गुरुपूर्णिमाको अवसरमा कराते क्लब बालाजु, काठमाडौँले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम भव्य तथा आत्मीय वातावरणमा सम्पन्न
काठमाडौँ। गुरुप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने पर्व गुरुपूर्णिमाको अवसरमा कराते क्लब बालाजु, काठमाडौँले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम भव्य तथा आत्मीय वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा करातेका प्रशिक्षक, खेलाडी, अभिभावक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १६ की वडाध्यक्ष रोजिना श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले गुरुले केवल सीप मात्र नभई संस्कार, अनुशासन र जिम्मेवारीको भावना पनि हस्तान्तरण गर्ने उल्लेख गर्दै समाज निर्माणमा गुरुहरूको भूमिका अतुलनीय रहेको बताउनुभयो।
कार्यक्रममा नेपाल कराते महासंघका प्रतिनिधि राजेन्द्र क्षेत्री विशेष अतिथिका रूपमा सहभागी हुनुभयो। उहाँले गुरु–शिष्य सम्बन्ध करातेको मूल आधार भएको उल्लेख गर्दै निरन्तर अभ्यास, अनुशासन र सम्मानको ...









