नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त
काठमाडौं : नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त भएका छन् ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नागेन्द्र साह नेपाल आयल निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत हुन् । यसभन्दा पहिले निगमको कार्यकारी निर्देशक चण्डिका भट्ट थिए । सरकारले पहिलेको सबै नियुत्ती बदर गरेपनि उनी स्वातः हटेका थिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत साह कार्यकारी निर्देशक नियुक्ति भएका हुन् ।
उनीसँग प्रतिस्पर्धामा प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव पनि उम्मेदवार थिए । उनीहरुलाई पछि पारेर साह कार्यकारी निर्देशक नियुक्ति भएका हुन् ।
...









