
अलका मल्लकृत ‘मनका तरङ्ग’को लोकार्पण
अलका मल्लकृत कविता, गजल र गीतको सँगालो 'मनका तरङ्ग' यही वैशाख २० गते शनिवार राजधानीको एअरपोर्टस्थित एपेक्स बिजनेस होटलमा सुसम्पन्न भएको छ । सभापतित्व ग्रहण नगराईकन अनौपचारिक ढङ्गबाट सञ्चालित उक्त कार्यक्रममा मूर्धन्य साहित्यकार तथा गैरसाहित्यकारहरू समुपस्थित थिए । गीतकार, गायक, रङ्गकर्मी, मोडल, कानुनविद्, व्यवसायी आदिको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै सन्तानमा वस्तीले अलकाका सिर्जना सरलताका हिसाबले अलौकिक भएको बताए । उनले अलकाको एउटा गजल पनि गुनगुनाए ।
बहुआयामिक दिग्गज व्यक्तित्व प्रकाश सायमिले उपस्थित सम्पूर्ण अभ्यागतहरूको सुस्पष्ट परिचय दिँदै अलकाको सिर्जनशील अनुशीलनको मुक्तकण्ठले प्रशंसा गरे । गजलकार ध्रुब जोशीले आफ्नै गजल गाए भने आमाको महिमागानमा महत्त्वपूर्ण शब्दहरू खर्चेका सुपरिचित कानुनविद् भीमार्जुन आचार्यले अलकाको 'आमा' कवितासँग मिल्दोजुल्दो आफ्नो गीति एल्बम...