काजी, कमारा र अधुरो क्रान्ति
काजीले
कमाराहरुलाई
फर्मेशनमा उभ्यायो र भन्यो-
एकीकृत क्रान्तिको सपना पुरा हुदैछ !
कमाराहरु पनि
कमान्डरले थामीदिएको बीउ समात्दै
काजीले भट्याएको वाली गाए र रमाए
भौतिकबाद्को रातो किताब
पिसाबखानामा मिल्काएर
क्रान्तिको अधुरो सपना
धान रोपेर पूरा गरे !!!
काठमाडौं । प्रगतिशील लेखक स्रष्टा द्धय अतृप्त पाण्डे र पेशल आचार्यको सम्झनामा स्मृति सभा सम्पन्न भयकाे छ।
बिहिवार नेपाल - काेरिया लेखक/ पत्रकार मंच र हित प्रसाद उपाध्याय-जुनमाया सुवेदी साहित्य प्रतिष्ठानकाे आयाेजनामा काठमाडौंको अनामनगर मा रहेेकाे संबाद डब्बलिमा स्मृति सभा संचालन भयकाे हाे ।
स्रष्टा पाण्डे काे २००७साल कार्तिक १२ गते जन्म भई २०८०असार १२ गते मृत्यु र आचार्यको २०२४भदौ ११ गते जन्म भई २०८० साउन १ गते निधन भयकाे थियाे ।दुबै जनाले विभिन्न काल खण्डमा प्रगतिशील लेख ,कविता लेखी अनुकरणीय इतिहास निर्माण गरेका थिय ।
स्रष्टा द्धय पाण्डे र आचार्यको सम्झना गर्दै कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यलय सदस्य हेमन्त प्रकाश ओली ,प्रा.डा.राम प्रसाद ज्ञवाली,नरेन्द्र जंग पिटर लगायत विभिन्न कवि, लेखक र राजनैतिक बिचारकहरुले कविता र बिचार ब्यक्त गर्दै श्रदान्जली ब्यक्त ...
कबिता : भरोषाको दियो निभ्ने छैन
मुक्ति या मृत्यु रोज्नेहरु,
कोहि हराइगए मैदान बाट,
कोहि अस्ताइगए संग्रामबाट,
भेरी को तिरैतिर हिडेका,
तिम्रा पैतालाका डोबहरु
अझै हराएका छैनन् ।
एउटा युद्ध मोर्चामा
एउटा खबर र चर्चामा,
एउटा सन्देशमा
एउटा आदेशमा ,
हराएका शरिरहरु
भेटिएका छैनन ।
यादराषहरु मेटिएका छैनन् ।
तिम्रो जिवनको मोल तोकेर
राज्यले कसलाई के दियो ?
पार्टीले को बाट के लियो ?
त्यो दिने र लिनेहरुले महशुस गरुन् ।।।
तिम्रो रगतका टाटा देखेर
आक्रोश र बदलाभावमा
झण्डा र बन्दुक बोक्नेहरु
निराश नबनुन् ।।।
बलिदान लाई उर्जा सम्झेर
सहादत पाउनेहरु
अमर रहुन ।
मृत्युलाई जित्ने तिमी कदापि हारेका छैनौं । ।
तिम्रा सहयोद्धा हरुको
मार्ग पछ्याउँदै हामी हिड्ने छौँ ।
तिम्रो पथमा
एक दिन
आउनेछ हाम्रो व्यवस्था
हुनेछ बर्गिय मुक्ति,
तिमिले रोजेको व्यवस्था प्राप्ति पछ...
थाहा छ कि ? छैन !
छिमेकीले सिमाना सारिरहेपछि,
कुबचन, दुब्र्यबहारमा पारिरहेपछि,
बिनाकारण मुद्दा गरिरहेपछी,
बिनाकारण तारिख धाउनु परिरहेपछि,
के सोच्ला जवानले,
के गर्ला जवानले,
थाहा छ कि ?छैन !,
नलिएको ऋण तिर्नुपरेपछी,
समाजको अगाडि बेईज्जत भै गिर्नुपरेपछी,
बाबुको अपहरण गरेपछि,
आमाको चिरहरण गरेपछि
के सोच्ला जवानले?
के गर्ला जवानले?
थाहा छ कि? छैन !,
आफ्नो घर भत्काई दिएपछि,
बारीमा आगो लगाई दिएपछि,
खसी बाख्रा बलजफ्ति लिएपछि,
बन्दुकको कुन्दाले छातिमा दिएपछि,
के सोच्ला जवानले,
के गर्ला जवानले,
थाहा छ कि ? छैन !
मलामी गएका दाजुभाई मारिएपछि,
जंगल गयका दिदिबहिनी बेपत्ता पारियपछि,
पढ्न गयकि छोरी बलात्कार भएपछि,
बेहुली ल्याऊन गएको छोरामाथि अत्याचार भएपछि,
के सोच्ला जवानले,
के गर्ला जवानले,
थाहा छ कि ?छैन !
आफु मालिक अरुलाई दास बनायपछि,
पराई फेल आफ्नालाई पास...
काठमाडौं ।प्रगतिवादी साहित्यकार तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’ को सम्झनामा आज देशभर विविध कार्यक्रम गरि उनको सम्झाना गरिएको छ ।
आजभन्दा २२ वर्षअघि तत्कालिन शाही सरकारले उनलाई माओवादी जनयुद्धलाई सहयोग गरेको आरोपमा गिरफ्तार गरि हत्या गरेको थियो । यसैबीच मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुको आयोजनामा गरिएको कार्यक्रममा सहभागीहरुले सेनलाई स्मरण गरे । सेनको सम्झनामा आयोजित कार्यक्रम शान्तिबाटीकाबाट सुरु भएको प्रभातफेरी र्याली बागबजार, पुतलीसडहुँदै महेन्द्र पुलिस क्लब अगाडि गएर कोणसभामा परिणत भएको थियो । महेन्द्र प्रहरी क्लबमा नै सेनलाई कुटिकुटी हत्या गरिएको समाचार जनआस्था साप्ताहिकले प्रकाशन गरेको थियो । त्यसकारण महेन्द्र प्रहरी क्लब अगाडि नै कोणसभाको आयोजना गरिएको हो ।ईच्छुकका हत्यारालाई कार्वाही गर , प्रेस स्वतन्त्रता कायम गर जस्ता नारा जुलुस सहित सबै...
भर भराउदो जिबनको एक साँझ
अध्यारो छिपीदै गर्दा
झ्याउकिरीको बासस्थान हुँदै
लुसुक्क झोला बोकेर
गाउँ देखि बिदा भए
घर देखि बिदा भए
परिवार देखि बिदा भए
अनिश्चित सपना बोकी
आफ्नै दुनियाँ देखि बिरानो भए /
मुक्ति र मृत्युको संगित बजाउने
हारमोनियम बोके
मादल र बाँसुरी बोके
भिमदत्त र कामी बुढाको
बिरताको गाथा बोके
सुनमायाँ र मनमायाँको
बिधुवाको आँसु बोके
बारुद र संगिनको बहादुरी बोके
बोकीरहे अनिश्चित सपनाका ताँतीहरु /
साम्यबादको थाती बैदाङग
झोलामा बोकेर
प्रतिरोधको डाईनामेट बनी
होलेरी बेथान हुँदै
सोलु सल्लेरी भिमान हुँदै
सदबरिया र सतिपोलेमा दौडिए
अरुण तमोरको किनारा हुँदै
सेती र भेरीका छालहरुमा दौडिए
शैपाल रमका सिस्ने हिमाल हुँदै
धौलागिरी र जलजलाका
शिर हरुमा दौडिए
दौडिरहे अनबरत
अनिश्चित सपना बोकी /
जन समरको यात्रामा
अनिश्चित सपना बोकेका
सयौ सहयात्री कमरेडहरु अस्ताए...
मेराे प्याराे गुरु धन्यवाद छ ।
हिजाे हजुरले हात समातेर क लेख्न सिकाउनु भयाे
आज म हजुरकै लागि एउटा कविता लेख्ने काेसिस गर्दैछु ।
हिजाे हजुरले अ सुन्न चिच्याउनु भयाे ,
आज म उच्च शिक्षा पढ्न तैनाथ भयकि छु ।
हिजाे हजुरले १ भन्न रिसाउनु भयाे ,
आज म हजुरकै कारणले छलाङ हानेकि छु ।
तर हजुरलाई उहीँ अवस्थामा देख्दैछु ।
प्रतेक प्रियिएडमा सफलताको बारे सिकाउनु भयाे ,
सफल बन्ने सपना सिकाउनु भयाे ,
सफलताको बाटाेमा हिडिरहेकि छु ।
पढ्ने ,लेख्ने जागर नहुदा हाैसला बढाउनु भयाे ,
हाम्राे भबिस्यबाणी गरिदिनु भयाे ,
मेराे प्याराे गुरु धन्यवाद ।।
हाम्रो दाेश्राे गार्जेन बनिदिनु भयाे ,
हामीलाई छाेरि र छाेराकाे दर्जा दिनु भयाे ।
कहिलै दुखि नहुने उपाय दिनु भयाे ,
निराशा नहुने ज्ञानकाे ज्वति दिनु भयाे ।
धन्यवाद छ मेराे गुरु , शिक्षित जीवन दिनु भयाे ।
हाम्रा...
काठमाडौं । नेकपा बहुमत निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिले आइतबार काठमाडौँकाे संवाद डबलीमा २५ औँ सांस्कृतिक प्रतिरोध दिवसका मनायकाे छ।
महासंघले २०५५ साल चैत ५ गते काभ्रेपलान्चोक जिल्लाकाे अनेकाेटमा तत्कालीन राज्य पक्षवाट प्रगतिशील र क्रान्तिकारी सात जना जनकलाकारहरुकाे सामुहिक हत्या काे स्मृतिमा प्रतिरोध दिवश मनाउदै आईरहेकाे छ ।
२०३८ सालमा पारिजात काे नेतृत्वमा स्थापना भयकाे जन साँस्कृतिक महासंघ २०४८ सालमा कृष्ण सेन ई्च्छुकले नेतृत्व समाले पछि महासंघ क्रियाशिल हुँदै विभिन्न उत्तारचढापकाे बिचवाट आज ४१ ओैँ वर्षमा आईपुगेकाे र हाल सम्मा महान साँस्कृतिक याेद्दा कृष्णसेन इच्छुक ,हष्त बहादुर शाहि , च्याङवा लामा , चुनु गुरुङ , जयन्ता घर्ती रमा लगायत १सय ७० जना भन्दा बढि साँस्कृतिक कर्मिहरुले बलिदान गर्नुभयकाे र उहाहरुकाे स्मृतिमा उहाहरुका सपनाहरूकाे सिढि निर्माणका लाग...
चिहानको खोजी !!!
युद्धको राप सेलायो,
कल्पना भित्रका समाजबादको
मान्छेहरु शहर पसे
अनि समय शुन्य बन्यो ।
कतै कतै त्रासका बाछिटाहरुले
धमिल्याउथे मस्त सुतिरहेका
समुन्द्रका तरङ्ग हरुलाई
क्रम भंङ्ग हुन्थ्यो बगरेहरुको मन
फेरि लुकाउन खोज्थे हिटलरको स्वभाव ।
सुनौलो सपनाका आशा बोकायर
अबोध बुद्दीहरुलाई
गरिबका झुपडीहरुलाई
निमुखा मनहरुलाई
असरल्ल छोडे
चिहानका भट्टीहरुमा ।
कति धेरै खोजे
भक्खरै जिबनको पोथ्रा पलाएका
भोलिको आस गरेर बाँचेका
निर्दोष आत्माहरुलाई
कतै भेटेन र देखेन पनि ।
बारुदले मरेका जुवाहरु
लन्चरले भक्नाअबशेष भित्ताहरु
सबै सबै उदीने
बाजे बसेको घाम थारी
बसन्त तुहिएर झोक्राएको
वर र पिपल चौतारी
अँधेरी खोलाको पातलंगा
जहाँ तही छाँद मारे
कतै भेटेन र देखेन पनि ।
छोरा छोरी फर्कने आशामा
हेर्दा हेर्दै बार्दलीका दल्यानहरु
कुहियर गली सके
सालघारीका केही
आदिवासी ...
चरा र चौपायाँले पनि बास बसेकाे त्याे साँझ ,
मैले आफ्नै घरमा पनि बास बस्न पाइन
फुल टिपेझै कुन बतासले चढाइदियाे
कुन ढुङ्गे इश्वरकाे गाेडामा ??
बाेकेर आँखाभरि जलविन्दु आकास,
कुन स्वर्गकाे नगरीमा छु म ?
महाशय,म एक बेपत्ता नागरिक !
म हराउदा म मात्र हराइन ,
म सगै आमाबाकाे जवान छाेराे हरायाे
जसले नविराइ खुवाउनु थियाे
क्षयराेगकाे निशुल्क ओखति
म सगै हरायाे ।
तरुणि श्रीमतिकाे लाेग्ने
जसले किनिदिनु थियाे
आउने दशैमा एकसराे धाेति।
म सगै हरायो
नाबालक सन्तानकाे बाबू
जसले भर्ना गरिदिनु थियाे
यसैपाली स्कुलमा ।
महाशय ,म एक बेपत्ता नागरिक
मेराे जिन्दगी च्यातिदा
संगसंगै च्यातियाे सविधानकाे एउटा पाना
सगै च्यातियाे मानवताकाे किस्सा
कतै दाेबाटाे र चौबाटाेमा मेरि आमाले
छाति पिटिरहेको देख्नु भयाे भने भनिदिनु
म एक्लै छैन , याे अदृश्य स्थानमा
कतै मेरी श्रीमतीले ढाेका उघारै राखेकि छ भने...