सर्वदलीय बैठक सम्पन्न, सद्भाव कायम गर्न ७ बुँदे संयुक्त अपिल
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै विकसित घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम गर्न सात बुँदे सामूहिक अपिल जारी गरेको छ।
बैठकपछि जारी संयुक्त अपिलमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिको छ। साथै, घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले समाजमा शान्ति, सद्भाव र विश्वासको वातावरण कायम गर्न प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संयन्त्र गठन गरी बैठक आयोजना गर्न निर्देशन दिएको छ।
बुधबार जारी सर्वदलीय संयुक्त वक्तव्य तथा अपिलमा केन्द्रको ...









