एकैदिन दुई स्थानमा ॐ समाज डेण्टल अस्पतालको निःशुल्क दन्त स्वास्थ्य शिविर, सयौं नागरिक तथा २९० विद्यार्थी लाभान्वित
काठमाडौं। ॐ समाज डेण्टल अस्पतालले सामाजिक सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आइतबार काठमाडौं र ललितपुरमा एकैदिन दुई स्थानमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
शिविरमार्फत स्थानीय नागरिक तथा विद्यालयका २९० विद्यार्थीसहित सयौं सेवाग्राहीले निःशुल्क दन्त परीक्षण, उपचारसम्बन्धी परामर्श तथा मुख स्वास्थ्यबारे सचेतनामूलक शिक्षा प्राप्त गरेका छन्। तार्केश्वर नगरपालिका–८ स्थित शिव मन्दिर परिसरमा सामाजिक रूपान्तरणका लागि नागरिक समाजको आयोजनामा बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको शिविरमा स्थानीय बासिन्दाहरूको दाँत तथा मुख स्वास्थ्य परीक्षण गरिएको थियो।
ॐ समाज डेण्टल अस्पताल बनस्थली शाखाकी प्रमुख सबिना पपन गुरुङको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले सेवा प्रदान गर्दै दन्त रोगको समयमै पहिचान र रोकथामबारे आवश्यक परामर्श दिएको थियो। त्यसैगरी, ललितपुरको सानेपास्थित Shining ...









