दुर्गा प्रसाईं आफ्नै निवासबाट मध्यरात पक्राउ परेका छन
काठमाडौं :राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित निबासबाटै दुर्गा प्रसाईंलाई मध्यराति पक्राउ गरेको छ । उनले हिंसा भड्किने अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
सुतिसकेका प्रसाईंलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी टोली मध्यरातमा निवासमा पुगेको प्रसाईंका निकटतम एक ब्यक्तिले बताय ।
मेडिकल व्यवसायी प्रसाईंको निवासबाट उनलाई निकाल्दै गरिएको भिडियोसमेत सार्वजनिक भएको छ । भिडियोमा प्रसाईंले आफू गाडी चढ्दै गरेको खिच्न भनिरहेका छन्।
उनले सोमबार दिउँसो पत्रकार सम्मलेन गरेका थिए। प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका थिए। आन्दोलनको तयारीमा रहेका उनी राति पक्राउ परेका हुन् । यस अगाडि गृह मन्त्रालय...









