मलेसिया पुगेको कराते टोलिले जित्यो १ स्वर्ण सहित ९ पदक
मलेसियाको २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिपमा नेपाली टोलीको उत्कृष्ट प्रदर्शन, १ स्वर्णसहित ९ पदक जित्न सफल
मलेसियाबाट कृष्ण बहादुर बि.क.
काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिप–२०२६ मा सहभागी नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण, ४ रजत र ४ कांस्य पदक जित्न सफल भएको छ।
गत जुन २५ देखि २८, २०२६ सम्म सञ्चालन भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका उत्कृष्ट खेलाडीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा कराते क्लब बालाजु, काठमाडौं महानगरपालिका–१६ सहित देशका विभिन्न कराते क्लबका खेलाडीहरूले नेपालको प्रतिनिधित्व गरेका थिए।
पदक विजेताहरू यसप्रकार छन् :
स्वर्ण पदक
होम गुरुङ (कराते क्लब काठमाडौं)
रजत पदक
अनिश थापा (तिलोत्तमा नगरपालिका)
प्रजोल थापा (तिलोत्तमा नगरपालिका)
र...









