काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट समाजवादी युवा संगठन नेपालका अध्यक्ष आकाश कार्कीले अशोक सुवेदीले आँफुहरुलाई जानकारी नै नदिई नक्कली हस्ताक्षर बनाई विज्ञप्ति निकालेको भन्दै सार्वजनिक चेतावनी दिएका छन् ।
अध्यक्ष आकाशले चेतावनी दिदै भनेका छन् आफु पुर्ण बहादुर सिंह´समरजंग`ले नेतृत्व गरेको समाजवादी कम्युनिस्ट पार्टी नेपालमै रहेको बताएका छन् ।
उनले एक वक्तव्य जारी गर्दै भनेका छन “उपरोक्त सम्बन्धमा यो जानकारी गराउँदछौँ कि समाजवादी युवा संगठन नेपाल कुनै पनि व्यक्ति र समुहको पक्षधर हाेईन,याे सम्पुर्ण जनता र देशको हिमायती हाे ।त्यसैले अशोकले नेतृत्व गरिएको भनिने समूहका कुनै पनि गतिविधिहरूसँग समाजवादी युवा संगठन नेपालको कुनै सहमति एवम् समर्थन नरहेको अवगत गराउँदछौँ। साथै कमरेड अशोक सुवेदीले नक्कली हस्ताक्षर प्रयोग गरेर म र युवा संगठनलाई दुरुपयोग नगर्न चेतावनी दिन चाहन्छौँ। सम्पूर्ण युवाहरूलाई कुनै पनि भ्रममा नपर्न तथा राष्ट्रिय युवा अभियानमा एक जुट हुन अपील गर्दछौँ ।
क्रान्तिकारी अभिवादन !
९ जेठ, २०८३
आकाश कार्की
अध्यक्ष
समाजवादी युवा संगठन नेपाल
आकाश कार्की एक जाेशिला र क्रान्तिकारी युवा हुन , उनी विगत नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेकाे नेकपा,धर्मेन्द्र वास्ताेला कन्चन नेतृत्वको नेकपा बहुमत निकट युवा संगठन हुँदै अहिले पुर्ण बहादुर सिंह समरजंग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट युवा संगठनका विद्राेही र क्रान्तिकारी स्वभावका युवा नेता हुन ।उनी लगायत केही युवाहरुले विगत संसदीय व्यवस्था नाङ्गो भयाे , याे जनताको पक्षमा नभयकाे भन्दै सिंहदरबार भित्र नाङ्गो प्रदर्शन समेत गरेका थिए।

प्रेस नाेट 
