नेकपाका युवा नेता सापकोटाद्वारा सिन्धुपाल्चोक–१ मा मनोनयन दर्ता
सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता माधव सापकोटा ‘सुबोध’ले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् । निवर्तमान सांसदसमेत रहेका सापकोटाले आज निर्वाचन अधिकृतको कार्यलय, सिन्धुपाल्चोकमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
आइतबार बिहान पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टिकट लिएका सापकोटाले प्रस्तावक उजारसिंह तामाङ र समर्थक सिंग बहादुर विकसहित आफैं उपस्थित भई मनोनयन दर्ता गरेका हुन् । मनोनयन दर्तापछि उनले जनताको विश्वास, विकास र सुशासनका मुद्दालाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाइने बताए ।
को हुन् माधव सापकोटा ‘सुबोध’?
माधव सापकोटा ‘सुबोध’ नेपाली कम्युनिष्ट आन्दोलनबाट उदाएका चर्चित, अध्ययनशील र जनमुखी युवा नेता हुन् । उनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्व सांसद तथा संघीय संसद् प्रत...









