५ चैत्र २०८२, बिहीबार

काठमाडौकाे तार्केश्वरमा पहिलाे पटक घाेडेजात्रा महाेत्सव सम्पन्न

काठमाण्डौं । तारकेश्वर नगरपालिका काठमाडौंको आयोजनामा वडा नं ८ डाँडागाँउ स्थीत पिपलडाँडा खेलमैदानमा “प्रथम तारकेश्वर घोडेजात्रा महोत्सव २०८२” सम्पन्न भएको छ ।
घोडेजात्रा पर्व परम्परागत रूपमा नेपाली सेनाले मात्र टुडीखेलमा आयोजना गदै आएपनि यसपटक तारकेश्वर नगरपालिकाले त्यो परम्परालाई तोड्दै ७५३ पालिकामानै आयोजना हुन नसकेको घोडेजात्रा कार्यक्रम आयोजना गरेर नयाँ इतिहाँस रचेको छ ।
महोत्सवमा घोडा दौड, रिले दौड, सो जम्प, सिक्स बार, वोल्डिङ, हैंगिङ, र म्यूजिकल राइड्स जस्ता विविध घोडाचढी सम्बन्धी खेलहरू प्रदर्शन गरिएको थियो । स्थानीय सरकारले पहिलो पटक आयोजना गरेको उक्त कार्यक्रमले सबैलाई सांस्कृतिक पहिचानको गर्व दिलाउनुका साथै तारकेश्वरको सांस्कृतिक धरोहरलाई एक नयाँ उचाइमा पुर्याएको छ ।
घोडेजात्राको अवसरमा एभरेष्ट हर्स राईडिङ एण्ड बग्गी सभिर्सेजको सह–आयोजनामा सम्पन्न प्रतियोगितामा सो जम्प तर्फ संयोग दवाडी प्रथम र समिर दवाडी द्धितिय बने, त्यस्तै म्युजिकल राईडमा पुरुष र महिला तर्फ क्रमश: रिजन न्यौपाने प्रथम र समिर दवाडी द्धितिय तथा साया बोगटी प्रथम र अभिनव कार्की द्धितिय बनिन , त्यस्तै घोडा दौडमा अनुज अर्याल प्रथम र काजीबाबु केसी द्धितिय बने । प्रतियोगितामा बिजेता खेलाडीहरुलाई ट्रफि, मेडल सहित सम्मान गरिएको थियो ।
घोडेजात्रा कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको हौसला स्वरुप नगरप्रमुख कृष्ण हरि महर्जनले आफुले पाउने सेवा सुविधाबाट नगद पुरस्कार प्रदान गर्नुभयो । जस अनुसार प्रथम हुने अनुज अर्याललाई नगद रु १५ हजार, द्धितिय हुने अभिनव कार्कीलाई नगद रु १० हजार, तृतिय हुने साया बोगटीलाई नगद रु ५ हजार र सान्त्वना पुरस्कार प्राप्त गर्ने संयोग र समिर दवाडीलाई जनही रु २ हजार पाँच सयका दरले नगरप्रमुख महर्जनले नगद पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रमको उदघाटन गदै नगरप्रमुख कृष्ण हरि महर्जनले कला संस्कृतिको संरक्षण र संम्वर्धन गदै युवा पुस्ताहरुलाई कला संस्कृति प्रति आर्कषण गराउनका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । तारकेश्वर नगरपालिकाले पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितालाई आगामी बर्षहरुमा पनि निरन्तर रुपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै तारकेश्वर नगरपालिकाकी उप-प्रमुख सृजना बुर्लाकोटी अर्यालले स्थानिय निकायमानै तारकेश्वर नगरपालिकाले पहिलो पटक प्रतियोगिता आयोजना गरेर नयाँ सन्देश दिन खोजीएको बताँउदै यसले संस्कृति संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्तगर्नुभयो ।
सह-आयोजक एभरेष्ट हर्स राइडिङ एण्ड बग्गी सभिसेजका सञ्चालक गोविन्द दवाडीले नागरिक स्तरबाट घोडेजात्रा कार्यक्रम आयोजना गरेर तारकेश्वरले नयाँ इतिहाँस रचेको बताँउदै आगामी दिनमा प्रतियोगितलाई अझै भव्य रुपमा सम्पन्न गरिने बताउनुभयो ।
प्रतियोगिताको समापन गदै तारकेश्वर नगरपालिकाका प्रवक्त राधाकृष्ण खड्गीले कार्यक्रमले नगरको विकास र सांस्कृतिक पहिचानलाई प्रोत्साहन गरेको बताउनुभयो ।
घोडेजात्रा महोत्सबमा पुर्वको मारुनी देखि सुदुरपश्चीमको छरिया नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य इच्छाराम कार्की, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज लम्साल लगायत काठमाण्डौंका बिभिन्न स्थानिय निकायका प्रमुख र उपप्रमुख, तारकेश्वर नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थीति रहेको थियो ।