काठमाडौं । कराते क्लब काठमाडौं–१६ बालाजुटारको २० सदस्यीय प्रतिनिधिमण्डल मलेसियामा आयोजना हुने २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिप–२०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको छ।
Persatuan Karate Wilayah Persekutuan, Putrajaya तथा Putrajaya Karate Association को निमन्त्रणामा २५ जुनदेखि २८ जुन २०२६ सम्म क्वालालम्पुर, मलेसिया मा सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट कराते क्लब बालाजुटार, काठमाडौं महानगरपालिका–१६ को टोलीले सहभागिता जनाउनेछ।
प्रतियोगितामा भाग लिन गिरी होम ,अनिश थापा ,अभिन परियार ,इशान घिमिरे .अनिशा थापा ,राजेश तामाङ ,प्रजल थापा ,रीता कुमारी चौधरी ,महेन्द्र थारु , मिन बहादुर सेजल,युवराज थारु ,पिंकी थारु ,सुस्मिता थारु ,निरु थारु चौधरी ,भीम बहादुर रोकाहा ,सोहन सिन्जाली खेलाडीको रुपमा जान लागेका हुन भने अफिसियल टोलीको रुपमा सञ्जय कुमार चौधरी थारु –NKF Referee ,सन्तु डंगोरिया थारु –NKF Referee ,विष्णु थापा बिष्ट – Team Manager ,कृष्ण बहादुर बी. के. –Team Coach
मलेसिया तर्फ प्रस्थान गरेका छन् ।

मलेसिया प्रस्थान गनै लागेका खेलाडीहरुलाई जापान गोजु–र्यु कराते डो केनवाकाइ नेपाल एसोसिएसन का अध्यक्ष विदुर कुँवर , कराते क्लब कामपा –१६ बालाजुटार, काठमाडौं का अध्यक्ष सूर्यप्रसाद घिमिरे कामपा — १६ की वडा अध्यक्ष रोजिना श्रेष्ठ,कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासचिव दावा गुरुङले स—सम्मान विदाई गरेका हुन ।
नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरको यस प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन लागेको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उच्च राख्ने अपेक्षा गरिएको छ। साथै, यो सहभागिताले नेपाली कराते खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न र विश्वस्तरीय प्रतिस्पर्धामा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

