३ आश्विन २०८२, शुक्रबार

भारतकाे उत्तराखण्ड धराली पहिराेमा बेपत्ता भयका परिवारलाई मलेसियाबाट रु ४४,१५४ नगत सहयाेग

जाजरकोट :भारतकाे उत्तराखण्ड धराली पहिराेमा बेपत्ता भयका परिवारलाई मलेसियाबाट रु ४४,१५४ नगत सहयाेग प्राप्त भयकाे छ ।

गत साउन २० गते मंगलबार अपरान्ह भारतकाे उत्तराखण्डकाे धरालिमा आयकाे पहिराेमा बेपत्ता भयका कुशे गाउपालिका – २ टालेगाउँका कर्ण बहादुर सिंह, मान बहादुर सिंह, निम बहादुर सिंह,राम बहादुर सि जनाका परिवारलाई मलेसिया स्थित “सेन्टर मेडिकियर कम्पनि”मा कार्यरत कामदारहरुकाे पहलमा सहयाेग स्वरुप रु .४४,१५४ नगत प्राप्त भयकाे हाे।
नेपाल स्थित ईन्टरनेशनल मेन पावर कम्पनिकाे पहलमा  २०८० सालमा बैदेशिक राेजगारकाे शिलशिलामा मलेसिया पुगेका कामदारहरुले उक्त रकम सहयाेग स्वरुप प्रदान गरियकाे कम्पनिमा कार्यरत कुशे गाउपालिका – २ टालेगाऊका जिवन शाहीले बताय ।

सहयाेग गर्नेहरुमा क्रमश ;
१ जीबन शाही कुशे गाउपालिका- २ तिमिल्धारा रु १६२५
२ महेन्द्र सिह कुशे- २ झारगाऊ रू १६५५
३ सुर्य बिक्रम सिह कुशे २डोग्री रु१६२५
४ जनक बहादुर सिह कुशे ७ समाकोट रु १६५५
५ खडक सिह कुशे ८ जन्ताला रु १६२५
६ कर्ण लाल जैसी कुशे -८ दर्ना रु१६२५
७ बिबेक आदि तुफान कुशे -९ पैक रु१६२५
८ धिरेन्द्र बि क कुशे -९ पैक रु १००५
९ पार्श घर्ती मगर कुशे -७ समाईला रु १६२५
१०भुपेन्द्र शाही जुनिचादे -९पन्चाला रु १६२५
११ दिपक शाही जुनिचादे ९ पन्चाला रु ८१०
१२बिर बहादुर कार्की छेडागाड -१२ कार्कीगाऊ रु १६५५
१३धन बहादुर अधिकारी छेडागाड -९ रु १६२५
१४ ममिलाल शर्म छेडागाड -८ झिँग्रा रु ८१०
१५तेज बहादुर सिह छेडागाड -१२ कार्कीगाऊ रु ९७५
१६ निम बहादुर बुढा छेडागाड -९ साल्मा रू ८१०
१७ लोकेश बुढा सिवालय गाउपालिका – ९ नाहाडा रू २००५
१८ जेबि सिंह भे न पा -२ रिसाङ्ग रू १६२५
१९दिनेश खत्री भे न पा -२ रिसाङ्ग रू १००१
२०क्रति रोकाए भे न पा- २ रिसाङ्ग रू ९७५
२१ धन बहादुर खडका भे न पा -४ बोहोरा रू १००५
२२ बिकाश शाही भे न पा -६ पुन्मा रू ६००
२३ खिमराज वली भे न पा -२ पोखरा रू ९७५
२४गणेश बहादुर खत्री भे न पा -२ नाउली रू ८१०
२५ मान बहादुर बिक भे न पा -९ बास्कोट रू १००५
२६बिजय चन्द भे न पा -२ दारा रू १६५५
२७भुपेन्द्र बिक भे न पा -९ रू ६५०
२८ नबराज खडका भे न पा- २ रू २००
२९ प्रशान्त जङ्ग शाहा भे न पा- ३ स्याला रू ८१०
३० हरि प्रकाश चदारा नलगाड न पा -८ काप्रा रू ६००
३१ टेक बहादुर शाही नलगाड -७ खकेनकोट रू ६५०
३२ हेमान्त केसि बारकोट गा पा -८ लैखुमा रू १३००
३३ जयराज नेपाली बारेकोट गा पा -२ रू १००५
३४ राजेन्द्र रोकाय बारेकोट -२ रोकायगाऊ रू ११०१ अन्य जिल्लाबाट
३५ लालजित खडका सल्यान कुपुरकोट- ६ देखि रू १५००
३६ ज्ञानु श्रेष्ट धादिङ गजुरि गा पा पिडा -५ बाट रू १६२५
३७ बिमल श्रेष्ट मुदु मधुमल्ला- २ मोरङ्बाट रू ६८२ गरि
जम्मा कुल रकम रु ४४,१५४ जम्मा गरेर पठाईयकाे हाे मलेसियाबाट जीवन शाहिले बताउनु भयाे ।

उक्त सहयोग रकम संकलन अभियानमा विशेष याेगदान गर्नेमा कुशे गाउपालिका २ तिमिल्धारा का जीवन शाहि, कुशे -७ समाकोटका जनक बहादुर सिंह र छेडागाड नगरपालिका – १२ का बिर बहादुर कार्की रहेकाे अभियान्ता जिवन शाहीले तुफान न्युजडटकमलाई जानकारी गराय ।

धरालि पहिराेले दर्जनौं भवनहरू भत्काएर बगाएकाे थियाे । बाढीले ल्याएको लेदोदे गाउँमा ठूलो क्षति पुर्‍याएकाे थियाे । बाढीले केबल ४० सेकेन्डमा धरालीबस्ति निशब्द भएको थियो । सयभन्दा बढी मानिस पहाडबाट बगेर आएको लेदोमा पुरियका थिय ।

‘तीमध्ये स्थानीयबासी पनि थिए, नेपालबाट पुगेका मजदुरहरू पनि थिए। चारधाम यात्राका कारण धेरैले यात्रुहरूका लागि घर खोलेका थिए। धेरै घरहरूमा निर्माण चलिरहेको थियो,एक घरको छेउमै बिहारका ७ मजदुर काम गरिरहेका थिए, उनीहरूले निस्किने मौका नै पाएन्,’ धरालीका प्रत्यक्षदर्शीले बताउछन।

दिउँसो अचानक पहाडनै खसेर बग्दै आएको लेदोले सम्पूर्ण धरालीलाई क्षति पुर्‍यायो। हालसम्म करिव १३ जनाको मृत्यु पुष्टि भइसकेको छ । १०० भन्दा बढी अझै बेपत्ता छन्। भारतीय सेनाका ९ जवानसमेत बगेका छन् ५० भन्दा बढी घर, ३० भन्दा बढी होटल र रिसोर्ट तथा २५ होमस्टेहरू पूरै ध्वस्त भएका थिय।

हालसम्म पनि उद्धार टोलीहरू र बेपत्ताका परिवारका सदस्यहरु माटो थुप्रिएको ठाउँमा बेपत्ताहरूको खोजीमा खटिएका छन्। पानीको बहाव केही कम भए पनि धरालीवासीको समस्या टरेको छैन। धराली पुग्ने सडकहरू पूर्ण रूपमा अवरुद्ध छन्। पानी र बिजुली सेवा पनि बन्द पुर्ण बन्द भयकाे कारण पनि उद्दार कार्यमा समस्या भयकाे छ।

उक्त पहिराेमा एउटै गाउका ५ जनाकाे बेपत्ता हुदा टालेगाउ शाेकमा डुबेको छ ।