२३ असार २०८२, सोमबार

कपाली समाजकाे ३०ओैं स्थापना दिवस तथा वृक्षाराेपण कार्यक्रम सम्पन्न

काठमाण्डाैं :कपाली समाजकाे ३०ओैं स्थापना दिवस तथा वृक्षाराेपण कार्यक्रम भयकाे छ।कपाली समाज केन्द्रकाे ३०ओैं स्थापना दिवसका अवसरमा  जाेगिंपाकाे कुश्लेचाैर स्थित समाधि स्थलमा वृक्षरोपण गरि स्थापना दिवस मनाईयकाे हाे ।

उक्त वृक्षाराेपण कार्यक्रम जाेगिंपाकाे कुश्लेचाैर स्थित कपाली समाधि स्थलमा गरिएकाे छ र असारकाे यहि साता सम्म पचली टेकु स्थित कपाली समाधि स्थल र स्वयम्भू कपाली समाधि स्थलमा पनि वृक्षाराेपण गर्ने जानकारी दिनु भएकाे छ।
समाजकाे केन्द्रीय कार्य समिति गुठीका मूल नाईके ज्यूहरू पशुपति कपाली समाज, भक्तपुर कपाली समाज,यल कपाली समाज चित्लाङ्ग कपाली समाज र अन्य केही समाज र कपालीहरू मिलेर जम्मा १११वटा विभिन्न जातका बाेट बिरूवाहरू राेपी वृक्षाराेपण कार्यक्रम सम्पन्न गरिएकाे हाे।

वृक्षाराेपण गर्नकाे लागि वन तथा भूसंरक्षण बिभाग हात्तिसार डिभिजन कार्यालय र वन बीउ प्रयाेगशाला तथा भण्डारण केन्द्र गाेठाटार बाट विभिन्न जातकाे बाेट बिरूवाहरू उपलब्ध भयकाे थियाे। पूर्व महा- सचिव नवीन कुमार कपाली ज्यू ले असार पहिलाे साता देखि आफ्नाे पवित्र स्वर्णभूमि समाधि स्थलमा वृक्षाराेपण तथा सरसफाई अभियान गर्दै आयका थिय।
कार्यक्रम समाजकाे केन्द्रीय उपाध्यक्ष सुदर्शना दर्शनधारी, अध्यक्षतामा र प्रमुख अतिथि समाजकाे अध्यक्ष सुनिल कपाली र कार्यक्रम संचालन समाजकाे केन्द्रीय महा- सचिव आकाश दर्शनधारीले गर्नु भएकाे थियाे।