२०८३ श्रावण १५, शुक्रवार

Breaking News

यि हुन बैतडी बस दुर्घटनामा १९ जना घाइतेहरू

यि हुन बैतडी बस दुर्घटनामा १९ जना घाइतेहरू

Breaking News, यातायात, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं : धनगढीबाट बैतडी जादै गरेको यात्रुवाहक बस पाटन नगरपालिका–८ गैराखानमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। उनीहरुमध्ये अधिकांशको अवस्थ सामान्य छ भने गम्भिर चोटपटक लागेकाहरुलाइ डडेल्धुरा अस्पताल भर्ना गरिएको छ। प्रहरीका अनुसार घाइते हुनेहरुमा पाटन नगरपालिका–६ का जनक प्रसाद पन्त (४३), सिद्धार्थ भण्डारी (११) र मोहन पन्त (३१), पाटन–३ का चालक दिनेश भाट (२५) र दुरा बोहरा (२५), पुरचौंडी नगरपालिका–८ की स्वास्थ्यकर्मी रत्ना कुमारी भण्डारी (३५), पुरचौंडी–१ की स्वास्थ्यकर्मी अनुगरा ठगुन्ना (३५) रहेका छन्। त्यस्तै दशरथचन्द नगरपालिका–९ का जनकराज जोशी (२६), दशरथचन्द–६ बस्ने धना पहरी, रमेश महर (४०) र अरुण महर (१४), दशरथचन्द–२ का नरेश लाबड, दशरथचन्द–४ का सागर ठगुन्ना र निर्मला कार्की (५४) रहेको छन्। डडेल्धुरा बस्ने दिपा महरा, सुर्नया गाउँपालिका–२ बस्ने पुष्कर बिष्ट (४०), माया बिष्ट (२०) ...
बैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडीमा यात्रुवाहक बस दुर्घटना

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : धनगढीबाट बैतडीतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ। शुक्रबार अपराह्न सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस दुर्घटना भएको हो। बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । प्रहरीका अनुसार, बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ। दुर्घटनामा क्षतिको विवरण भने आउन बाँकी छ ।...
कर्णाली नदिमा खसेको फोर्स जीप अझै फेला परेन गोताखोर टिम परिचालन

कर्णाली नदिमा खसेको फोर्स जीप अझै फेला परेन गोताखोर टिम परिचालन

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, विगन्यूज, समाचार
सुर्खेत : दैलेखको सांङ्गेतडामा कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजी शुक्रबार बिहानदेखि पुनः सुरु गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर बिहान ८ बजेदेखि खोजीमा परिचालन भएका छन्। बिहीबार पाँच घण्टासम्म खोजी गर्दा गाडी र यात्रु फेला नपरेपछि आज पुनः खोजी कार्य थालिएको हो।खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ। प्रहरीका अनुसार सुर्खेतबाट छुट्दा तीन, दैलेखको डुङ्गेश्वरबाट दुई यात्रु तथा चालक र सहचालक गरी हालसम्म सात जना गाडीमा सवार रहेको पुष्टि भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीको जलसतह बढ्नुका साथै बहाव तीव्र, पानी धमिलो र घटनास्थलसम्म पुग्न कठिन भएकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ। अछामतर्फबाट खोजी...
बर्दियामा भुमिहिन २९ घरधुरी सुकुम्बासीलाई लालपुर्जा वितरण

बर्दियामा भुमिहिन २९ घरधुरी सुकुम्बासीलाई लालपुर्जा वितरण

Breaking News, कृषि, पुर्वाधार, राष्ट्रिय, समाचार
बर्दिया : बर्दियाको बढैयाताल गाउपालिकाले भुमिहिन २९ घरधुरी  सुकुम्बासिका परिवारलाई लालपुर्जा वितरण गरेको छ ।बिहिबार गाउँपालकाको वडा नम्बर ४ मानकिनार बस्तिका २९ घरधुरी भूमिहीन सुकुम्बासीका परिवारलाई लालपुर्जा बितरण गरेको गाउपालिका अध्यक्ष हिमालय त्रिपाठीले बताउनु भयो। अध्यक्ष त्रिपाठीका अनुसार मालपोत, बन, र नापि कार्यालयको संयुक्त रोहबरमा प्रति घर परिवारलाई दश धुर देखि ६ /७ कठ्ठा सम्मको जग्गा वितरण गरियको हो । बिगत लामो समयसम्म अन्योलमा रहेका सुकुम्बासी परिवार जग्गाको लालपुर्जा हातमा पर्दा खुसी ब्यक्त गरिरहेका छन ।    ...
यात्रुबहाक जिप कर्णाली नदिमा खस्यो, खोजिकार्य जारी

यात्रुबहाक जिप कर्णाली नदिमा खस्यो, खोजिकार्य जारी

Breaking News, यातायात, राष्ट्रिय, विगन्यूज, समाचार
सुर्खेत: दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतरा क्षेत्रमा कर्णाली राजमार्गमा यात्रुबाहक माइक्रो गाडी दुर्घटनामा परेको छ। बिहीबार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स माइक्रो गाडी सडकबाट करिब चार सय मिटर तल खसेर कर्णाली नदीमा डुबेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त गाडीका चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी रहेको प्रारम्भिक जानकारी रहेकाे  प्रहरीकाे भनाइ छ । गाडीमा चालकसहित पाँच जना सवार रहेको बताइएको छ। घटनास्थलबाट एक जना पुरुषलाई फेला पारेर सडकतर्फ ल्याउने कार्य भइरहेको छ। अन्य सवारको खोजी तथा उद्धार कार्य  जारी  छ । घटनाबारे थप विवरण आउन बाँकी छ।...
मलेसियामा नेपालको गौरवपूर्ण प्रदर्शन : १ स्वर्णसहित ९ पदक जितेर स्वदेश फर्कँदै नेपाली कराते टोली

मलेसियामा नेपालको गौरवपूर्ण प्रदर्शन : १ स्वर्णसहित ९ पदक जितेर स्वदेश फर्कँदै नेपाली कराते टोली

Breaking News
मलेसियाबाट कृष्ण बहादुर बि.क. काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिप–२०२६ मा नेपाली कराते टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण, ४ रजत र ४ कांस्य गरी कुल ९ पदक जित्न सफल भएको छ। अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको झण्डा फहराउँदै गौरवपूर्ण उपलब्धि हासिल गरेको टोली स्वदेश फर्कने क्रममा रहेको छ। गत जुन २५ देखि २८, २०२६ सम्म सञ्चालन भएको प्रतिष्ठित प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट छनोट भएका प्रतिभावान खेलाडीहरूले सहभागिता जनाएका थिए। कराते क्लब बालाजु, काठमाडौं महानगरपालिका–१६ लगायत देशका विभिन्न कराते क्लबका खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्दै सशक्त प्रदर्शन गरेका हुन्। प्रतियोगितामा होम गुरुङ ले स्वर्ण पदक जित्दै नेपालको शिर उच्च बनाएका छन्। रजत पदक विजेतामा अनिश थापा (तिलोत्तमा नगरपालिका), प्रजोल थापा (तिलोत्तमा नगर...
समाजवादी कम्युनिस्ट पार्टी नेपालको ‘नेपाली जनक्रान्तीको अवधारणा’ कम्युनिस्ट एकताको सकारात्मक कदम

समाजवादी कम्युनिस्ट पार्टी नेपालको ‘नेपाली जनक्रान्तीको अवधारणा’ कम्युनिस्ट एकताको सकारात्मक कदम

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालले प्रस्तुत गरेको "नेपाली जनक्रान्तीको अवधारणा" कम्युनिस्ट एकताको सकारात्मक कदम रहेको  कम्युनिस्ट नेताहरूको जोड।समाजवादी कम्युनिष्ट पार्टी नेपाल आइतबार राजधानीमा  आयोजना गरेको "नेपाली जनक्रान्तीको अवधारणा" बिषयीक अन्तरक्रियामा टिप्पणी गर्दै नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेताहरूले पार्टीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिय। वर्तमान बालेन सरकारको विकल्पका लागि सबै कम्युनिस्टहरु एक भएर संघर्षको तयारीमा लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन्। वक्ताहरुले बालेन सरकार अमेरिकी कठपुतली रहेकोसमेत आरोप लगाए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले विशिष्ट भूराजनीतिक अवस्थाको कारण अहिले नेपालको सत्ता र शक्तिको चाबि प्रत्यक्षरुपमा अमेरिकी हातमा पुगेको दबी गरे । “धेरै पहिलेबाटै रवि– बालेनहरु अमेरिकी योजनामा सिं...
“नेपाली जनक्रान्तिको अवधारणा” बिषयीक “अन्तरक्रिया” कार्यक्रम हुदै 

“नेपाली जनक्रान्तिको अवधारणा” बिषयीक “अन्तरक्रिया” कार्यक्रम हुदै 

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : समाजवादी कम्युनिष्ट पार्टी नेपालले "नेपाली जनक्रान्तिको अवधारणा" बिषयीक "अन्तरक्रिया" कार्यक्रम गर्ने भयको छ। पुर्ण बहादुर सिंह समरजङ्ग नेतृत्वको उक्त पार्टीले सो कार्यक्रम को आयोजना गरेको हो । काठमाडौंको अनामनगर स्थित संवाद डबलीमा दिउँसो ११ बजे हुने उक्त कार्यक्रममा बिभिन्न पार्टीका नेता र पत्रकारहरूको उपस्थित रहने एक नेताले जानकारी दिए।    ...
ओली,प्रचण्ड र माधव आज एउटै मञ्चमा देखिने

ओली,प्रचण्ड र माधव आज एउटै मञ्चमा देखिने

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं : एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु आज एक सार्वजनिक कार्यक्रममा सँगै देखिने भएका छन् । सो कार्यक्रममको प्रमुख आतिथ्यता भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा ओली, प्रचण्डसहितका नेताहरु सहभागी हुन लागेका हुन् । नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र प्रचण्डसँगै नेताहरु– माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको  एक नेताले जानकारी दिए । यस राष्ट्रिय गोष्ठीलाई पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरूको सा...
धनुषामा पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ

धनुषामा पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का विजय यादवका करिब २० वर्षीय छोरा अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका रामएकवाल मुखियाका करिब १८ वर्षीय छोरा सुधिर मुखिया रहेका छन् । आज दिउँसो करिब १ बजे होटलमा खाना खान आएका दुई युवकसँग हातहतियार रहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निमित्त प्रवक्ता मनोज यादवले जानकारी दिए । उनका अनुसार उनीहरूको साथबाट एउटा पेस्तोल, त्यसको एउटा म्यागजिन, ९ एमएम केएफ लेखिएको एउटा गोली र ७.६५ एमएम केएफ लेखिएका तीन वटा गोली बरामद गरिएको छ । बरामद गरिएको हातहतियार तथा गोलीसहित दुवै जनालाई नियन्त्रणमा लिई घ...