१३ माघ २०८२, मंगलवार

शिक्षा

जुम्लाका उम्मेदवार भण्डारीलाई सहिदका सपना र कर्णालीको भविष्य प्रतिको खुला पत्र

जुम्लाका उम्मेदवार भण्डारीलाई सहिदका सपना र कर्णालीको भविष्य प्रतिको खुला पत्र

कविता, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
प्रतिनिधि सभा उम्मेदवार,नरेश भण्डारीज्यू,सादर नमस्कार 🙏 म जुम्लाकै एक साधारण नागरिक हुँ। मेरो परिचय कुनै ठूलो पद वा हैसियतसँग जोडिएको छैन, तर मेरो जीवन एउटा महान् बलिदानसँग जोडिएको छ। १० वर्षे माओवादी जनयुद्धका क्रममा हजारौँ सहिद भए। उहाँहरूले देख्नुभएको सपना थियो—गरिब, दुर्गम र पछाडि पारिएको कर्णाली पनि एक दिन उज्यालो, आत्मनिर्भर र सम्मानित बनोस् भन्ने। आज जब म पछाडि फर्केर हेर्छु, ती सपनाहरू शब्दमा होइन, कर्ममा उतार्ने नेतृत्व तपाईं हुनुहुन्छ भन्ने अनुभूति हुन्छ। २०६४ सालमा संविधानसभा निर्वाचन जितेर काठमाडौँ पुग्नुभएपछि पनि तपाईंको मन जुम्लामै रहिरह्यो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहल र स्थापना पश्चात्, पहिले बिरामी बाहिर पठाउन बाध्य जुम्ला आज विकसित सहरका अस्पतालमा दक्ष चिकित्सक पठाउने अवस्थामा पुगेको छ। जुम्लामै सहज, सुलभ र गुणस्तरीय उपचार पाउने अवस्था बनेको...
समाजवादी कम्युनिस्ट पार्टी नेपालले जाजरकोटकाे कुशेबाट “जनअभियान २०८२” उद्घाटन गरेकाे छ

समाजवादी कम्युनिस्ट पार्टी नेपालले जाजरकोटकाे कुशेबाट “जनअभियान २०८२” उद्घाटन गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
जाजरकोट : समाजवादी कम्युनिस्ट पार्टी नेपालले जाजरकोटकाे कुशेबाट अभियान उद्घाटन गरेकाे छ । पुर्ण बहादुर सिंह "समरजंग" नेतृत्वको उक्त पार्टीले जाजरकोटकाे कुशे गाउपालिका - २ टालेगाउँमा जनयुद्धका सहिद परिवारलाई न्यानाे कपडा (जकेट) वितरण र मान्ने ढुंगा माध्यमिक विद्यालयका विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरणका कार्यक्रम सहित "जन्तामा जाओैँ,जन्ताकाे  सेवा गराै ! भन्ने मेचीमहाकाली "जनअभियान २०८२" उद्घाटन गरेकाे हाे । कार्यक्रममा पार्टीका महासचिव समरजंग, स्थायी कमिटि सदस्य विनयराज , विप्लव, सर्वजित, पाेलिटब्युराे सदस्य मन्जित जनपक्षीय पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष रेडियम सिंह र समाजवादी युवा संगठनका अध्यक्ष आकाश कार्की लगायत केन्द्रीय नेताहरुकाे उपस्थिति रहेकाे थियाे । पन्चेवाजा र भब्य जनसहभागीतामा सम्पन उक्त  कार्यक्रमकाे अध्यक्षता समरजंगले गरेका थिए भने विश...
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको श्री कुम्भेश्वरी आधारभूत विद्यालयका १६५ जना विद्यार्थीलाई न्यानो ट्रयाक सुट वितरण

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको श्री कुम्भेश्वरी आधारभूत विद्यालयका १६५ जना विद्यार्थीलाई न्यानो ट्रयाक सुट वितरण

शिक्षा, समाचार
सिन्धुपाल्चोक। – बागमती प्रदेशका सांसद तथा पूर्व मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको श्री कुम्भेश्वरी आधारभूत विद्यालयका १६५ जना विद्यार्थीलाई न्यानो ट्रयाक सुट वितरण गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चार्ज महेन्द्र घोरासैनी, काभ्रेका विष्णु गौतम, बाराका विनोद प्रसाद गुप्ता तथा धर्मसागर ढकाल को सहयोगमा विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरिएको हो । एक विशेष कार्यक्रमबीच विद्यार्थीहरूलाई न्यानो कपडा हस्तान्तरण गर्दै पुर्व मन्त्री दुलालले दुर्गम क्षेत्रमा शिक्षा हासिल गरिरहेका बालबालिकाको आवश्यकता बुझेर यो सहयोग गरिएको बताउनु भयो । सांसद दुलालले भन्नुभयो “चिसोले गर्दा कुनै पनि बालबालिकाको पढाइ रोकिनु हुँदैन,यदि कसैलाई विद्यालय जान समस्या छ भने हामी अभिभावकको भूमिकामा साथ दिन तयार छौं।” उहाँले अभिभावकह...
श्री शारदा माध्यामिक विद्यालय बाह्रबिसेको ७५ औ जन्मोत्सव भव्यताकोसाथ सम्पन्न

श्री शारदा माध्यामिक विद्यालय बाह्रबिसेको ७५ औ जन्मोत्सव भव्यताकोसाथ सम्पन्न

शिक्षा, समाचार
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकै पुरानो विद्यालयकोरुपमा स्थापित बाह्रबिसे नगरपालिकामा पर्ने श्री शारदा माध्यामिक विद्यालय बाह्रबिसेले आफ्नो स्थापनाको ७५ औं जन्मोत्सव भव्यताकोसाथ मनाएको छ । नव नियुक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बर बहादुर श्रेष्ठ(उमेश)को अध्यक्षतामा भएको कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय नेता तथा पुर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश पुर्व वन तथा वातावरण मन्त्री मसिना खड्का(भण्डारी),बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत,उपमेयर मन्जु तामाङ,सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष एवं सफल व्यवसायी बुद्धराज बस्नेत,विद्यालय व्यवस्थापन समितिका पुर्ब अध्यक्ष शम्भु बहादुर तिमल्सिना, जिल्ला शिक्षक संघका अध्यक्ष तारा बहादुर कार्की, विद्यालयका पुर्व प्रधानाध्यापक उद्दबलाल श्रेष्ठको बिशेष आतिथ्य रहेको थि...
वितुसिंह-विन्दसरा सिंह स्मृति प्रतिष्ठानद्वारा वितरण गरिने छात्रवृत्ति सहिद सन्तति समर सिंह र मेलिना सिंहलाई

वितुसिंह-विन्दसरा सिंह स्मृति प्रतिष्ठानद्वारा वितरण गरिने छात्रवृत्ति सहिद सन्तति समर सिंह र मेलिना सिंहलाई

Breaking News, अर्थवाणिज्य, मनाेरन्जन, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौं : वितुसिंह-विन्दसरा स्मृति प्रतिष्ठानद्वारा वितरण गरिने छात्रवृत्ति यश वर्ष जनयुद्धका सहिद ललित बहादुर सिंह (मण्डल) का सन्ततिलाई सम्मान सहित वितरण गरियकाे छ। समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पुर्ण बहादुर सिंह  (समरजंग)ले आफ्ना पिता वितु सिंह र आमा विन्दसरा सिंहकाे स्मृतिमा २०७८ सालमा स्थापना गरियकाे उक्त प्रतिष्ठानले प्रत्येक  बर्ष जेहेन्दार र विपन्न-दुईजना बालबालिकालाई ५/५ हजार नगत र सम्मान पत्र सहित सम्मान गर्दै आयकाे छ । २०८२ सालकाे छात्रवृत्ति सहिद मण्डलका छाेरा समर सिंह र छाेरी मेलिना सिंहलाई वितरण गरियकाे छ । काठमाडौंमा एक कार्यक्रम आयाेजना गरि  समाजवादी कम्युनिस्ट पार्टी नेपालका स्थायी कमिटी सदस्य द्वाेय माधव गाैतम ( विनयराज ),विनाेद थापा (सर्वजित) र जनपक्षीय पत्रकार संगठनका अध्यक्ष राम बहादुर सिंह (रेडियम) उक्त प्रतिष्ठानका अध्यक्ष उषा राना (सिंह) काे सहभागी र...
ज्वजलपा संस्थाद्वारा रामेछापका विद्यार्थीलाई न्यानाे कपडा वितरण

ज्वजलपा संस्थाद्वारा रामेछापका विद्यार्थीलाई न्यानाे कपडा वितरण

Breaking News, माैसम, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं : ज्वजलपा ग्वाहाली पुच: काठमाडौं नामक संस्थाले सुनापति गाउपालिका - २ रामेछाप स्थित श्री अग्लेश्वर माध्यमिक विद्यालय धिमिका ८२ जना विद्यार्थीहरुलाई न्यानाे कपडा वितरण गरेकाे छ।सनिवार काठमाडौंमा एक कार्यक्रम आयाेजना गरि उक्त विद्यालयका प्र.अ. चन्द्र बहादुर घिसिङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप केसि समक्ष न्यानाे कपडा हस्तान्तरण गरि साे कार्यक्रम सम्पन्न गरेकाे हाे। २०८२ साल असार ८ गते  स्थापना भयकाे उक्त संस्थाले दुर्गम र पिछडिएका क्षेत्रका विपन्न बालबालिकाहरुलाई टेवा पुग्ने उद्धेश्यका साथ उक्त कार्यक्रम आयाेजना गर्दै आयकाे संस्थाको अध्यक्ष शुसिला खड्कीले बताइन् ।जाडाे माैैसममा कतिपय दुर्गमका बालबालिका विद्यालयमा आउन नसक्नु,पठनपाठनमा वाधा पुग्ने जस्ता समस्या हरुलाइ मध्यनजर गर्दै विभिन्न समाजसेवीहरुकाे सहयाेगमा साे क्षेत्रमा न्यानाे कपडा वितरण कार्यक्रम आयाेजना गरियकाे सा...
सुदूरपश्चिमभर सहकारी क्षेत्रको अवस्था बुझ्न समाजवादी कम्युनिष्ट पार्टी नेपालद्वारा अनुसन्धान

सुदूरपश्चिमभर सहकारी क्षेत्रको अवस्था बुझ्न समाजवादी कम्युनिष्ट पार्टी नेपालद्वारा अनुसन्धान

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
धनगढी कैलाली – समाजवादी कम्युनिष्ट पार्टी नेपाल (सेती–महाकाली क्षेत्रीय समिति) ले सुदूरपश्चिम प्रदेशभर सहकारी संस्थाहरुको वास्तविक अवस्था बुझ्ने उद्देश्यसहित व्यापक अनुसन्धान प्रक्रिया सुरु गरेको छ। अछमको तुर्माखाँद गाउपालिका र हालै पार्टीले धनगढी उपमहानगर पालिका, लम्किचुहाँ नगरपालिका ,जानकी गाउपालिका, टिकापुर नगरपालिका, बर्द्गोरिया गाउपालिका, जोसिपुर गाउपालिका, कैलारि गाउपालिका लगाएत स्थानीय क्षेत्रमा दर्ता भएर सञ्चालनमा रहेका सहकारी संस्थाहरुको विवरण, वार्षिक लेखापरीक्षणको स्थिति तथा सहकारी पीडितसम्बन्धि उजुरीबारे औपचारिक रूपमा सूचना माग गरेको छ। सूचनाको हक ऐन २०६४ को दफा ७(१) र नेपालको संविधानको धारा २७ बमोजिम पार्टीले माग गरिएको विवरणमा नगरपालिकाभित्र दर्ता भएका कुल सहकारी संख्या, चालु तथा बन्द सहकारीहरुको सूची, लेखापरीक्षण सम्पन्न तथा नसकाएका संस्थाहरुको विवरण, सहकारी ठगी वा आर्...
कश्यप एकेडेमीमा विद्यार्थीहरुले गरे आत्मविश्वासका साथ रोबोटिक्स र एआई प्रदर्शनी

कश्यप एकेडेमीमा विद्यार्थीहरुले गरे आत्मविश्वासका साथ रोबोटिक्स र एआई प्रदर्शनी

शिक्षा, समाचार
काठमाडौं । कीर्तिपुर नगरपालिकाको राम्रो स्तरको विद्यालयमा नाम लेखाउन सफल,अध्यात्म,विज्ञान,प्रविधि र उद्यमशीलता मोडलमा पढाईहुने कश्यप एकेडेमीमा रोबोटिक्स र एआई प्रदर्शनी २०२५ भव्य रुपमा सम्पन्न भएको छ । करिब २ दर्जन फरक फरक यन्त्रको स्टल राखिएको प्रदर्शनी हेर्न र बुझ्न विद्यालयका विद्यार्थी,अभिभावक,शिक्षक,शिक्षिका,कर्मचारी तथा अन्य विद्यालयको विद्यार्थी र शिक्षकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । प्रदर्शनीमा विद्युतिय सेनिटाईजेसन मेसिन, मुटुको धड्कन नाप्ने मेसिन,पानिको ट्याङ्की भरिनु भन्दा अगाडी नै साईरन ( जनाउ ) बज्ने मेसिन , भुकम्पको बेलामा साईरन बज्ने मेसिन, सडकमा फिट गरेर गाडीको स्पिड नाप्ने मेसिन, बिभिन्न खेलहरु खेल्न सकिने मेसिनहरु तथा सामान ओसार पसार गर्न सकिने ड्रोन राखिएको थियो । यो कार्यक्रममा प्राविधिक सहयोग एमिका एकेडेमी अफ ईनोभेसनले गरेको थियो । कार्यक्रममा उपस्थित सबैल...
जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा – उदय बहादुर चलाउने “दिपक”

जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा – उदय बहादुर चलाउने “दिपक”

राजनीति, विचार, विज्ञान प्रबिधि, शिक्षा
प्रारम्भ ✍️ ✍️"जेन–जेड’ नवयुवाहरुको आह्वानमा भएको गत भदौं २३ गतेको जनबिद्रोह र २४ गतेको जनप्रतिरोधले नेपालको दलाल पुँजीवादी सत्तालाई केहि घण्टा यसरी थर्थरी काँप्ने बनायो कि सुशासन सम्बन्धि नेपाली जनताको बर्षौको सपना पुरा हुने आम अपेक्षा सडकमा आल्हादित भएर पोखियो । चर्चा थियो– अब भ्रष्टाचारीहरुका दिन गए, एक–एक गरेर भ्रष्टाचारीहरुलाई जेलमा कोच्नुपर्छ, नेताहरुका घर त जले कर्मचारी र बिचौलियाहरु बाँकि नै रहे, पटक–पटक सत्तामा पुगेर लुटपाट गरेका फलाना अमुक पार्टीहरुलाई त प्रतिबन्ध नै लाउनु पर्छ आदि, इत्यादि आक्रोसले सडक आगो भईरहेको थियो । ठुला भनिएका कैयौं नेताहरुको घरमा जब पैशाका बिटाहरु जलेर खरानी भए, हावामा पैशा उडाईए, घर ध्वस्त पारीए संभवतः हरेक पार्टीमा अलिकति स्वाभिमानकासाथ बाँचेका, पार्टीमा आर्थिक पारदर्शिताका वारे निरन्तर लडेर हैरान भएका, आफुले भ्रष्टाचार ग...
राकेश यादवले लगाए बर्दियाको गुलरिया नगरपालिकाले आफैले निर्माण गरेको कार्यबिधिको बलात्कार गरेको आरोप

राकेश यादवले लगाए बर्दियाको गुलरिया नगरपालिकाले आफैले निर्माण गरेको कार्यबिधिको बलात्कार गरेको आरोप

शिक्षा, समाचार
काठमाडौं । लामो समय शिक्षण पेसामा आबद्ध भएका गुलरिया नगरपालिकाका स्थानीय समाजसेवी तथा युवा राकेश यादवले आफ्नो आधिकारीक फेसबुक पोष्ट मार्फत गुलरिया नगरपालिकाले आफैले बनाएको कार्यबिधिलाई बलात्कार गरेको आरोप लगाएका हुन् । गुलरिया नगरपालिका भित्र रहेका बिभिन्न विद्यालयमा भएको शिक्षक दरवन्दिमिलान र सरुवा,बढुवाको बिषयलाई लिएर युवा समाजसेवी तथा लामोसमयसम्म प्रधानाध्यापकको भुमिकामा समेत रहेका राकेश यादवले आफ्नो असन्तुष्ठी व्यक्त गरेका हुन् । आफ्नो फेसबुक वालमा राकेश लेख्छन् “ शिक्षा बिकासमा स्थानियतहको मुख्य भुमिका हुन्छ । बर्दिया जिल्लाका सबै स्थानिय तहहरुले स्थानिय कार्यबिधि बनाएर शिक्षक दरबन्दि र प्र.अ.मिलान गरेका छन् । सबै पालिकाहरुले आफुले बनाएको कार्यबिधि र संंिघय शिक्षा ऐन नबाझिने गरि काम गरेका छन् । तर गुलरिया नगरपालिका यस्तो पालिका छ जहाँ आफैले निर्माण गरेको कार्यबिधिको बलात्कार ...