२७ आश्विन २०८२, सोमबार

विज्ञान प्रबिधि

मेटाले कम्पनी दर्ताका लागि आवश्यक कागजात माग्याे

मेटाले कम्पनी दर्ताका लागि आवश्यक कागजात माग्याे

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ;सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक (मेटा) ले नेपालमा कम्पनी दर्ता गर्न आवश्यक कागजातको विवरण मागेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, मेटाका प्रतिनिधिले मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत जानकारी मागेका थिए। ठाकुरले भने ‘पौने ५ बजे सिंगापुबाट एक जना मेटाका प्रतिनिधिले इमेल पठाउनुभयो हामीले पाँच मिनेटभित्रै सामाजिक सञ्जाल दर्ता हुन आवश्यक कागजातको विवरण इमेलमार्फत जानकारी गराइसकेका छौं।’ नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाललाई क्रमशः बन्द गर्ने निर्णय गरिसकेको छ। यसैअनुरूप नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई २६ वटा सामाजिक सञ्जाल चल्न रोक लगाउन पत्राचार गरेको छ।...
ॐसमाज डेण्टल हस्पिटलकाे पाचाैँ शाखा अब चापागाउँ दाेबाटाे ललितपुर

ॐसमाज डेण्टल हस्पिटलकाे पाचाैँ शाखा अब चापागाउँ दाेबाटाे ललितपुर

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
ललितपुर : ॐसमाज डेण्टल हस्पिटलले पाँचाै शाखाका रुपमा ललितपुर जिल्लाकाे चापागाउँ दाेबाटाेमा स्थापना गरेकाे छ।स्वास्थ्य क्षेत्रमा लामाे समय देखि सेवा दिदै आयकाे उक्त हस्पिटलले राजधानिका तीनवटा ठाउहरु चावेल, नैकाब, बनस्थलि तथा महाेत्तरी जिल्लाको बर्दिबास शाखाहरुबाट सेवा दिदै आयकाे थियाे साे हस्पिटलले आजदेखि ललितपुर जिल्लाको चापागाउँ दाेबाटाेबाट पनि सेवा दिने भयकाे हाे । हस्पिटल उद्घाटन कार्यक्रममा समाजमा विभिन्न ढंगबाट सेवा गर्ने समाजसेवी, बुद्धिजीवी, कलाकार र पत्रकारहरुलाई सम्मान गर्नुका साथै निशुल्क दन्त सेवा दिईयकाे थियाे । बिशेषज्ञ डाक्टरहरु र अत्यावश्यक प्रविधि सहितकाे सुलभ र भरपर्दाे स्वास्थ्य सेवाका दिदै आयकाे साे हस्पिटल सबैका लागि सधैका लागी खुल्ला रहने अस्पतालका डा. सुवास घिमिरेले बताउनु भयाे ।डा. घिमिरे भन्नुहुन्छ "मान्छेमा समाजमा कथा बनाउने र कथा बाचन गर्ने शैलि हुन्छन र ति जिवन र...
४०७ प्रिन्ट रगत संकलन गर्दै बृहत रक्तदान अभियान सम्पन्न

४०७ प्रिन्ट रगत संकलन गर्दै बृहत रक्तदान अभियान सम्पन्न

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं : ब्रह्मा कुमारी राजयोग उप सेवा केन्द्र रानीवारी र ग्रीन सिटी हस्पिटल तथा चक्रपथ सरसफाइ अभियानको सहकार्यमा भएको रक्तदान कार्यक्रम ४०७ प्रिन्ट रगत संकलन गर्दै समापन भएको छ ।काठमाडौंको बसुन्धारा,चौकीमा रहेको ग्रीनसिटी हस्पिटल संगको सहकार्यमा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानीवारीको आयोजनामा यहि भाद्र ६,७,८ र ९ गते ग्रीनसिटी हस्पिटलको प्रागणमा बृहत रक्तदान कार्यक्रम संचालन भएको हो । यो अभियान ब्रह्माकुमारी राजयोग नेपाल समाज सेवा प्रभागको आयोजनामा मेगा रक्तदान अभियान अन्तरगत सन्चालन भएको हो । रक्त अभावलाई न्यूनिकरण गर्दै समाजमा भाईचाराको बिकास गर्न तथा मानव स्वास्थ्यमा बिशेष चासो दिदै यो कार्यक्रम आयोजना गरिएको ब्रह्माकुमारी राजयोग नेपाल समाज सेवा प्रभागले जनाएको छ । रक्तदान कार्यक्रमलाई मेगा रक्तदान अभियानको रुपमा अगाडी बढाउँदै प्रभागको अगुवाईमा देशैभर १३२ स्थानमा एकै समयमा रक्...
स्वास्थ्य चाैकि टालेगाउँमा गर्भवती र सुत्केरी महिलाका लागी अल्ट्रासाउन्ड (भिडियाे एक्सरे) सेवा सुरु

स्वास्थ्य चाैकि टालेगाउँमा गर्भवती र सुत्केरी महिलाका लागी अल्ट्रासाउन्ड (भिडियाे एक्सरे) सेवा सुरु

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
जाजरकोट : कुशे गाउपालिका - २ टालेगाउ स्वास्थ्य चाैकिले गर्भवती महिलाहरुका लागी अल्ट्रासाउन्ड ( भिडियाे एक्सरे) सेवा संचालनमा ल्यायकाे छ। स्वास्थ्य चौकी टालेगाउमा कुशे- १ र २ का गर्भवती तथा सुत्केरी महिलाहरुका लागि ग्रामीण अल्ट्रासाउन्ड (ROUSG) भिडियो एक्सरे सेवा वडा अध्यक्ष मान बहादुर सिंहले औपचारिक रूपमा उदघाटन गरि सो सेवा नियमित रूपमा सुचारु भएको समेत सेवाग्राहिहरुलाई जानकारी गरायका छन । केयर नेपालकाे आर्थिक सहयाेग तथा कुशे गाउपालिका स्वास्थ्य शाखा र स्वास्थ चाैकि टालेगाउकाे समन्वयमा उक्त सेवा संचालनमा ल्याईएकाे टालेगाउ स्वस्थ्य चाैकिका प्रमुख शेर बहादुर बस्नेतले बताउनु भयाे ।  ...
काेल्चाैर गाउमा निशुल्क वितरण गरियाे ईट्टा बनाउने इन्टरलग मेसिन

काेल्चाैर गाउमा निशुल्क वितरण गरियाे ईट्टा बनाउने इन्टरलग मेसिन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :भेरी नगरपालिका -१ कोल्चौर टाेललाई निशुल्क रुपमा  इन्टरलक इट्टा बनाउने मेसिन वितरण गरिएको छ । विल्ड अप नेपालको सहयोग तथा वडा कार्यालयले समन्वयमा  उक्त मेसिन गाउँवासीहरुलाई वितरण गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरेर उक्त मेसिन वडा अध्यक्ष दिपक रानाबाट हस्तान्तरण गरिएको हो । २०८० साल कात्तिक १७ गते राति जाजरकोटको बारेकोटलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले उक्त वडामा धेरै क्षति पुर्‍याएकाे  थियो । भुकम्पका कारण कोल्चौर गाउँका एउटै घरका ६ जनाको ज्यान गएको थियो । माटो र ढुङ्गा बनेका घरहरु भयकाे कारण गाउका प्राय घरहरु भत्केका थिए। भुकम्प पिडित गाउलेहरुलाई राहत होस भनेर इन्टरलक इट्टा बनाउने मेसिन निःशुल्क उपलब्ध गराएको विल्ड अप नेपालका कर्मचारी राजकपुर लिम्बुले बताए । इन्टरलक इट्टाले संरचनालाई भुकम्प प्रतिरोधि बनाउन सहयोग पुग्ने र अरु इट्टा भन्दा सस्तोमा उपलब्ध हु...
जाजरकोट विद्युत तारमा करेन्ट लागेर एक युवककाे मृत्यु

जाजरकोट विद्युत तारमा करेन्ट लागेर एक युवककाे मृत्यु

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :नलगाड नगरपालिकामा विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका वडा नम्बर ७ चामाखेतका २२ वर्षीय शिशिर चन्द रहेको जाजरकोट प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार सोमबार बिहान करिब १०ः३० बजे नलगाड नगरपालिका वडा नम्बर ४ गाडेखोलामा चन्द पोलमा चढेर विद्युतको तार मर्मत गरिरहेका थिए । सोही क्रममा अचानक करेन्ट प्रवाह हुँदा उनको पोलमै झुन्डिएर घटनास्थलमै मृत्यु भएको हो । मृतक चन्द ज्यालादारीमा काम गर्ने मजदुर भएको बुझिएको छ । उनको शव पोष्टमार्टमका लागि दल्लीस्थित नगर अस्पतालमा राखिएको छ ।...
२०८१मा लिईएकाे एसइई परिक्षाकाे रिजल्ट आज हुने, नतिजा हेर्न के गर्ने ?

२०८१मा लिईएकाे एसइई परिक्षाकाे रिजल्ट आज हुने, नतिजा हेर्न के गर्ने ?

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :२०८१ सालमा सम्पन्न माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा अब केही समयपछि सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टका अनुसार एसइई नतिजा आज साँझ प्रकाशन हुनेछ। २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो  परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो । परिक्षा नियन्त्रक भट्टका अनुसार एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ । नतिजा कहाँ हेर्ने:...
कुशे गाउपालिका जाजरकोटकाे ०८२/८३काे नीति तथा कार्यक्रममा संचार क्षेत्रमा प्राथमिकता

कुशे गाउपालिका जाजरकोटकाे ०८२/८३काे नीति तथा कार्यक्रममा संचार क्षेत्रमा प्राथमिकता

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
जाजरकोट :कुशे गाउँपालिका जाजरकोटले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत सञ्चार क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ।स्थानीय एफएम रेडियो, पत्रपत्रिका तथा अनलाइन माध्यमसँग सहकार्य गर्दै नागरिक हितका कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने उल्लेख पालिकाको नीति कार्यक्रममा गरिएको छ। गाउँपालिकाले सञ्चार नीति २०८२ तयार पारी स्थानीय सरकार र सञ्चार क्षेत्रबीचको सहकार्यलाई अझ सशक्त र परिणाममुखी बनाउने योजना सार्वजनिक गरेको हो। कार्यक्रम अन्तर्गत सूचना सम्प्रेषण, जनचेतना अभिवृद्धि तथा समावेशी सूचनाको पहुँच विस्तार गर्न सञ्चार माध्यमहरूसँग साझेदारी गरिने जनाइएको छ। यस्तै, पालिकाले सूचना प्रवाहमा संलग्न माध्यमहरूलाई लोककल्याणकारी विज्ञापन वितरणका लागि स्पष्ट मापदण्ड बनाउने र विज्ञापन प्रणालीलाई व्यवस्थित र बाध्यकारी बनाउने नीति लिएको छ। यसले सञ्चारमाध्यमको दिगो सञ...
छेडागाड नगरपालिका जाजरकोटकाे १८औं नगर सभा तथा ९ औं बजेट सुरु

छेडागाड नगरपालिका जाजरकोटकाे १८औं नगर सभा तथा ९ औं बजेट सुरु

Breaking News, कृषि, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, स्वास्थ
जाजरकोट : छेडागाड नगरपालिकाको १८ औं नगर सभा तथा ९ औं बजेट अधिबेशन सुरु भएको छ।सभाले ६५ बर्ष भन्दा माथिका बिदुर नागरिकलाई मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ताको ब्यबस्था गरिने बताइएको छ । साथै सभाले आर्थिक बर्ष २०८२/०८३काे बजेटमा शिक्षा ,स्वास्थ्य, खानेपानी र कृषिमा प्राथमिकता दिने बताएको छ । "समृद्ध छेडागाड हाम्रो भबिष्य" भन्ने मुल नाराका साथ छेडागाड नगरपालिका जाजरकोटकाे १८औं नगर सभा तथा ९ औं बजेट अधिबेशन जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीले पानसमा बत्ती बालेर उदघाटन गरेका थिय । नगर पालिकाको कृषि सभाहलमा उदघाटन भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत हेम कुमार ढकालले गरेका छन  । कार्यक्रमका अतिथिहरुलाई स्वागत मन्तव्य द्वारा स्वागत नगर उपप्रमुख चन्द्र बहादुर थापाले गर्नुका साथै आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिय।अन्य अतिथिहरुमा नेकप...
मौलाउँदै नकारात्मकता झाँगिदै निराशा

मौलाउँदै नकारात्मकता झाँगिदै निराशा

मनाेरन्जन, विचार, विज्ञान प्रबिधि, शिक्षा
हेर्नुस् गाइज’ भन्ने वाक्यांश सुन्नासाथ मलाई घृणा लाग्ने भएको छ । सुत्केरी छटपटाउँदै ‘पानी पानी... बचाउ–बचाउ’ भनिरहेकी हुन्छिन्, यता एउटा युवक हतार–हतार मोबाइल खोल्छ र भन्छ— हेर्नुस् गाइज, एकजना सुत्केरी बाटोमा छटपटाउँदै छन्... सरकार कहाँ छ ? मानव सभ्यताको सुरुवातदेखि एक घरकाले अर्को घरकालाई सहयोग गर्दैै आएको हो, तर अहिले त्यो सद्भाव खै ? तल घरबाट आगो सल्काएर माथिल्लो घरमा खाना पकाउने पुर्खाका सन्तति कति चाँडै मतलबी र नकारात्मकतातिर हिँड्न सकेका । केही दिनअगाडि भारतमा इन्डियन प्रिमियर लिग चलिरहेको थियो, अनलाइनमा लाइभ हेर्न पसेँ, त्यहाँ सबैभन्दा बढी नेपाली नेतालाई असभ्य र अस्वाभाविक गालीको वर्षा चलिरहेको रहेछ । लाग्दैथ्यो कि क्रिकेट भारतमा चहिरहेको छ, नेपालमा गालीको विश्वकप । नेपाली नेताको पनौती लागेर कुनै टिमले गेम हार्ने या जित्नेझैँ ! बाबु समानको राष्ट्रका अग्रजलाई गाली–बेइज्जती गरेर ...