साउथवेस्टर्न कलेजको १४औँ विज्ञान प्रदर्शनी तथा म्यानेजमेन्ट एक्स्पो सम्पन्न
राजन थापा
काठमाडौं, — Southwestern State College (SWSC) ले आयोजना गरेको १४औँ Southwestern Science Exhibition & Career in Management–2026 दुई दिनसम्म बसुन्धरा स्थित कलेज परिसरमा सम्पन्न भएको छ। प्रदर्शनी तथा करियर एक्स्पोको उद्घाटन टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ले गर्नुभएको थियो।
विज्ञान, प्रविधि, नवप्रवर्तन तथा व्यवस्थापन शिक्षा एकै थलोमा प्रस्तुत गरिएको यस एक्स्पोले विद्यार्थीहरूको सिर्जनशीलता उजागर गर्ने, अनुसन्धान प्रवर्द्धन गर्ने र करियर निर्माणमा मार्गदर्शन दिने महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको आयोजकहरूले जानकारी दिएका छन्। यसले विद्यालय तथा कलेज तहका विद्यार्थीलाई आफ्ना सीप, ज्ञान र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।
उद्घाटन समारोहमा नगर प्रमुख प्रकाश अधिकारी ले साउथवेस्टर्न कलेजले विद्यार्थीहरूको शैक्षिक र व्यावसायिक दक्षता विकासमा निरन्तर योगदान...









