
विदुर स्मृति अन्डर‒१९ भलिवल कप सुरु
जाजरकोट :जाजरकोट खलंगामा दोस्रो सहीद विदुर स्मृति अन्डर‒१९ भलिवल कप सुरु भएको छ ।
आइतबार भेरी नगरपालिका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले औपचारिक रुपमा कपको उद्दघाटन गरेका हुन् । ‘लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम’ भन्ने मुल नाराका साथ सहीद स्मृति यूवा क्लवको आयोजनामा त्रिभुवन माद्यामिक विद्यालय खलंगाको फिल्डमा सुरु भएको क्लवका अध्यक्ष प्रेम बहादुर विकले जानकारी दिए ।उनका अनुसार कपमा १० टीमको सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले खेलकुदको माध्यमबाट यूवा पुस्तालाई लागुऔषध दुव्र्यसनी बाट मुक्त गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । ‘यो कार्यक्रम एकदम ठीक छ, उनले भने, ‘यसले यूवालाई अनुशासनका साथै लागुऔषध दुव्र्यसनी बाट बच्न समेत सहयोग गर्छ ।’
अहिलेका यूवापुस्ताले लागुपदार्थ सेवन नगरी सिर्जनात्मक काम त...