२०८३ श्रावण १८, सोमवार

समाचार

समलिङ्गी विवाहबारे राष्ट्रिय बहस आवश्यक रहेको डा. के.बि. रोकायको धारणा

समलिङ्गी विवाहबारे राष्ट्रिय बहस आवश्यक रहेको डा. के.बि. रोकायको धारणा

समाचार
काठमाडौं। नेपालमा समलिङ्गी विवाहको कानुनी अवस्था, त्यसका सामाजिक, सांस्कृतिक तथा राष्ट्रिय प्रभावका विषयमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बौद्धिक व्यक्तित्व डा. के.बि. रोकायले यस विषयमा गम्भीर राष्ट्रिय बहस हुनुपर्ने आवश्यकता औंल्याउनुभएको छ। कार्यक्रमको सहजीकरण डा. प्रकाश रोकायले गर्नुभएको थियो भने डा. शिलास दिनदयाल वक्ताका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रस्तुत कार्यपत्रमा डा. रोकायले नेपालमा समलिङ्गी विवाहको विषयमा पर्याप्त सार्वजनिक छलफल, संसदीय बहस र व्यापक जनपरामर्श नभई प्रक्रिया अघि बढेको आफ्नो धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार यस विषयले परिवार, समाज, संस्कृति, धर्म तथा राष्ट्रको दीर्घकालीन पहिचानसँग सम्बन्ध राख्ने भएकाले यसलाई सामान्य प्रशासनिक निर्णयका रूपमा होइन, राष्ट्रिय नीतिको विषयका रूपमा हेर्नुपर्ने आवश्यकता छ। '१९ वर्षदेखि एक...
गुरुपूर्णिमाको अवसरमा कराते क्लब बालाजु, काठमाडौँले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम भव्य तथा आत्मीय वातावरणमा सम्पन्न

गुरुपूर्णिमाको अवसरमा कराते क्लब बालाजु, काठमाडौँले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम भव्य तथा आत्मीय वातावरणमा सम्पन्न

खेल, समाचार
काठमाडौँ। गुरुप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने पर्व गुरुपूर्णिमाको अवसरमा कराते क्लब बालाजु, काठमाडौँले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम भव्य तथा आत्मीय वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा करातेका प्रशिक्षक, खेलाडी, अभिभावक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १६ की वडाध्यक्ष रोजिना श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले गुरुले केवल सीप मात्र नभई संस्कार, अनुशासन र जिम्मेवारीको भावना पनि हस्तान्तरण गर्ने उल्लेख गर्दै समाज निर्माणमा गुरुहरूको भूमिका अतुलनीय रहेको बताउनुभयो। कार्यक्रममा नेपाल कराते महासंघका प्रतिनिधि राजेन्द्र क्षेत्री विशेष अतिथिका रूपमा सहभागी हुनुभयो। उहाँले गुरु–शिष्य सम्बन्ध करातेको मूल आधार भएको उल्लेख गर्दै निरन्तर अभ्यास, अनुशासन र सम्मानको ...
कर्णाली प्रदेशका नवयिनुक्त मुख्यमन्त्री मंगलबहादुर शाही को हुन.. ?

कर्णाली प्रदेशका नवयिनुक्त मुख्यमन्त्री मंगलबहादुर शाही को हुन.. ?

राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार, सुचना संचार
सुर्खेत : मंगलबहादुर शाही कर्णालीको पाँचौँ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।उनलाई आफ्नो दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ । ४० सदस्यीय कर्णालीमा सरकार बनाउन २० सिट आवश्यक पर्छ । एमालेको समर्थन पाएका शाही संसदीय राजनीतिमा प्रवेश गरेको ४ वर्षमै मुख्यमन्त्री बन्न सफल भएका छन् ।यसअघि उनी तत्कालीन मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री समेत भएका थिए । केन्द्रमा माओवादी र नेकपा एकीकृत समाजवादीबिच पार्टी एकता भयो, पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रह्यो । उक्त एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै कर्णाली प्रदेश माओवादी संसदी...
सर्वदलीय बैठक सम्पन्न, सद्‍भाव कायम गर्न ७ बुँदे संयुक्त अपिल

सर्वदलीय बैठक सम्पन्न, सद्‍भाव कायम गर्न ७ बुँदे संयुक्त अपिल

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै विकसित घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम गर्न सात बुँदे सामूहिक अपिल जारी गरेको छ। बैठकपछि जारी संयुक्त अपिलमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिको छ। साथै, घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले समाजमा शान्ति, सद्भाव र विश्वासको वातावरण कायम गर्न प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संयन्त्र गठन गरी बैठक आयोजना गर्न निर्देशन दिएको छ। बुधबार जारी सर्वदलीय संयुक्त वक्तव्य तथा अपिलमा केन्द्रको ...
डिभिजन वनका इन्जिनियर यादवमाथि कार्यालय परिसरमै कुटपिट

डिभिजन वनका इन्जिनियर यादवमाथि कार्यालय परिसरमै कुटपिट

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
बर्दिया : डिभिजन वन कार्यालयमा कार्यरत गुलरिया नगरपालिका–१ का इन्जिनियर सुभम यादवमाथि कार्यालय परिसरमै कुटपिट भएको छ । उनीमाथि सोमबार राति कुटपिट भएको हो । घाइते इन्जिनियरको टाउकोमा ७ टाका लगाइएको छ । उनलाई सोमबार राति नै उपचारका लागि बर्दिया अस्पताल लगिएको थियो । चालु आर्थिक वर्षमा काठ लिलामको लागि वन कार्यालयले टेन्डर आह्वान गरेको छ । जसकारण पछिल्लो समय कार्यालय वरपर काठ व्यवसायीहरूको भीडभाड हुने गरेको छ । डिभिजन वनमा आउने अन्य सेवाग्राहीलाई टेन्डर खरिदका लागि आएकोमा अवरोध गरेको र त्यसो नगर्न आग्रह गर्दा कुटपिटमा परेको इन्जिनियर यादवको दाबी छ । ‘राति वस्तीमा हात्ती प्रवेश हुँदा हात्ती धपाउन ड्रोन लिएर जानुपर्ने भएकाले राति अबेरसम्म कार्यालयमै बस्नु पर्छ,’ उनले भने, ‘सोमबार राति खाना खाएर कार्यालय परिसरकै क्यान्टिनमा बसिरहेको अवस्थामा ३ जनाको समूह आएर कुटपिट गरे ।’...
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगल शाही चयन

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगल शाही चयन

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
सुर्खेत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले मङ्गलबार शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाहीले मङ्गलवार बेलुका ५ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । उनलाई आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ। शाहीकाे शपथ भने भाेलि हुनेछ ।  ...
एकैदिन दुई स्थानमा ॐ समाज डेण्टल अस्पतालको निःशुल्क दन्त स्वास्थ्य शिविर, सयौं नागरिक तथा २९० विद्यार्थी लाभान्वित

एकैदिन दुई स्थानमा ॐ समाज डेण्टल अस्पतालको निःशुल्क दन्त स्वास्थ्य शिविर, सयौं नागरिक तथा २९० विद्यार्थी लाभान्वित

समाचार, स्वास्थ
काठमाडौं। ॐ समाज डेण्टल अस्पतालले सामाजिक सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आइतबार काठमाडौं र ललितपुरमा एकैदिन दुई स्थानमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमार्फत स्थानीय नागरिक तथा विद्यालयका २९० विद्यार्थीसहित सयौं सेवाग्राहीले निःशुल्क दन्त परीक्षण, उपचारसम्बन्धी परामर्श तथा मुख स्वास्थ्यबारे सचेतनामूलक शिक्षा प्राप्त गरेका छन्। तार्केश्वर नगरपालिका–८ स्थित शिव मन्दिर परिसरमा सामाजिक रूपान्तरणका लागि नागरिक समाजको आयोजनामा बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको शिविरमा स्थानीय बासिन्दाहरूको दाँत तथा मुख स्वास्थ्य परीक्षण गरिएको थियो। ॐ समाज डेण्टल अस्पताल बनस्थली शाखाकी प्रमुख सबिना पपन गुरुङको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले सेवा प्रदान गर्दै दन्त रोगको समयमै पहिचान र रोकथामबारे आवश्यक परामर्श दिएको थियो। त्यसैगरी, ललितपुरको सानेपास्थित Shining ...
रमाइलो पाठशाला र ॐ समाज डेण्टल अस्पतालको सहकार्यमा दुईदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न : ८०० भन्दा बढी विद्यार्थी तथा अभिभावक लाभान्वित

रमाइलो पाठशाला र ॐ समाज डेण्टल अस्पतालको सहकार्यमा दुईदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न : ८०० भन्दा बढी विद्यार्थी तथा अभिभावक लाभान्वित

समाचार, स्वास्थ
राजन थापा   काठमाडौं |  तारकेश्वर–८, जरंखुस्थित रमाइलो पाठशाला र ॐ समाज डेण्टल अस्पताल, बनस्थली शाखाको संयुक्त आयोजनामा सञ्चालन गरिएको दुईदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूको मुख तथा दन्त स्वास्थ्य सुधार, दन्त रोगबारे सचेतना अभिवृद्धि तथा समयमै उपचारको पहुँच सुनिश्चित गर्ने उद्देश्यले आयोजित शिविरबाट ८०० भन्दा बढी विद्यार्थी तथा अभिभावक लाभान्वित भएका छन्। शिविरमा ॐ समाज डेण्टल अस्पतालका अनुभवी दन्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले निःशुल्क दन्त परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेका थिए। शिविरका क्रममा २५ जनाको दाँत सफा (स्केलिङ) गरिएको थियो भने ४२ जना बालबालिकाको आवश्यकताअनुसार दाँत निकालिएको थियो। साथै, सही तरिकाले दाँत माझ्ने विधि, मुखको सरसफाइ तथा दन्त रोगबाट बच्ने उपायबारे व्यवहारिक प्रशिक्षणसमेत प्रदान...
नयाँ तिज गीत ‘रातो चुरा रातै सारी’ लिएर दर्शकमाझ आए उषा गजुरेल र एलिना रायमाझी

नयाँ तिज गीत ‘रातो चुरा रातै सारी’ लिएर दर्शकमाझ आए उषा गजुरेल र एलिना रायमाझी

मनाेरन्जन, समाचार
काठमाडौं । नेपाली तीज गीत–संगीतको मौसमसँगै चर्चित गायिका उषा गजुरेल नयाँ सिर्जना ‘रातो चुरा रातै सारी’ लिएर दर्शक तथा श्रोतामाझ उपस्थित भएकी छन्। परम्परागत नेपाली तीजको मौलिक स्वाद, नारीका भावना, संस्कृति, प्रेम, उत्सव र पारिवारिक सम्बन्धलाई समेटेर तयार गरिएको यस गीतले सार्वजनिक भएसँगै सामाजिक सञ्जालदेखि संगीतप्रेमीमाझ सकारात्मक चर्चा बटुल्न थालेको छ। नेपाली समाजमा तीज केवल पर्व मात्र होइन, नारीको आत्मीय भावना, खुशी, पीडा, आशा र उत्सवको संगमका रूपमा लिइन्छ। यही भावनालाई आधुनिक प्रस्तुतिसँग जोड्दै तयार गरिएको ‘रातो चुरा रातै सारी’ ले नेपाली तीज गीतको मौलिकपनलाई जोगाउने प्रयास गरेको देखिन्छ। गीतको शीर्षकले नै रातो चुरा र रातो सारीको सांस्कृतिक महत्त्वलाई जीवन्त रूपमा प्रस्तुत गर्ने संकेत दिन्छ। यस गीतका शब्द पद्मा प्रधान ले सिर्जना गरेकी हुन् भने स्वर, संगीत तथा भाव अभिव्यक्ति स्वयं उषा गज...
‘पहिले सीसीटीभी ढाके, अनि कुरुवा नियन्त्रणमा लिए’— काभ्रेको बुद्धचित्त लुट प्रकरणमा नयाँ खुलासा

‘पहिले सीसीटीभी ढाके, अनि कुरुवा नियन्त्रणमा लिए’— काभ्रेको बुद्धचित्त लुट प्रकरणमा नयाँ खुलासा

समाचार
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–८, खार्पाचोकमा व्यवसायी राजकुमार तामाङको बुद्धचित्तको बोटबाट करिब ५० लाख रुपैयाँ बराबरको बुद्धचित्त माला लुटिएको सार्वजनिक भएपछि स्थानीयवासीमा त्रास र आक्रोश फैलिएको छ। स्थानीय स्रोतका अनुसार घटना अत्यन्त योजनाबद्ध ढंगले गरिएको देखिएको छ भने यसले ग्रामीण क्षेत्रमा बढ्दो संगठित आपराधिक गतिविधिप्रति गम्भीर प्रश्नसमेत उठाएको छ। प्राप्त प्रारम्भिक जानकारीअनुसार चारवटा मोटरसाइकलमा आएका व्यक्तिहरूको एक समूहले घटनास्थल वरपरको अवस्था पूर्वतयारीका साथ नियन्त्रणमा लिएको थियो। उनीहरूले सर्वप्रथम घटनास्थल नजिक जडान गरिएको सीसीटीभी क्यामेरालाई कपडाले छोपेर निगरानी प्रणाली निष्क्रिय बनाएको बताइएको छ। त्यसपछि बुद्धचित्तको बोटको रेखदेख गरिरहेका चार जना कुरुवालाई नियन्त्रणमा लिई उनीहरूको मोबाइल फोनसमेत खोसेर बाहिरी संसारसँग सम्पर्कविहीन बनाइएको स्रोतको ...