५ चैत्र २०८२, बिहीबार

चुनाव

जाजरकोट बारेकोट–४ मा मतदान सकियकाे केही दिन पछि रहस्यमय ३०० मतपत्र फेला परेका छन

जाजरकोट बारेकोट–४ मा मतदान सकियकाे केही दिन पछि रहस्यमय ३०० मतपत्र फेला परेका छन

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–४ अन्तर्गत मौरीभिर मतदान केन्द्रमा निर्वाचन सम्पन्न भइसकेपछि ३०० थान प्रत्यक्षतर्फका मतपत्र फेला परेको घटनाले स्थानीय तहमा व्यापक चासो र चिन्ता उत्पन्न गरेको छ। मतदान प्रक्रिया सकिएपछि यति ठूलो संख्यामा मतपत्र भेटिनु सामान्य नभएको भन्दै स्थानीय बासिन्दा र सरोकारवाला निकायले निर्वाचन कार्यालयको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। स्थानीयका अनुसार मतदान सकिएर मतगणना प्रक्रिया अघि बढिसकेको अवस्थामा मतपत्र भेटिनु शंकास्पद देखिएको छ। “यदि यी मतपत्र प्रयोगमा आउनुपर्ने थिए भने किन छुटे? र यदि प्रयोगमा नआएका हुन् भने किन सुरक्षित व्यवस्थापन गरिएन?” भन्ने प्रश्न अहिले व्यापक रूपमा उठिरहेको छ। यस घटनाले निर्वाचनको पारदर्शिता र विश्वसनीयतामाथि समेत प्रश्न चिन्ह खडा गरेको छ। कतिपयले यसलाई गम्भीर लापरबाहीको परिणाम मानेका छन् भने केहीले सम्भावित अनिय...
६ दलले समानुपातिक तर्फकाे उम्मेदवारहरुकाे नाम आज आयाेगमा बुझाउदै

६ दलले समानुपातिक तर्फकाे उम्मेदवारहरुकाे नाम आज आयाेगमा बुझाउदै

चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं :गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड (तीन प्रतिशत मत) पार गरेका ६ राजनीतिक दलले आज कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम बुझाउँदै छन् ।निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आज ५ः०० बजेसम्म क्लष्टर (समूह) मिल्नेगरी निर्वाचित उम्मेदवारको नाम पेस गर्न गत फागुन २८ गते पत्रात्रार गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकामा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो । सदर मतमध्ये सबैभन्दा बढी प्राप्त गर्ने रास्वपाले क्लष्टर अनुसार ५७ सांसद निर्वाच...
निर्वाचन विराेधी गतिविधि गरेकाे आराेपमा नेकपा बहुमतका दुई नेता पक्राउ

निर्वाचन विराेधी गतिविधि गरेकाे आराेपमा नेकपा बहुमतका दुई नेता पक्राउ

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विचार, समाचार
भरतपुर :चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेकपा बहुमतका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका-१० मा रहेको नारायणी नमुना मावि मतदानस्थल अगाडि निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरेपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। धादिङ गल्छी गाउँपालिका-१ घर भई हाल चितवन भरतपुर महानगर-७ बस्ने नेकपा बहुमतका सेक्रेटरी सुमन श्रेष्ट र भरतपुर-१० बस्ने विद्यार्थी संयोजक २१ वर्षीय किरण गौतमलाई पक्राउ गरेको हो। उनीहरू दुबै जनालाई चितवन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।...
कर्णालीलाई पाँच वर्ष परिवर्तनको बर्ष बनाऊ – गगन थापा

कर्णालीलाई पाँच वर्ष परिवर्तनको बर्ष बनाऊ – गगन थापा

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नेपाली कांग्रेसका सभापति गगन थापाले कर्णालीलाई पाँच वर्ष परिवर्तनको बर्ष बनाउन आग्रह गरेका छन । बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कर्णालीको विकासको फेरिहिस्त आफूसँग रहेको दाबी गर्दै नयाँ प्रयोग नगर्न समेत आग्रह गरेका छन । उनले भने `मेरो आग्रह छ, पाँच वर्ष अर्को प्रयोग नगरौँ , पाँच वर्ष परिवर्तनको वर्ष बनाउने हो,´तर त्यसका लागि सोच चाहिने उनले बताए । ‘कर्णालीका बारेमा बोल्दैगर्दा साथीहरू मुद्दा दिनुभएको छ । तर म पढेर भन्दिनँ,’ उनले भने । कर्णालीका बारेमा धेरै कुरा भन्न सकिने उनले बताए । कर्णाली स्वर्ग हो भन्न सकिन्छ, कर्णाली अन्नको भण्डार हो भन्न सकिन्छ ,कर्णाली नेपालको सर्वाधिक राम्रो ठाउँ हो भन्न सकिन्छ । राराका बारेमा कविता भन्न सकिन्छ,’ सभापति थापाले भने,‘यहाँको स्याउँको कथा भन्न सकिन्छ, यहाँको यार्सागुम्बाको कथा भन्न सकिन्छ...
पत्रकार दिनेश सिटौलाकाे निधन

पत्रकार दिनेश सिटौलाकाे निधन

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुन: प्राप्तिको कुनै संकेत थिएन । बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्थ दिइयो । चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरियो जुन पोज...
निर्वाचन आयाेगले वास्तविक नमुना मतपत्र सार्वजनिक गरेकाे छ

निर्वाचन आयाेगले वास्तविक नमुना मतपत्र सार्वजनिक गरेकाे छ

Breaking News, अन्तर्राष्ट्रिय, चुनाव, निर्वाचन, समाचार
काठमाडौं :निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।आयाेगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार  सातवटै प्रदेशका क्षेत्रको मतपत्रको वास्तविक निर्वाचन आयाेगले सार्वजनिक गरेकाे हाे ।।त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको वास्तविक तयार पारिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका डाेल्पा, मुगु, जुम्ला,सल्यान, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम  छन्। अछाममा दुई, कञ्चनपुर...
नेकपाका युवा नेता सापकोटाद्वारा सिन्धुपाल्चोक–१ मा मनोनयन दर्ता

नेकपाका युवा नेता सापकोटाद्वारा सिन्धुपाल्चोक–१ मा मनोनयन दर्ता

चुनाव, समाचार
सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता माधव सापकोटा ‘सुबोध’ले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् । निवर्तमान सांसदसमेत रहेका सापकोटाले आज निर्वाचन अधिकृतको कार्यलय, सिन्धुपाल्चोकमा पुगेर मनोनयन दर्ता गराएका हुन् । आइतबार बिहान पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टिकट लिएका सापकोटाले प्रस्तावक उजारसिंह तामाङ र समर्थक सिंग बहादुर विकसहित आफैं उपस्थित भई मनोनयन दर्ता गरेका हुन् । मनोनयन दर्तापछि उनले जनताको विश्वास, विकास र सुशासनका मुद्दालाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाइने बताए । को हुन् माधव सापकोटा ‘सुबोध’? माधव सापकोटा ‘सुबोध’ नेपाली कम्युनिष्ट आन्दोलनबाट उदाएका चर्चित, अध्ययनशील र जनमुखी युवा नेता हुन् । उनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्व सांसद तथा संघीय संसद् प्रत...
सिन्धुपाल्चोक क्षेत्र नं १ को चुनावी भिडन्त

सिन्धुपाल्चोक क्षेत्र नं १ को चुनावी भिडन्त

चुनाव
काठमाडौं । २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं.१को चुनावी भिडन्त निकै रोमान्चक हुने देखिएको छ । चुनावमा नेपाली कम्युनिष्ट पार्टी बाट सर्वाधिक चर्चामा रहेका माधव सापकोटा “सुवोध”, नेकपा(एमाले) बाट सिन्धुपाल्चोकका पुराना नेताको रुपमा चर्चिच शरेस नेपाल,नेपाली काँग्रेस बाट सिन्धुपाल्चोक जिल्ला पार्टी सभापति जंग बहादुर लामा,राप्रपा बाट राममणी न्यौपाने तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जल विद्युत व्यवसायी तथा समाजसेवी भरत प्रसाद पराजुलीको चुनावी भिडन्तलाई मुख्य रुपमा हेरीएको छ । उज्यालो नेपाल पार्टीबाट सिन्धुपाल्चोक १ मा प्रताप लामाको उम्मेदवारी दर्ता भएको छ । सबै उम्मेदवारहरुले आफु योग्य भएको प्रमाण पेस गरिरहँदा सिन्धुपाल्चोकका मतदाताहरुको भने मिश्रृत प्रतिकृया आउन थालेको छ । आफ्नो पार्टीका उम्मेदवार जिताउन पार्टीका कार्यकर्ताहरुले सामाजिक संजालको रा...
नेपाली कम्युनिष्ट पार्टीको समानुपातिक सुचिमा  सिन्धुपाल्चोकका लालकान्छा तामाङको नाम समावेश

नेपाली कम्युनिष्ट पार्टीको समानुपातिक सुचिमा सिन्धुपाल्चोकका लालकान्छा तामाङको नाम समावेश

चुनाव
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। सो सूचीमा सिन्धुपाल्चोकका लालकान्छा तामाङको नाम समावेश भएको छ। जनयुद्धकालदेखि नै पार्टीमा पंक्तिबद्ध रहेका उनी संघर्षशील जीवन बिताउनुभएका नेतामा पर्दछन् । तामाङले जेल–नेल तथा विभिन्न प्रकारका यातनासमेत भोगेका छन् । उनी निरन्तर भुइँमान्छे, श्रमिक मजदुर वर्ग, पार्टी नीति तथा वर्गीय पक्षधरताका पक्षमा योगदान पुर्‍याउँदै आएका सादगी नेता हुन् । लामो समयदेखि पार्टी संगठन, जनसम्पर्क र वैचारिक आन्दोलनमा सक्रिय उनको भूमिकालाई पार्टी नेतृत्वले उच्च मूल्याङ्कन गर्दै समानुपातिक तर्फको उम्मेदवारका रूपमा अघि सारेको प्रत्यक्ष तर्फ एकल सिफासि भएका उमेदवार एवं पूर्व सांसद माधव सापकोटा सुबोधले जानकारी दिएका छन् । सूचिलाई अन्तिम रुप द...
सिन्धुपाल्चोक क्षेत्र नं.१ मा नेकपा(एमाले)बाट जलविद्युत व्यवसायी भरत पराजुलीको नाम चर्चामा

सिन्धुपाल्चोक क्षेत्र नं.१ मा नेकपा(एमाले)बाट जलविद्युत व्यवसायी भरत पराजुलीको नाम चर्चामा

चुनाव
काठमाडौं । भाद्र २३ र २४ को जेन्जी आन्दोलनले निम्त्याएको राजनैतिक परिस्थितिलाई सहज बनाउन बिघटन गरिएको प्रतिनिधिसभालाई पुनः सन्चालन गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन यहि फागनु २१ गते हुने भए पछि निर्वाचन आयोगमा दर्ता गरेका बिभिन्न पार्टीहरुले आफ्ना उम्मेदवारहरुको नाम सार्वजानिक गरिरहेको अवस्थामा सिन्धुपाल्चोक जिल्लामा भने नेकपा(एमाले)को कुनै पनि उम्मेदवारको नाम सार्वजानिक भएको छैन । नेपाली काँग्रेसबाट मोहन बहादुर बस्नेत र नेपाली कम्युनिष्ट पार्टीबाट माधव सापकोटा सुबोधको नाम सार्वजानिक भई सक्दा पनि नेकपा(एमाले) भने मौन देखिन्छ । नेकपा(एमाले)बाट लामो समय राजनीतिमा होमिएका शरेस नेपाल र अरुण नेपाल मध्य एकले चुनावमा टिकट पाउने हल्ला चले पनि उहाँहरुले चुनाव नलड्ने मनसाय बनाएपछि उपर्युक्त पात्रको रुपमा जलविद्युत व्यवसायी भरत पराजुलीको नाम सिफारीस गर्ने तयारी भईरहेको एक श्रोतले बताएको छ । गत २०७९...