काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालले प्रस्तुत गरेको “नेपाली जनक्रान्तीको अवधारणा” कम्युनिस्ट एकताको सकारात्मक कदम रहेको कम्युनिस्ट नेताहरूको जोड।
समाजवादी कम्युनिष्ट पार्टी नेपाल आइतबार राजधानीमा आयोजना गरेको “नेपाली जनक्रान्तीको अवधारणा” बिषयीक अन्तरक्रियामा टिप्पणी गर्दै नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेताहरूले पार्टीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिय।
वर्तमान बालेन सरकारको विकल्पका लागि सबै कम्युनिस्टहरु एक भएर संघर्षको तयारीमा लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन्। वक्ताहरुले बालेन सरकार अमेरिकी कठपुतली रहेकोसमेत आरोप लगाए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले विशिष्ट भूराजनीतिक अवस्थाको कारण अहिले नेपालको सत्ता र शक्तिको चाबि प्रत्यक्षरुपमा अमेरिकी हातमा पुगेको दबी गरे । “धेरै पहिलेबाटै रवि– बालेनहरु अमेरिकी योजनामा सिंचित रहेछन्, फ्रि तिब्बतवाला गृहमन्त्री छन्, अनि कसरी उत्पीडितहरुको रक्षा हुन्छ” ओलीले प्रश्न गरे ।
“लेनिन विष्ट जस्ताहरुलाई क्रान्तिविरुद्ध अमेरिकाले उचालिरहेको थियो, सुदन गुरुङ त्यत्रो आरोपबाट सहजै मुक्त गराएर गृहमन्त्रीमा पुर्नवहाली गरी मित्र राष्ट्र चिनविरुद्ध प्रयोग हुने खतरा छ” ओलीले भने ।
तत्काल सबै क्रान्तिकारी कम्युनिस्टहरु एक भएर वर्तमान सरकारको विकल्पमा जानुपर्ने ओलीको जोड छ ।
नेपाली कम्युनिस्टहरु सैद्धान्तिक गोलचक्करमा मात्रै फसिरहेको र ‘त्यसलाई व्यवहारिक पाटोमा जोडौं’ भन्नेतिर कार्यपत्र हरेको भन्दै सरहाना गरे ।
नेकपा(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले वर्तमान सरकारले भूमिहीन तथा सुकुम्बासीमाथिको दमन कम्युनिस्टहरुको वैचारीक प्रतिबद्धताबाट विमुख र वर्गउत्थानको उपज रहेको जिकिर गरे । “यो सरकार पूर्णरुपले विदेशीद्वारा सञ्चालित छ, जसलाई नेपाली जनताको कुनै मतलब छैन, त्यसैले यसको विकल्पका लागि हामीले आन्दोलन गर्नुपर्छ” बास्तोलाले भने ।
नेपालको विशिष्ट भूराजनीतिक अवस्था रहेको र त्यसै अनुसार नेपाली जनक्रान्ति सम्पन्न गर्न नयाँ रणनीति अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिदै सबै क्रान्तिकारीहरुलाई एक हुन पनि बास्तोलाले आह्वान गरे ।
समाजवादी कम्युनिस्ट पार्टीका महासचिव पूर्णबहादुर सिंह ‘समरजङ्ग’ले ‘नेपाली जनक्रान्तिको अवधारणा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाली जनक्रान्ति सफल नहुनुको मुख्य कारण बाह्य भन्दा आन्तरिक मुख्य रहेको दाबी गरे । सिंहले अवधारणको उदेश्यदेखि निष्कर्षसम्मको ७ बुँदे कार्यपत्रमा असफलताको कारण र त्यसको निकास बारे प्रष्ट पारेका छन् । “नयाँ कार्यनीति तथा वैज्ञानिक कार्यदिशाको निरुपण एवम् कार्यान्वयनमा दृढताले मात्रै नेपाली जनक्रान्ति सफल गर्न सकिन्छ” सिंहले भने ।
क्रान्तिको मोडेल आयात तथा निर्यात नहुने ठोकुवा गर्दै सिंहले भने,“नेपालमा अरु देशमा गरिएका क्रान्तिका मोडेलको आयात तथा अनुसरण गरिदा बारम्बार धक्का खाइयो, अब मौलिक मोडेलको विकास जरुरी छ ।”
सिंहले सैद्धान्तिक अस्पष्टता, विचार, वर्गविश्लेषण, सङ्गठनात्मक समस्या, कार्यदिशा र कार्यनीतिमा समस्या, विशिष्ट भूराजनीति, सम्झौता र विर्सजन नै नेपाली क्रान्तिका मुख्य समस्या रहेको कार्यपत्रमा उल्लेख गरेका छन् ।
नेकपाका संगठन विभाग प्रमुख कृष्णहरि भट्टले समाजवादी कम्युनिस्ट पार्टीद्वारा अगाडि सारिएको अवधारणाले नागरिक सर्बोच्चताका लागि सघाउ पुगाउने विश्वा रहेको बताए । नेपालको क्रान्ति सम्पन्न नहुनुमा विदेशी हस्तक्षेप मुख्य कारक रहेकोसमेत उनले जिकिर गरे ।
नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले ‘नेपाली जनक्रान्तिको अवधारणा’ विगतको सिंहावलोकन र वर्तमान समयको विशिष्टीकरणमा आधारित रहेको बताउँदै, सो उचित भए पनि अझै समृद्ध गर्नुपर्नेमा जोड दिए ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य पुष्प न्यौपानेले सैद्धान्तिक विषयका कुरा गरे पनि व्यवहारिक रुपमा अगाडि बढ्न नसक्दा नेपाली कम्युनिस्टहरु असफल भएको जिकिर गरे ।
समाजवादी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य माधव गौतम‘विनयराज’ले नेपाली कम्युनिस्टहरु एक नभए विदेशीले ‘कम्युनिस्ट मुक्त नेपाल’ बनाउने खतरा रहेको दाबी गरे ।
अखिल नेपाल श्रमिक महासंघका अध्यक्ष विनोद कुमार थापाले वर्तमान सरकारले विदेशी योजनामा नेपाली श्रमिकहरुलाई अधिकार विमुख बनाउन विभिन्न हत्कण्डा अपनाएकोले त्यसविरुद्ध संघर्ष गर्नुपर्ने बताए ।
थापाले विचारबाट विचल्लित भएर केही व्यक्तिहरु पार्टी छाडेको आरोप लगाउँदै भने,“पार्टीका नाममा कमाउधन्दा चलाएका केही नटवरलालहरु अहिले छट्पटीरहेका छन् ।”
