२७ आश्विन २०८२, सोमबार

माैसम

पहिराेका कारण मुग्लिन- नागढुङ्गा सडक अवरुद्ध

पहिराेका कारण मुग्लिन- नागढुङ्गा सडक अवरुद्ध

Breaking News, माैसम, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको छ भयपछि बाटाे बन्द भएको छ । आज बिहान खसेको पहिरोको कारण पृथ्वी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरी कार्यालय धादिङले जनाएको छ । पानी परिरहेको र ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको बताइएको छ । बाटो दुईतर्फी अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन। मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो जाँदा सडक एकतर्फी संचालनमा रहेको छ। तुईन खोला पुल नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन भरतपुरले जानकारी दियो । वैकल्पिक मार्गको प्रयोग गरेर यात्रा गर्न र अत्यावश्यक नभई यात्रामा ननिस्कन प्रहरीले आग्रह गरेको छ ।  ...
देशैभरि भारी बर्षा सचेतता अपनाउन माैसमविद्हरुकाे सुझाव

देशैभरि भारी बर्षा सचेतता अपनाउन माैसमविद्हरुकाे सुझाव

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं :अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ, बर्षाका कारण नदिकाे आसपास बसाेबास गर्ने र राजमार्गमा आवतजावत गर्ने हरुलाई सचेतता अपनाउन माैसमविद्हरुले जानकारी दियका छन ।खासगरी सनिवार देखि मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरुमा वर्षा भइरहेको छ । पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार, उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरि घेराको असरले नेपालमा पानी परेको हो । मौसमविदले नेपालमा अर्को एउटा मौसमी प्रणाली पनि भित्रिने र त्यसले पनि केही क्षेत्रहरूमा अत्यधिक वर्षा गराउने संकेत देखाएको बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई...
खाेलामा पाैडि खेल्न गयकि दुई बहिनी मृत अवस्थामा भेटिए

खाेलामा पाैडि खेल्न गयकि दुई बहिनी मृत अवस्थामा भेटिए

Breaking News, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :जाजरकोट खाेलामा पौडी खेल्न गयकि एकै घरकि दुई दिदी बहिनि मृत अवस्थामा भेटिए कि छन । कुशे गाउँपालिका-७ समाकोट खोलामा पौडी खेल्न गएका दुई जनाको मृत्यु भएको हो। स्थानीय समाकोट खोलामा शुक्रबार दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी सिंह र १५ वर्षीया गीताकुमारी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा बगेका दुवै दिदीबहिनी सोही खोलाको करिब दुई सय मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । दुवै दिदी बहिनीको शव घरमा ल्याएर राखिएको छ ।आज शनिबार शव परीक्षण गरिने उनले बताए ।...
भारतकाे उत्तराखण्ड धराली पहिराेमा बेपत्ता भयका परिवारलाई मलेसियाबाट रु ४४,१५४ नगत सहयाेग

भारतकाे उत्तराखण्ड धराली पहिराेमा बेपत्ता भयका परिवारलाई मलेसियाबाट रु ४४,१५४ नगत सहयाेग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, माैसम, संस्कृति, स्वास्थ
जाजरकोट :भारतकाे उत्तराखण्ड धराली पहिराेमा बेपत्ता भयका परिवारलाई मलेसियाबाट रु ४४,१५४ नगत सहयाेग प्राप्त भयकाे छ । गत साउन २० गते मंगलबार अपरान्ह भारतकाे उत्तराखण्डकाे धरालिमा आयकाे पहिराेमा बेपत्ता भयका कुशे गाउपालिका - २ टालेगाउँका कर्ण बहादुर सिंह, मान बहादुर सिंह, निम बहादुर सिंह,राम बहादुर सि जनाका परिवारलाई मलेसिया स्थित "सेन्टर मेडिकियर कम्पनि"मा कार्यरत कामदारहरुकाे पहलमा सहयाेग स्वरुप रु .४४,१५४ नगत प्राप्त भयकाे हाे। नेपाल स्थित ईन्टरनेशनल मेन पावर कम्पनिकाे पहलमा  २०८० सालमा बैदेशिक राेजगारकाे शिलशिलामा मलेसिया पुगेका कामदारहरुले उक्त रकम सहयाेग स्वरुप प्रदान गरियकाे कम्पनिमा कार्यरत कुशे गाउपालिका - २ टालेगाऊका जिवन शाहीले बताय । सहयाेग गर्नेहरुमा क्रमश ; १ जीबन शाही कुशे गाउपालिका- २ तिमिल्धारा रु १६२५ २ महेन्द्र सिह कुशे- २ झारगाऊ रू १६५५ ३ सुर्य बिक्रम सिह कुशे २ड...
बाबाकाे अन्तिम फाेन शुशिललाई, जाे बाेल्दा- बाेल्दै बेपत्ता भए

बाबाकाे अन्तिम फाेन शुशिललाई, जाे बाेल्दा- बाेल्दै बेपत्ता भए

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट ;बाबाकाे अन्तिम फाेन सुशिललाई जाे बाेल्दा- बाेल्दै बेपत्ता भय ,एक घण्टा सम्मा फाेन लाग्थ्यो बुवाकाे, जाे बेल्दा -बाेल्दै बेपत्ता भय। गत बुधबार भारतकाे उत्तराखण्डकाे धरालिमा पहिराेमा बेपत्ता भयका मानबहादुर सिंह लगायत जाजरकोट कुशेका १३ जना र ९ अन्य ठाउँका नेपाली सहित १०० जना बेपत्ता छन । बाढीमा परी हराएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । भारतीय अधिकारीहरूले १३ जना नेपालीको उद्धार भएको जानकारी दूतावासलाई गराएका छन् । बाढीमा परेर कर्णालीका १५ जनासहित २२ नेपाली बेपत्ता भएको बताइएको छ । त्यहाँ खोजी कार्य जारी छ । मान बहादुर सिंह छाेरा र आफन्त लियर भारतमा राेजगारिकाे लागि गयकाे करिव  महिना बितिसकेकाे थियाे। बाहिर पानी परिरहेको थियाे,आफ्नै गाउका आफन्तसंग एउटा काेठामा बसेका थिय । छाेरा भने अलि माथिल्लाे गाउमा गयर क्यारमबाेर्ड खेलिरहेका ...
उत्तराखण्ड पहिराेमा पुरियका जाजरकोट टालेगाउका ६ र जुम्लाका एक जनाकाे सनाखत

उत्तराखण्ड पहिराेमा पुरियका जाजरकोट टालेगाउका ६ र जुम्लाका एक जनाकाे सनाखत

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : भारतकाे उत्तराखण्डकाे पहिराेमा परि कुशे गाउपालिका - २ टालेगाउका  ६ जना र जुम्ला तातोपानी गाउपालिका कुडारीका एक जनाकाे मृत्यु भयकाे पुष्टि भयकाे छ । मृत्यु हुनेहरूमा कुशे गाउँपालिका-२ टालेगाँउका कर्ण बहादुर  सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, तिलबहादुर सिंह, रबिन सिंह छन् । मृतक एक जनाको नाम नखुलेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनुभयो । बाढी पहिरोमा परेर अझै ६ जना बेपत्ता रहेको परिवारका सदस्यले दिएको जानकारी दिएको अध्यक्ष बस्नेतले बताउनुभयो । अर्का मृतक जुम्ला कुडारीका जनक बहादुर शाही रहेको बताइएको छ ।  ...
भारतकाे उत्तराखण्ड पहिराेमा जाजरकोटका एउटै वडाका १३ जना बेपत्ता

भारतकाे उत्तराखण्ड पहिराेमा जाजरकोटका एउटै वडाका १३ जना बेपत्ता

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट :भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोमा परी जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ जनाभन्दा बढी नागरिक बेपत्ता भएका छन्। कुशे गाउँपालिकाले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै श्रावण २० गते उत्तराखण्डको उत्तरकाशीस्थित हर्षिल क्षेत्रमा ‘क्लाउड ब्रस्ट’पछिको बाढी पहिरोमा परी आफ्ना नागरिकहरू बेपत्ता भएको जनाएको हो । बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउनका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ। विज्ञप्तिमार्फत प्रदेश तथा सङ्घीय सरकारको समेत ध्यानाकर्षण गराइएको छ। उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्पिल क्षेत्रमा ‘क्लाउड ब्रस्ट’ भई आएको भीषण बाढी तथा पहिरोमा परी ठूलो मानवीय र भौतिक क्षति भएको थियो।...
चिनबाट उर्लेकाे बाढीले रसुवा जिल्ला जलमग्न,

चिनबाट उर्लेकाे बाढीले रसुवा जिल्ला जलमग्न,

Breaking News, पुर्वाधार, माैसम, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : चिनबाट उर्लेकाे बाढिले रसुवा जिल्ला जलमग्न भयकाे छ । छिमेकी राष्ट्र चीनको भूभागमा भएको वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल र चीनबीचको प्रमुख स्थलमार्ग जोड्ने मितेरीपुललाई ध्वस्त बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान करिब ३:१५ बजे उर्लिएर आएको भेलले गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढी स्थित पुललाई पूर्ण रूपमा बगाएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले सडक, पुल, भन्सार यार्डमा रहेका सवारीसाधन र सुख्खा बन्दरगाहसमेत बगाएको छ। क्षतिको विवरण आइनसकेको तर ठूलो क्षति भएको अनुमान गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। बाढी राति आएको र मानवीय क्षति पनि भएको हुन सक्ने अनुमान गरिएको उनको भनाई छ। नाकामा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी पौडेलले बगाएको गाडीमा मान्छे पनि र...
डाेल्पामा पहिरोले करिब ५३ घरमा क्षति पुर्‍यायाे

डाेल्पामा पहिरोले करिब ५३ घरमा क्षति पुर्‍यायाे

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
डाेल्पा दुनै : हिमाली  जिल्ला डोल्पाको काइके गाउँपालिकामा गए रातिको अविरल वर्षापछिको बाढीपहिरोले करिब ५३ घरमा क्षति पुर्‍याएको छ । गाउँपालिका-४ अन्तर्गत पर्ने रिबा गाउँमा पूर्ण, आंशिक र सामान्य गरी करिब ५३ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार चार घरमा लेदो पस्दा पूर्ण क्षति भएको छ भने पुथा आधारभूत विद्यालयको चारकोठे कच्ची भवन पूर्ण रूपमा क्षति भएको छ । बाढीबाट विद्यालयका कम्प्युटर, सीसीटीभी, दिवा खाजा, भवन संरचनालगायतमा करिब २० लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । बिहीबार मध्यराति आएको बाढीले करिब १ करोड ८४ लाख रुपैयाँबराबरको क्षति पुर्‍याएको प्रहरी मुचुल्कामा उल्लेख छ । प्रहरीका अनुसार आठ घरमा आंशिक क्षति र बाँकी घरमा सामान्य क्षति पुगेको छ । हालसम्म जनधन तथा पशुचौपा...
भेरि नदिमा डुबे तीन बालक, एक जनाकाे शव भेटियाे, दुइजना बेपत्ता

भेरि नदिमा डुबे तीन बालक, एक जनाकाे शव भेटियाे, दुइजना बेपत्ता

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटकाे नलगाड नगरपालिका–८ स्थित भेरी नदीमा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये एकको शव फेला परेको छ । भेरी नदीले बगाएर बेपत्ता भएकी अन्दाजी १२ बर्षिय भगवती नेपालीको शव फेला परेको हो । उक्त घटना नलगाड नगरपालिका–८ मनमै र आठबिसकोट नगरपालिका (रुकुम पश्चिम) जोड्ने भेरी पुल नजिकैबाट दुई बालिका र एक बालक नदीमा बेपत्ता भएका थिए । रेडियो नयाँ नेपाल रुकुम पश्चिमका पत्रकार प्रेम कुसारीका अनुसार, तीनै जना बालबालिकाहरु पौडी खेल्ने क्रममा भेरी नदीमा बगेर वेपत्ता भएका थिए । बेपत्तामध्ये सुरेन्द्र कुसारीका  छाेरा महेश कुसारी र छोरी आशा कुसारी वेपत्ता रहेका छन् । स्थानीयबासी, प्रहरी, नगरप्रहरीले खोजी कार्य तिब्र बनाएका छन् । उनीहरू नलगाड नगरपालिका ८ का स्थानीय हुन् ।...