काठमाडौंबाट लुम्बिनीसम्म विश्व शान्तिको सशक्त सन्देश दिन “शान्तिका लागि साइकल यात्रा” गरिदै
काठमाडौं । विश्वभर बढ्दै गएको द्वन्द्व, हिंसा र युद्धका कारण मानव समाज गम्भीर चिन्ता, भय र पीडामा बाँचिरहेको वर्तमान सन्दर्भमा शान्तिको सन्देश फैलाउने उद्देश्यले नेपालमा एक महत्वपूर्ण अभियान सञ्चालन हुने भएको छ। महासिद्ध पिस स्यान्क्चुअरीको आयोजनामा “शान्तिका लागि साइकल यात्रा” नामक विशेष कार्यक्रम वैशाख १५ गतेदेखि सुरु भई वैशाख १८ गते बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा पुगेर सम्पन्न हुने भएको हो।
कार्यक्रमका परिकल्पनाकार तथा संस्थापक श्री श्याल्पा रिन्पोछेले विश्वमा बढ्दो अशान्तिको मूल कारण मानिसभित्रको अज्ञानता र असन्तुलित चेतनालाई मान्दै त्यसको समाधान करुणा, प्रज्ञा र आन्तरिक शान्तिको विकासमा रहेको बताउनुभएको छ। उहाँका अनुसार “शान्ति कुनै बाह्य वस्तु होइन, यो प्रत्येक व्यक्तिको अन्तरमनबाट सुरु हुन्छ, र त्यसैको विस्तार समाज र विश्वसम्म पुग्छ।” यही सन्देशलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप ...








