२५ चैत्र २०८२, बुधबार

अब हप्ताको दुईदिन आईतवार र सनिवार सरकारी बिदा हुने

काठमाडौं :सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो ।सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, भोलि (चैत २३ गते) देखि यो समयावधि लागू हुनेछ ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।