आध्यात्मिक क्रान्तिका संवाहक स्वामी आनन्द अरुणलाई ‘शिखर अभिनन्दन’
काठमाण्डौ / सूचक प्रकाशन काठमाडौँको आयोजनामा ओशो तपोवनको पवित्र स्थानमा एक विशेष कार्यक्रमको आयोजना गरि समाजमा धार्मिक सहिष्णुता,प्रेम र सद्भावको सुवास छर्न अहोरात्र समर्पित पूज्यपाद बोधिसत्व स्वामी आनन्द अरुणलाई उहाँको योगदानको कदरस्वरुप शिखर अभिनन्दन गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्टानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा शिखर अभिनन्दन संयोजन समितिका अध्यक्ष राजकुमार बानिया कौशिकको सभापतित्व , विशेष वक्ताका रुपमा चर्चित पत्रकार टीकाराम यात्री,सम्यक् सन्देशका संरक्षक एवं शिक्षासेवी केदारनाथ श्रेष्ठ, बौद्ध अध्येता एवम् सम्यक् सन्देशका सलाहकार श्यामलाल चित्रकार, लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ को आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
प्रमुख अतिथि राईद्वारा गमलामा जलार्पण गरेर उद्घाटन गरिएको कार्यक्रम राष्ट्रिय गान बजाएर राष्ट्र प्रति सम्मान प्रकट गर्दै सुरुव...









