२०८३ असार २९, सोमवार

विनोद थापाको नेतृत्वमा ६१ सदस्यीय श्रमिक महासंघको राष्ट्रिय भेला सम्पन्न

काठमाडौँ : अखिल नेपाल श्रमिक महासंघको राष्ट्रिय भेला  सम्पन्न भएको छ । समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट महासंघले शनिबार राजधानीमा सयौं श्रमिक मजदुरको सहभागितामा राष्ट्रिय भेला सम्पन्न गरेको हो । पार्टीका महासचिव पूर्णबहादुर सिंह (समरजङ्ग) को प्रमुख आतिथ्यता र पार्टीका स्थायी कमिटी सदस्य माधव गौतम (विनयराज), खम्बु चन्द (समिरसिंह) लगायत केन्द्रीय नेताहरूको बिशेष भेलामा बिशेष उपस्थित रहेको थियो ।

उक्त भेलाले विनोदकुमार थापाको अध्यक्षतामा ३ जना उपाध्यक्ष, १ जना महासचिव, ३ जना सचिव,१ जना कोषाध्यक्ष र १ जना सह- कोषाध्यक्ष सहित ६१ सदस्यीय केन्द्रीय समिति निर्वाचित समिति गठन भयको छ । विनोदकुमार थापा झण्डै दुई दशक देखि मजदुर आन्दाेलनमा सक्रिय मजदुर नेता हुन् । उनी मजदुर अधिकारका निम्ति निरन्तर संघर्षमा रहेका मजदुरका बिज्ञ नेताका रुपमा परिचित छन् । भेला कार्यक्रमको अध्यक्षता विनोद कुमार थापाले  र सञ्चालन सरोज न्यौपाने सालिनले गरेका थिए र भेलामा अन्य पार्टीबाट बिद्रोह गरेर एक दर्जन मजदुर नेताहरू पनि प्रतिबद्धताका साथ सङ्गठित भयका थिए ।