत्तरी जिल्लाको बर्दिबास शाखाहरुबाट सेवा दिदै आयकाे थियाे साे हस्पिटलले आजदेखि ललितपुर जिल्लाको चापागाउँ दाेबाटाेबाट पनि सेवा दिने भयकाे हाे । हस्पिटल उद्घाटन कार्यक्रममा समाजमा विभिन्न ढंगबाट सेवा गर्ने समाजसेवी, बुद्धिजीवी, कलाकार र पत्रकारहरुलाई सम्मान गर्नुका साथै निशुल्क दन्त सेवा दिईयकाे थियाे । बिशेषज्ञ डाक्टरहरु र अत्यावश्यक प्रविधि सहितकाे सुलभ र भरपर्दाे स्वास्थ्य सेवाका दिदै आयकाे साे हस्पिटल सबैका लागि सधैका लागी खुल्ला रहने अस्पतालका डा. सुवास घिमिरेले बताउनु भयाे ।डा. घिमिरे भन्नुहुन्छ "मान्छेमा समाजमा कथा बनाउने र कथा बाचन गर्ने शैलि हुन्छन र ति जिवन र...
४०७ प्रिन्ट रगत संकलन गर्दै बृहत रक्तदान अभियान सम्पन्न

४०७ प्रिन्ट रगत संकलन गर्दै बृहत रक्तदान अभियान सम्पन्न

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं : ब्रह्मा कुमारी राजयोग उप सेवा केन्द्र रानीवारी र ग्रीन सिटी हस्पिटल तथा चक्रपथ सरसफाइ अभियानको सहकार्यमा भएको रक्तदान कार्यक्रम ४०७ प्रिन्ट रगत संकलन गर्दै समापन भएको छ ।काठमाडौंको बसुन्धारा,चौकीमा रहेको ग्रीनसिटी हस्पिटल संगको सहकार्यमा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानीवारीको आयोजनामा यहि भाद्र ६,७,८ र ९ गते ग्रीनसिटी हस्पिटलको प्रागणमा बृहत रक्तदान कार्यक्रम संचालन भएको हो । यो अभियान ब्रह्माकुमारी राजयोग नेपाल समाज सेवा प्रभागको आयोजनामा मेगा रक्तदान अभियान अन्तरगत सन्चालन भएको हो । रक्त अभावलाई न्यूनिकरण गर्दै समाजमा भाईचाराको बिकास गर्न तथा मानव स्वास्थ्यमा बिशेष चासो दिदै यो कार्यक्रम आयोजना गरिएको ब्रह्माकुमारी राजयोग नेपाल समाज सेवा प्रभागले जनाएको छ । रक्तदान कार्यक्रमलाई मेगा रक्तदान अभियानको रुपमा अगाडी बढाउँदै प्रभागको अगुवाईमा देशैभर १३२ स्थानमा एकै समयमा रक्...
भारतकाे उत्तराखण्ड धराली पहिराेमा बेपत्ता भयका परिवारलाई मलेसियाबाट रु ४४,१५४ नगत सहयाेग

भारतकाे उत्तराखण्ड धराली पहिराेमा बेपत्ता भयका परिवारलाई मलेसियाबाट रु ४४,१५४ नगत सहयाेग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, माैसम, संस्कृति, स्वास्थ
जाजरकोट :भारतकाे उत्तराखण्ड धराली पहिराेमा बेपत्ता भयका परिवारलाई मलेसियाबाट रु ४४,१५४ नगत सहयाेग प्राप्त भयकाे छ । गत साउन २० गते मंगलबार अपरान्ह भारतकाे उत्तराखण्डकाे धरालिमा आयकाे पहिराेमा बेपत्ता भयका कुशे गाउपालिका - २ टालेगाउँका कर्ण बहादुर सिंह, मान बहादुर सिंह, निम बहादुर सिंह,राम बहादुर सि जनाका परिवारलाई मलेसिया स्थित "सेन्टर मेडिकियर कम्पनि"मा कार्यरत कामदारहरुकाे पहलमा सहयाेग स्वरुप रु .४४,१५४ नगत प्राप्त भयकाे हाे। नेपाल स्थित ईन्टरनेशनल मेन पावर कम्पनिकाे पहलमा  २०८० सालमा बैदेशिक राेजगारकाे शिलशिलामा मलेसिया पुगेका कामदारहरुले उक्त रकम सहयाेग स्वरुप प्रदान गरियकाे कम्पनिमा कार्यरत कुशे गाउपालिका - २ टालेगाऊका जिवन शाहीले बताय । सहयाेग गर्नेहरुमा क्रमश ; १ जीबन शाही कुशे गाउपालिका- २ तिमिल्धारा रु १६२५ २ महेन्द्र सिह कुशे- २ झारगाऊ रू १६५५ ३ सुर्य बिक्रम सिह कुशे २ड...