सिन्धुपाल्चोकमा तेक्वान्दो प्रशिक्षक प्रेमबहादुर भण्डारी नगदसहित सम्मानित
सिन्धुपाल्चोक – तेक्वान्दो खेलकुद क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउँदै आएका प्रशिक्षक तथा खेलाडी प्रेमबहादुर भण्डारी नगद रु ३० हजारसहित सम्मानित भएका छन्।
मंगलबार लिसंखुपाखर गाउँपालिकामा आयोजित लिसंखु पाखर गाउँपालिका स्तरीय ७औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को समापन समारोहका अवसरमा भण्डारीलाई सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि, निवर्तमान प्रतिनिधिसभा सदस्य माधव सापकोटा (सुबोध) ले तेक्वान्दोमार्फत नेपाली खेलकुदको विकासमा पुर्याएको योगदानको कदर गर्दै भण्डारीलाई सम्मानपत्रसहित नगद प्रदान गरेका हुन्।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ निवासी भण्डारी सन् २०४७ सालदेखि निरन्तर तेक्वान्दोमा सक्रिय रहँदै आएका अनुभवी खेलाडी तथा प्रशिक्षक हुन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै स्वर्ण पदकसहित थुप्रै पदकहरू...









