१७ कार्तिक २०८२, सोमबार

राजनीति

जेन-जि आन्दोलन पछि नेपालीको पहिलाे महिला प्रधानमन्त्री सुशीला कार्कि

जेन-जि आन्दोलन पछि नेपालीको पहिलाे महिला प्रधानमन्त्री सुशीला कार्कि

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं : जेन- जि आन्दोलन पछि पुर्व पुर्व प्रधानन्याधीश  सुशिला कार्कि प्रधानमन्त्रीमा नियुक्त । शुक्रबार राति राष्टृपति रामचन्द्र पाैडेलले कार्कीलाई मुलुकको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ४२ ओैँ तथा नेपालीको पहिलाे महिला प्रधानमन्त्रीका रुपमा कार्किले शपथ लिएकी छिन्। (जेन–जी) को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको आगामी फागुन २१ गते निर्वाचन हुने गरि प्रतिनिधि सभा विघटनकाे सिफारिस गरेकि छिन्। जेन-जी पुस्ताको आह्वानमा चलेको दुई दिने आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेर कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन्। नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ ...
जेन- जि आन्दोलनमा ३० जनाकाे मृत्युु र एक हजार ६१ जना घाइते

जेन- जि आन्दोलनमा ३० जनाकाे मृत्युु र एक हजार ६१ जना घाइते

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :जेन-जी प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजार  ६१ जना घाइते । देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जना  घाइते भयकाे चिकित्सकहरु बताउछन। घाइतेहरुमा निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पताल नेपालगन्जमा पाँच गरी ३० जनाको निधन भएको छ । यस्तै अहिले २७४ जना घाइतेको भर्ना भएर उपचार भइरहेको छ। यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका बताएको छ। अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठम...
प्रधानमन्त्री ओलिले राजिनामा दियका छन

प्रधानमन्त्री ओलिले राजिनामा दियका छन

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। ओलीले पदबाट राजीनामा दिएका उनका प्रेस सल्लाहकार प्रकाश सिलवालले जानकारी दिए। आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेका ओलीले अवस्था नियन्त्रण बाहिर गएपछि त्यसअघि नै राजीनामा दिएका हुन्। जेन - जि युवा पुस्ताहरुकाे आन्दोलनले उग्ररूप लिय पछि आज प्रधानमन्त्रीले राजिनामा दियका हुन ।...
जेन-जि आन्दोलन, १९ जनाकाे ज्यान गयाे, गृहमन्त्रीकाे राजिनामा, सामाजिक संजाल खुल्ला र कर्फ्यु

जेन-जि आन्दोलन, १९ जनाकाे ज्यान गयाे, गृहमन्त्रीकाे राजिनामा, सामाजिक संजाल खुल्ला र कर्फ्यु

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :सरकारले सामाजिक संजाल प्रतिबन्द गरे पछि काठमाडौं लगायत देशका विभिन्न भागमा युवाहरुले आन्दोलन गरिरहेका छन, आन्दोलनका क्रममा १९ जनाकाे ज्यान समेत गयकाे छ भने चार सय भन्दा बढि घाइते अवस्थामा विभिन्न हस्पिटलहरुमा उपचार भईरहेकाे छ । ( जेन- जि) युवा पुस्ता आन्दोलन देशमा भईरहेकाे भ्रष्टाचार बेतिथिका बिरुद्धमा हाे,युवा पुस्तालाई उक्सायर कसैलाई सत्तामा पुग्नु छ भने कसैलाई सत्ताकाे आयु लम्बाइ राख्नु छ। याे आन्दोलनकाे अगुवाइ कस्ले गरेकाे थियाे र जिम्मा लिने कसले हाे ? याे पनि थाहा छैन । विभिन्न पार्टी, संघ संस्था र ब्यक्तिहरुले विज्ञप्ति र सामाजिक संजाल मार्फत आफ्ना धारणा ब्यक्त गरेका छन । आन्दोलनका क्रममा विभिन्न सरकारी तथा निजि सम्पतिकाे ठुलाे क्षति भयकाे छ । गृहमन्त्री रमेश लेखकले राजिनामा दियका छन । संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिबन्ध सामाजिक संजाल खुला रहेकाे जानकारी दिईसकेक...
विप्लव भेट्न प्रचण्ड हरिसिद्धि पुगे

विप्लव भेट्न प्रचण्ड हरिसिद्धि पुगे

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल हरिसिद्धि पुगे । विप्लव र  प्रचण्ड बिच साेमबार बिहान  १० बजेदेखि छलफल सुरू भएको अध्यक्ष दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो। तर नेकपाले भने पार्टी एकताको आधार प्रस्तुत गर्न माओवादीलाई आग्रह गरेको थियो। यही सन्दर्भमा केन्द्रित रहेर उनीहरूबीच भेटवार्ता भएको छ।...
मेडिकल ब्यावसायी दुर्गा प्रसाईले राजनीतिक दल खाेल्ने भयकाछन्

मेडिकल ब्यावसायी दुर्गा प्रसाईले राजनीतिक दल खाेल्ने भयकाछन्

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। सोमबार उनले पत्रकार सम्मेलनमार्फत आफूले दल खोल्न लागेको बताएका हुन्। राजनीतिक दलको नाम घोषणा गर्नुअघि उनले आफूलाई राजनीतिमा जबर्जस्ती ल्याइएको दाबी गरे। उनले आफू राजनीति गर्ने मान्छे नभएपनि परिस्थितीले गर्नुपर्ने बाध्यता भएको जिकीर गरेका छन्। ‘यो राजनीतिमा मलाई जबर्जस्ती ल्याइएको हो। म राजनीति गर्ने मान्छे होइन’ उनले भने, ‘हामीले दल खोलेर केही समयभित्र दल घोषणा गर्छौं, दलको नाम घोषणा गर्छौं।’ उनले विचलित भएका र कहाँ जाने? के गर्ने? भन्नेहरूका लागि आफूले विकल्प दिन खोजेको दाबी पनि गरेका छन्।...
शिक्षा मन्त्रीदेखि सदस्य सचिवलाई अखिल क्रान्तिकारीद्वारा सामाजिक बहिष्कारकाे घाेषणा

शिक्षा मन्त्रीदेखि सदस्य सचिवलाई अखिल क्रान्तिकारीद्वारा सामाजिक बहिष्कारकाे घाेषणा

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले शैक्षिक माफिया संग मिलि शैक्षिक व्यापार गरेको भन्दै सामाजिक बहिष्कार गरेको छ । आज उक्त संगठनले “देश लुट्ने लुटेरा निजिहरुलाई पोस्ने ! जनताहरुको सरकारिलाई माँस्ने !! खाने जनताहरुको कर ! लाज सरम छैन् केहीको डर !!” भन्दै “तसर्थ जनताहरुको कर खाएर जनताहरु माथि नै शोषण गर्न शैक्षिक माफियाको मतियार बनेकोले प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, सानोठिमी भक्तपुरका सदस्य सचिव महेश भट्टराईलाई सामाजिक बहिष्कार गरौं !” भन्ने डिजिटल ब्यानरमा लेखी सामाजिक बहिष्कार कार्यक्रम गरेको जनाएको छ । उक्त संगठनले मिति २०८२ साउन ३० गते चेतावनी पत्र समेत सार्वजनिक गरेकाे थियाे । १) २०८२ साउन ३१ गते सरकारका प्रधानमन्त्रीलाई शिक्षा मन्त्री, सचिव, चिकित्सा शिक्षा आयोगका अध्यक्ष र सदस्य सचिव म...
शिक्षा मन्त्री सहित शिक्षा अधिकारीहरुलाई क्रान्तिकारीको चेतावनी

शिक्षा मन्त्री सहित शिक्षा अधिकारीहरुलाई क्रान्तिकारीको चेतावनी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ;समाजवादी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले शिक्षामन्त्री रघुजी पन्तलाई चेतावनी पत्र पठाएको छ । संगठनले चिकित्सा शिक्षा आयोगको २२औँ बैठकलाई ‘मेडिकल माफियासँग मिलेर रातारात बसेको गोप्य बैठक’ को विशेषण दिँदै त्यसप्रति आपत्ति जनाएको छ । अखिल (क्रान्तिकारी) का अनुसार बैठकले नवऔपनिवेशिक पुँजीवादी दलाल शिक्षालाई प्रोत्साहन गर्न सरकारी मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको अधिकार खोस्दै निजी मेडिकल कलेजलाई फाइदा पुग्ने निर्णय गरेको आरोप लगाएको छ । चेतावनी पत्रमा संगठनले लेखेको छ, ‘२०८२ साउन ५ गते शिक्षा मन्त्रालयका सचिव चुरामणि पौडेलमार्फत् मन्त्री रघुजी पन्तलाई १५ बुँदे मागपत्र बुझाएका थियौं। त्यसैगरी साउन ८ गते चिकित्सा शिक्षा आयोगका निमित्त उपाध्यक्ष डा. सुदीप आचार्य र सदस्य सचिव अणप्रसाद न्यौपा...
नेकपा बहुमतले नापी कार्यलयका प्रमुखलाई कालाे माेसाे दलेर जनकारबाही गरेकाे छ

नेकपा बहुमतले नापी कार्यलयका प्रमुखलाई कालाे माेसाे दलेर जनकारबाही गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :धर्मेन्द्र बास्तोला‘कञ्चन’ नेतृत्वको नेकपा(बहुमत)ले नापि कार्यलयका प्रमुखलाई मोसो दलेको छ । मंगलबार चितवनको खैरहनी नगर कमिटीले नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुखलाई कार्यकक्षमै कालो मेसो दलेको पार्टी स्रोतले बताएको छ । भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध मोसो अभियान चलाइरहेको बहुमतले पछिल्लो समय त्यसलाई तिब्रता दिइरहेको छ । चितवनको खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्सालले भ्रष्टाचार गरेको र जनतालाई अनावश्यक दुःख दिने गरेकोले मोसो दलेको एक नेताले जानकारी दिए । लम्साल र कर्मचारीहरुले जनतालाई विभिन्न बहानामा दुःख दिने र सामान्य काममा पनि घुस माग्ने गरेको नदिए काम अट्काएर राख्ने गरेको जन गुनासो पार्टीलाई आएपछि जनकारबाही गरेको ती नेताले बताए । त्यसैगरी भूमाफियाहरुसँग जग्गा कित्ताकाट गरेर रकम असुलेको पनि उनिमाथि आरोप लगाएको ।...
पुष्पलाल मार्क्सवादी विश्वविद्यालय निर्माणको प्रस्तावमा,कम्युनिस्ट नेताहरुकाे सकरात्मक धारणा

पुष्पलाल मार्क्सवादी विश्वविद्यालय निर्माणको प्रस्तावमा,कम्युनिस्ट नेताहरुकाे सकरात्मक धारणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :पुष्पलालको ४७ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय निर्माणको प्रस्ताव गरिएको छ । सो कार्यक्रममा उनका नामबाट मार्क्सवादी विश्वविद्यालय स्थापना गर्न नेपालमा क्रियाशील १९ कम्युनिस्ट/वामपन्थी पार्टी/संस्था, सङ्गठन र बौद्धिकहरूले ऐक्यबद्धता प्रकट गरेका छन् ।पुष्पलाल स्मृति दिवसमा आयोजित ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय सम्भावना र चुनौती’ विषयक बृहत् बिचार गोष्ठीमा सहभागी वामपन्थी नेता–कार्यकर्ता र बुद्धिजीवीले कम्युनिस्ट जनमत अत्यधिक रहेको समाज तर बिचार शून्यताका कारण रनभुल्लमा परेका पार्टीहरू भएको अवस्थामा नेकपाका संस्थापक पुष्पलालकै नामबाट विश्वविद्यालय निर्माण हुनु अत्यावश्यक रहेको बताएका हुन् ।नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले यो ऐतिहासिक प्रस्ताव कार्यान्वयनमा सबै पार्टीले प्रस्थापकलाई सघाउनुपर्ने धारणा राखे । सबै कम्युनिस्ट ...