कर्णाली प्रदेशका नवयिनुक्त मुख्यमन्त्री मंगलबहादुर शाही को हुन.. ?
सुर्खेत : मंगलबहादुर शाही कर्णालीको पाँचौँ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।उनलाई आफ्नो दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ । ४० सदस्यीय कर्णालीमा सरकार बनाउन २० सिट आवश्यक पर्छ ।
एमालेको समर्थन पाएका शाही संसदीय राजनीतिमा प्रवेश गरेको ४ वर्षमै मुख्यमन्त्री बन्न सफल भएका छन् ।यसअघि उनी तत्कालीन मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री समेत भएका थिए ।
केन्द्रमा माओवादी र नेकपा एकीकृत समाजवादीबिच पार्टी एकता भयो, पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रह्यो । उक्त एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै कर्णाली प्रदेश माओवादी संसदी...









