काठमाडौं :निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।
आयाेगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सातवटै प्रदेशका क्षेत्रको मतपत्रको वास्तविक निर्वाचन आयाेगले सार्वजनिक गरेकाे हाे ।।त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ ।
उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको वास्तविक तयार पारिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका डाेल्पा, मुगु, जुम्ला,सल्यान, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् ।
यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम छन्। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र छन् । ती सबै निर्वाचन क्षेत्रको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाई भइसकेको छ ।
