११ श्रावण २०८१, शनिबार

स्रष्टा अतृप्त पाण्डे र पेशल आचार्य काे सम्मानमा स्मृति सभा

काठमाडौं । प्रगतिशील लेखक स्रष्टा द्धय अतृप्त पाण्डे र पेशल आचार्यको सम्झनामा स्मृति सभा सम्पन्न भयकाे छ।

बिहिवार  नेपाल – काेरिया लेखक/ पत्रकार मंच र हित प्रसाद उपाध्याय-जुनमाया सुवेदी साहित्य प्रतिष्ठानकाे आयाेजनामा काठमाडौंको अनामनगर मा रहेेकाे संबाद डब्बलिमा स्मृति सभा संचालन भयकाे हाे ।

स्रष्टा पाण्डे काे २००७साल कार्तिक १२ गते जन्म भई २०८०असार १२ गते मृत्यु र आचार्यको २०२४भदौ ११ गते जन्म भई २०८० साउन १ गते निधन भयकाे थियाे ।दुबै जनाले विभिन्न काल खण्डमा प्रगतिशील लेख ,कविता लेखी अनुकरणीय इतिहास निर्माण गरेका थिय ।

स्रष्टा द्धय पाण्डे र आचार्यको सम्झना गर्दै कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यलय सदस्य हेमन्त प्रकाश ओली ,प्रा.डा.राम प्रसाद ज्ञवाली,नरेन्द्र जंग पिटर लगायत विभिन्न कवि, लेखक र राजनैतिक बिचारकहरुले कविता र बिचार ब्यक्त गर्दै श्रदान्जली ब्यक्त गरेका थिय । स्मृति सभा कार्यक्रमकाे अध्यक्ष ता मंच तथा प्रतिष्ठानका अध्यक्ष अशोक सुवेदीले गरेका थिय भने संचालन मंचका उपाध्यक्ष तथा वरिष्ठ आर्ट, डिजाइनर अग्निराज पाैडेलले गरेका थिय ।