२०८३ श्रावण ३, आइतवार

बसन्त लम्साल र चर्चित गायिका शान्तिश्री परियारको स्वरमा नयाँ तीज गीत ‘नोट हजारको’ सार्वजनिक

काठमाडौं । चर्चित तथा लोकप्रिय गायक तथा सर्जक बसन्त लम्साल र चर्चित गायिका शान्तिश्री परियारको स्वरमा नयाँ तीज गीत ‘नोट हजारको’ सार्वजनिक भएको छ।

बसन्त लम्सालको आधिकारिक YouTube च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रेम गौतमको शब्द तथा बसन्त लम्सालकै संगीत रहेको छ।

गीतको संगीत संयोजन विश्वास नेपाल “प्रकाश”ले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ कुमार राणाले गरेका छन्। रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा सम्पन्न भएको हो। गीतको भिडियो नारायण बी.पी.को निर्देशनमा तयार भएको छ।

भिडियोमा सागर लिल परियार, कोशिस, निर्मल र प्रियंकाको अभिनय देख्न सकिन्छ। कोरियोग्राफी साहिर केसी,छायांकन आशिष भट्टराई तथा सम्पादन,रङ संयोजन र पोस्टर डिजाइन पदम सुवेदीले गरेका छन्।

तीज–२०२६ लाई लक्षित गरी तयार गरिएको ‘नोट हजारको’ले तीज पर्वको उल्लास र समसामयिक विषयवस्तुलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।