आठौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो माघ २ गतेदेखि
भरतपुर/ कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण तथा नविन प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा कृषि क्षेत्रसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी आठौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो २०८२ माघ २ गतेदेखि ४ गतेसम्म भरतपुर स्थित चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुँदैछ ।
प्रदर्शनीको सहयोगी संस्था चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी विभागका विभागीय प्रमुख गजेन्द्र अधिकारीले एग्रीटेक एक्स्पोको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । अधिकारीले चितवन प्रदर्शनी केन्द्रमा हालसम्म भएका प्रदर्शनीहरु र संघले आयोजना प्रक्रियामा रहेका दोश्रो अन्तराष्ट्रिय डेरी एक्स्पो, दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी, काडा अटो शो, अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो लगायतका विषयमा जानकारी...









