५ बैशाख २०८३, शनिबार

राजनीति

रुबि कुमारी ठाकुरको उपसभामुख पदमा ऐतिहासिक जित

रुबि कुमारी ठाकुरको उपसभामुख पदमा ऐतिहासिक जित

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौ :संघीय संसदको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबी कुमारी ठाकुर बहुमतसहित निर्वाचित भएकी छन्। कुल २५६ जना सांसद सहभागी भएको मतदानमा उनले २२९ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरेकी हुन्।उपसभामुखका लागि प्रतिस्पर्धामा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार सरस्वती लामाले भने केवल ५ मत मात्र प्राप्त गरिन्, जुन कुल मतको बहुमत नपुगेपछि उनको प्रस्ताव अस्वीकृत भएको हो। यससँगै ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन्। श्रम संस्कृति पार्टीका महासचिव तथा सांसद आरेन राईले ठाकुरलाई उपसभामुख पदका लागि प्रस्ताव गरेका थिए भने सो प्रस्तावलाई सोही पार्टीकी सांसद अम्विका संग्रौलाले समर्थन गरेकी थिइन्। पार्टीभित्रको सशक्त समर्थनसँगै उनले संसदमा पनि व्यापक समर्थन जुटाएकी हुन्। राप्रपा बाहेकका अधिकांश दलका सांसदहरूको समर्थन प्राप्त गर्दै ठाकुरले उल्लेखनीय बहुमत हासिल गरेकी छ...
बालेन शाह प्रधानमन्त्रीमा नियुक्त, १५ सदस्यीय मन्त्रिपरिषद् गठन हुदैछ

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त, १५ सदस्यीय मन्त्रिपरिषद् गठन हुदैछ

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहकाे नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने तयारी भएको छ । बालेन प्रधानमन्त्री संगै रक्षा र उद्योग मन्त्रालय पनि उनकै नेतृत्वमा रहनेछ ।मन्त्रिपरिषदमा स्वर्णिम वाग्लेले अर्थमन्त्री, सोविता गौतम कानुन,शिशिर खनाल परराष्ट्र,सुधन गुरुङ गृह, विराजभक्त श्रेष्ठ ऊर्जा,सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल,सामान्य प्रशासन, विक्रम तिमिल्सिना सञ्चार, दीपक साह (महोत्तरी) श्रम मन्त्री,सस्मित पोखरेल शिक्षा, खड्क (गणेश) पौडेलले पर्यटनमन्त्री,सीता वादी महिला, बालबालिका र  निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।  ...
कांग्रेस सभापति गगन थापाले दिए राजिनामा

कांग्रेस सभापति गगन थापाले दिए राजिनामा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन । "चैत ६ मा बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक रूपमा छलफल हुनेछ । राजीनामा दिने अधिकार र निर्णय सभापतिको हो, उहाँले दिनुभएको छ,’ पार्टीका एक पदाधिकारीले थापाको राजीनामा पुष्टि गर्दै भने, ‘तर स्वीकृत गर्ने वा नगर्ने भन्ने विषय केन्द्रीय कार्यसमिति बैठकको अधिकार हो ।’ २७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभाप...
निर्वाचन विराेधी गतिविधि गरेकाे आराेपमा नेकपा बहुमतका दुई नेता पक्राउ

निर्वाचन विराेधी गतिविधि गरेकाे आराेपमा नेकपा बहुमतका दुई नेता पक्राउ

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विचार, समाचार
भरतपुर :चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेकपा बहुमतका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका-१० मा रहेको नारायणी नमुना मावि मतदानस्थल अगाडि निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरेपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। धादिङ गल्छी गाउँपालिका-१ घर भई हाल चितवन भरतपुर महानगर-७ बस्ने नेकपा बहुमतका सेक्रेटरी सुमन श्रेष्ट र भरतपुर-१० बस्ने विद्यार्थी संयोजक २१ वर्षीय किरण गौतमलाई पक्राउ गरेको हो। उनीहरू दुबै जनालाई चितवन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।...
वर्तमान नेपालको संकट र दिगो निकासको खोजी: चेतनाथ चाैलागाई

वर्तमान नेपालको संकट र दिगो निकासको खोजी: चेतनाथ चाैलागाई

राजनीति, राष्ट्रिय, विचार, शिक्षा
✍️..नेपाल आज राजनीतिक रूपमा गणतान्त्रिक संरचनामा उभिएको छ, तर व्यवहारिक रूपमा गम्भीर संक्रमण र अस्थिरताको चक्रमा फसेको देखिन्छ। विगतका आन्दोलन, परिवर्तन र त्यागहरूले जनतालाई समृद्धि, सुशासन र पारदर्शिताको सपना देखाएका थिए। तर यथार्थमा आज आम नागरिक निराशा, अन्योल र असन्तुष्टिको अवस्थामा पुगेका छन्। राजनीतिक असफलताको श्रृंखला- २००७ सालपछिको बहुदलीय अभ्यासदेखि लिएर माओवादी जनयुद्ध र त्यसपछि स्थापित गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा, देशले अनेक राजनीतिक प्रयोगहरू भोगिसकेको छ। तर मूल प्रश्न यथावत् छ— किन जनताको जीवनस्तर उकासिन सकेन ? किन भ्रष्टाचार संस्थागत बन्दै गयो? किन सरकारहरू टिकाउ बन्न सकेनन्? आज अवस्था यस्तो छ कि सत्ता प्राप्ति नै दलहरूको अन्तिम उद्देश्य झैँ देखिन्छ। नीति, विचार र राष्ट्रहितभन्दा सत्ता समीकरण, गठबन्धन र पद बाँडफाँड प्रमुख प्राथमिकता बनेको छ। पर...
नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्ताेलालाई रिहाइ गर्न सर्वोच्चको आदेश

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्ताेलालाई रिहाइ गर्न सर्वोच्चको आदेश

Breaking News, राजनीति, विचार, समाचार
काठमाडौं :सर्वोच्च अदालतले नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बाँस्तोलालाई रिहा गर्न आदेश दिएको छ । सावित्री कुमारी वलीलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानत्द पाण्डेको संयुक्त इजलासले बाँस्ताेलालाई थुनामुक्त गर्न आदेश दिएको हो । निर्वाचन बहिष्कार गर्दै आएको नेकपा (बहुमत)ले फागुन ५ गते नेपाल बन्दको घोषणा गरेको थियो । यद्यपि, उक्त दिन बन्दको प्रभाव भने देखिएन । तर सार्वजनिक शान्तिविरुद्ध कसुर गरेको भन्दै प्रहरीले सोही दिन साँझ बाँस्तोलालाई नियन्त्रणमा लिएको हो । निर्वाचन बहिष्कार गर्दै आएका दुर्गा प्रसाई त्यसैको अघिल्लो दिन (फागुन ४ं) गते पक्राउ परेका थिए । प्रसाईको समूहले पनि नेपाल बन्दको मौका छोपेर विभिन्न ठाउँमा आतंक मच्चाउने योजना बनाएको सूचना चुहिएपछि उनी भक्तपुरस्थित निजी निजासबाटै समातिएका हुन् ।...
सुदुरपश्मिमकी क्रान्तिकारी महिला नेतृ पार्वती सिंह समाजवादी कम्युनिस्ट पार्टीमा समाहित भएकि छिन

सुदुरपश्मिमकी क्रान्तिकारी महिला नेतृ पार्वती सिंह समाजवादी कम्युनिस्ट पार्टीमा समाहित भएकि छिन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
धनगढी :सुदुरपश्चिम- सेति-महाकालीकी जनयुद्धकाल देखि अहिलेसम्म निरन्तर क्रान्तिकारी आन्दाेलनमा लामाे समय सक्रिय रहेकि पार्वती सिंह समाजवादी कम्युनिस्ट पार्टी नेपालमा समाहित भए कि छिन् । उनी बझाङ जिल्लाबाट तत्कालीन जनयुद्धमा २०५७ साल देखि लागेकि थिइन् । तत्कालीन नेतृत्वले क्रान्ति छाडेको र क्रान्तिकारी विचाराधारा विसर्जन गरेको भन्दै उनी माेहन बैध किरण, विप्लव र बहुमतसम्म विचारधारात्मक विद्रोह गर्दै क्रान्तिकारी झण्डा सेतिमहाकालिबाट उठाईरहेकि थिईन् । उनी सहित झण्डै चार दर्जन केन्द्रीय नेताहरूले केही समय अगाडि नेकपा(बहुमत) ले पनि क्रान्ति नगर्ने निष्कर्ष सहित उक्त पार्टी परित्याग गरेका थिए । समाजवादी कम्युनिस्ट पार्टी नेपालका कार्यलय सचिव शालिनका अनुसार उनी सहित दर्जन केन्द्रीय नेताहरु पार्टीमा समाहित भएकाे जानकारी दिए ।...
जुम्लाका उम्मेदवार भण्डारीलाई सहिदका सपना र कर्णालीको भविष्य प्रतिको खुला पत्र

जुम्लाका उम्मेदवार भण्डारीलाई सहिदका सपना र कर्णालीको भविष्य प्रतिको खुला पत्र

कविता, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
प्रतिनिधि सभा उम्मेदवार,नरेश भण्डारीज्यू,सादर नमस्कार 🙏 म जुम्लाकै एक साधारण नागरिक हुँ। मेरो परिचय कुनै ठूलो पद वा हैसियतसँग जोडिएको छैन, तर मेरो जीवन एउटा महान् बलिदानसँग जोडिएको छ। १० वर्षे माओवादी जनयुद्धका क्रममा हजारौँ सहिद भए। उहाँहरूले देख्नुभएको सपना थियो—गरिब, दुर्गम र पछाडि पारिएको कर्णाली पनि एक दिन उज्यालो, आत्मनिर्भर र सम्मानित बनोस् भन्ने। आज जब म पछाडि फर्केर हेर्छु, ती सपनाहरू शब्दमा होइन, कर्ममा उतार्ने नेतृत्व तपाईं हुनुहुन्छ भन्ने अनुभूति हुन्छ। २०६४ सालमा संविधानसभा निर्वाचन जितेर काठमाडौँ पुग्नुभएपछि पनि तपाईंको मन जुम्लामै रहिरह्यो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहल र स्थापना पश्चात्, पहिले बिरामी बाहिर पठाउन बाध्य जुम्ला आज विकसित सहरका अस्पतालमा दक्ष चिकित्सक पठाउने अवस्थामा पुगेको छ। जुम्लामै सहज, सुलभ र गुणस्तरीय उपचार पाउने अवस्था बनेको...
काठमाडौं हल्लाउने राजनीतिको केन्द्रमा रहेका सुमन सायमी को हुन् ?

काठमाडौं हल्लाउने राजनीतिको केन्द्रमा रहेका सुमन सायमी को हुन् ?

राजनीति
✍️ स्तम्भकार : केके मानन्धर मुद्दाको राजनीतिमा सुमन सायमी  काठमाडौंको राजनीतिमा पात्रहरूको अभाव छैन। तर नागरिक मुद्दालाई निरन्तर बोकेर, संगठन र सत्ताको बाहिरै बसेर राजनीति गर्ने अनुहार भने सीमित छन्। तिनै सीमित नामहरूमध्ये एक हुन्— सुमन सायमी   सुमन सायमी  राजनीतिमा अचानक देखा परेका पात्र होइनन्। उनी लामो समयदेखि शहरी विकास, सम्पदा संरक्षण, भूमि अधिकार, गुठी व्यवस्था र नागरिक अधिकारका सवालमा सक्रिय अभियन्ताका रूपमा चिनिँदै आएका छन्। पछिल्ला वर्षहरूमा उनले आन्दोलन मात्र पर्याप्त नहुने निष्कर्षसहित प्रत्यक्ष राजनीतिक सहभागिताको बाटो रोजे। राजनीतिक विरासत : नाम होइन, मूल्य  सुमन सायमी  कालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन्। ‘जीवन दाइ’ का नामले परिचित जीवन मानन्धर २०४६ सालअघिको राजनीतिक उथलपुथल र त्यसपछिको अर्धभूमिगत कालमा कम्युनिस्ट आन्दोलनसँग नजिक थिए। औपचारिक पदम...
गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ कार्यसमिति घोषणा, विश्वप्रकाश शर्मा  र पुष्पा भुसाल उपसभापति

गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ कार्यसमिति घोषणा, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ ।निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका छन् ।विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भएका हुन् । नयाँ कार्यसमितिअन्तर्गत दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् । त्यस्तै, दुई महामन्त्रीमा प्रदिप पौडेल र गुरु राज घिमिरे छन् । सह–महामन्त्रीमा समावेशी संरचनाअनुसार विभिन्न समूहबाट प्रतिनिधित्व गरिएको छ । केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन् । खुला सदस्यहरूमा गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले...