२० चैत्र २०८१, बुधबार

खेल

गाैरा पर्वमा खेलिने देउडा लगायतका नाँच हाम्रा अमुल्य साँस्कृतिक सम्पदा हुन : प्रधानमन्त्री दाहाल

गाैरा पर्वमा खेलिने देउडा लगायतका नाँच हाम्रा अमुल्य साँस्कृतिक सम्पदा हुन : प्रधानमन्त्री दाहाल

Breaking News, खेल, पर्यटन, राष्ट्रिय, संस्कृति, समाचार
‘यस पर्वमा समाजका सम्पूर्ण सदस्य घरपरिवारमा एकत्रित हुने र सामूहिकरूपमा समुदायपिच्छे मुख्य चाडका रूपमा मनाउने परिपाटीले सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बनाउन विशेष भूमिका खेलेको छ’, शुभकामना सन्देशमा उल्लेख छ । प्रधानमन्त्री दाहालले बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभूति सबै तहमा गराउन यस्ता पर्वले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्। नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेश तथा भारतको कुमाउँ, गढवाल क्षेत्रमा मुख्य सांस्कृतिक चाडको रुपमा गौरा पर्व मनाउने गरिन्छ ।...
वीरजङ्ग स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता काठमाडौंमा हुने

वीरजङ्ग स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता काठमाडौंमा हुने

Breaking News, खेल, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।वीरजङ्ग स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता काठमाडौंमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको मुख्य सहयोग तथा नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रिय समितिको आयोजनामा वीरजङ्ग स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता भदौं २७ देखी ३० सम्म हुने नेपाल गणतान्त्रिक खेलकुद महासंघका महासचिव बिनोद चन्द ठकुरीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख,द्वितीय हुने टोलीले २ लाख ५० हजार,तृतीय हुने टोलीले १ लाख र सान्त्वना हुने टोलीले ५० हजार प्राप्त गर्नेछन भने प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन-महासचिव चन्दले भने। प्रतियोगितामा उत्कृष्ट स्पाइकर,क्विकर,ब्लकर,सेटर, सर्भर,डिफेन्डर र प्रशिक्षकले समान ५/५ हजार प्राप्त गर्नेछन्।प्रतियोगिता सञ्चालन गर्दा कुल अनुमा...
छेडागाड न.पा.जाजरकोटले ६९कराेड,६८ लाख, ८७ हजार,७ सय ३८रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ

छेडागाड न.पा.जाजरकोटले ६९कराेड,६८ लाख, ८७ हजार,७ सय ३८रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ

Breaking News, अर्थवाणिज्य, कृषि, खेल, पर्यटन, पुर्वाधार, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
जाजरकोट ।छेडागाड नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । १४ औ नगरसभामा नगर उपप्रमुख चन्द्र बहादुर थापाले ६९ करोड ६८ लाख ८७ हजार ७ सय ३८ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन । संघीय सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदान १२ करोड ४५ लाख, संघीय सरकार शसर्त अनुदान ३६ करोड ४४ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, समपुरक ५० लाख, संघीय सरकार राजस्व बाँडफाँड १२ करोड ९६ लाख ४५ हजार गरी जम्मा ६३ करोड ३५ लाख ४५ हजार रहेको छ । यस्तै प्रदेश सरकार समानिकरण अनुदान १ करोड २५ लाख ९० हजार, शसर्त अनुदान ३ करोड ५७ लाख, प्रदेश सरकार राजस्व बाँडफाँड ९ लाख ५२ हजार ७ सय ३८ गरी ४ करोड ९२ लाख ४२ हजार ७ सय ३८ रहेको छ । यस्तै नगरपालिकाको आन्तरिक श्रोत सबै १ करोड ४१ लाख गरी आर्थिक वर्ष २०८०/०८१ का लागि उपप्रमुख चन्द्र बहादुर थापाले जम्मा ६९ करोड ६८ लाख ८७ हजार ७ सय ३८ रुपैया...
काठमाडौं महानगरले २५ अर्ब ५४ कराेड ७८ लाख २० हजार रुपैयाँको बजेट विनियोजन गरेकाे छ

काठमाडौं महानगरले २५ अर्ब ५४ कराेड ७८ लाख २० हजार रुपैयाँको बजेट विनियोजन गरेकाे छ

Breaking News, अर्थवाणिज्य, कृषि, खेल, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको छ । आइतबार नगरसभाको बैठकमा उपमेयर सुनीता डंगोलले प्रस्तुत गरेको बजेटको सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात रहेको छ । महानगरको बैंक मौज्दात ११ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । त्यस्तै संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने उपमेयर डंगोलले जानकारी दिइन् । महानगरपालिकाले १० विषयगत क्षेत्रका महानगर गौर...
प्लेयर अफ द म्याच बने, जाजरकोटका युनिस बिक्रम सिंह

प्लेयर अफ द म्याच बने, जाजरकोटका युनिस बिक्रम सिंह

Breaking News, खेल, राष्ट्रिय, समाचार
जाजरकोट ।जाजरकोट छेडागाड नगरपालिका वडा न.१२ का युनिस बिक्रम सिंह प्लेयर अफ द म्याच बनेका छन ।महेन्द्र नारायण निधि टि २० क्रिकेट प्रतियोगिताको सुदुरपश्चिममा बलिङमा सिंहले जादुमय प्रदर्शन गरेका थिय। स्पिनर सिंहले ४ ओभरमा १ मेडन सहित १७ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए।इनिङको दाेश्राे ओभरमा पहिलाे आफ्नो ओभर लियर आयका सिंहले पहिलाे बलमै खडक बाेहरालाई LBW धरापमा पारि शून्य रनमै आउट गरि १ विकेट हात पारे भने पन्द्राै ओभरको तेस्रो बलमा क्रिजमा जमेका ब्याट्सम्यान गजेन्द्र बाेहरालाई ३३ रनमा क्याच आउट पारे । १७ ओैं ओभरमा बसन्त खत्रि (३)र हेमन्त धामि (४)काे महत्त्वपूर्ण २ विकेट लिई सिंहले खेललाई बिजय तर्फ उन्मुख गरायका थिय प्रतियोगितामा १५ विकेट लिई दाेश्राे स्थानमा रहे।उत्कृष्ट खेलाडी अनिल खरेलले पनि कुल १५ विकेट लियका थिय । उनि कर्णाली प्रदेशकाे टिमबाट नियमित खेलमा भिडिरहेका खेलाडि हुन । सिं...
भेरि त्रिवेणी मा.बि.ले मनायो ३८ औं वार्षिकोत्सब तथा अभिभावक दिवश

भेरि त्रिवेणी मा.बि.ले मनायो ३८ औं वार्षिकोत्सब तथा अभिभावक दिवश

Breaking News, खेल, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट ।भेरी त्रिवेणी माद्यामिक विद्यालयले आफ्नो ३८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । जिल्लाको भेरी नगरपालिका १ रिम्नामा रहेको उक्त विद्यालयले “भेरी त्रिवेणीकाे अठोट,बालबालिकाको चौतर्फी सिकाइमा हाम्रो जोड” भन्ने मुल नाराका साथ वार्षिक उत्सव मनाएको हो । २०४२ साल जेष्ठ २१ गते स्थापना भएको यश विद्यालय सन्चालनमा आएको ३८ औं वसन्त पार गरेको उपलब्धिमा आइतबार भव्य कार्यक्रमका साथ विद्यालयले वार्षिक उत्सब मनाएको हो ।नगरपालिकाका नगर प्रमुख चद्र प्रकाश घर्ती,उप प्रमुख सीता जैसी,जिल्ला शिक्षा समन्वय इकाइ जाजरकोटका जिल्ला शिक्षा अधिकारी रमेश मल्ल,जिल्ला शिक्षा बिकास  समन्वय ईकाइ प्रा.शा. तिलक भण्डारी अभिभावक , शिक्षक लगायतको उपस्थितिमा उत्सव कार्यक्रम भव्यताका साथ मनाइएको हाे । बिभिन्न साँस्कृतिक कार्यक्रमहरु र बिद्यालयका अनुशासित, खेलमा उत्कृष्टता हासिल गर्ने र सबै भन्दा बढि हाजिर हुने ...
जुम्लामा विपत् पुर्व तयारी तथा प्रतिकारात्मक कृतिम घटनाको अभ्यास

जुम्लामा विपत् पुर्व तयारी तथा प्रतिकारात्मक कृतिम घटनाको अभ्यास

Breaking News, खेल, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, संस्कृति, समाचार
जुम्ला ।जुम्लामा जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास गरिएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास जुम्लाको चन्दननाथ नगरपालिका एक दानसाँघुमामा गरिएको हो । त्यस्तैै विपद्का घटनापछि उद्धार र राहतमा खटिने स्वयम सेवकहरूले कसरी राहत तथा उद्धारका कार्यहरू गर्न सकिन्छ भन्ने उदेस्यका साथ सो कार्यक्रमको आयोजना गरिएको चन्दननाथ नगरपालिकाका मेयर राजुसिहं कठायतले बताए । उनले भने,’अहिले पनि कुनै ठूलै विपद् आइपरेमा त्यसबाट ठूलै क्षति वेहोर्नुपर्ने अवस्था रहेको छ ।यसको पूर्वतयारीमै जोड दिनुपर्ने घटना अभ्यास कार्यक्रम महत्वपुण हुने बताए । त्यस्तै विपद्का घटना हुदा कुनै पनि नागरिकले कसरी सुरक्षित हुने र तत्काल व्यवस्थापनका लागि कसलाई कहाँ खबर गर्ने भन्ने विषयमा अभ्यास प्रदर्शनी बाट स्थानीयलाई सचेतीकरण गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कु...
क्रिकेट विजेता खेलाडीलाई ६ लाख नगत दिने मन्त्री परिषद्को निर्णय

क्रिकेट विजेता खेलाडीलाई ६ लाख नगत दिने मन्त्री परिषद्को निर्णय

Breaking News, अर्थवाणिज्य, खेल, राष्ट्रिय, समाचार
काठमाडौं ।मन्त्रिपरिषदको बैठकबाट एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रू. ६ लाख र अफिसियललाई जनही रू. ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको छ। बुधबार बसेकाे मन्त्री परिषद्को बैठकले  कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरिएको हाे ।...
एसिया कपमा नेपाल , यूएई ७ विकेटले पराजित

एसिया कपमा नेपाल , यूएई ७ विकेटले पराजित

Breaking News, खेल, राष्ट्रिय, समाचार
काठमाडौं ।यूएईलाई ७ विकेटले हराउँदै नेपालले  एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो । ११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्शन झा ब्याटिङका लागि गए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख (८) सातौं ओभरको पहिलो बलमै आउट भए । लगतै कप्तान रोहितकुमा...
नेपाल गोजुरियो कराते दा संघ जाजरकोटको अध्यक्षमा प्रेम विश्वकर्मा

नेपाल गोजुरियो कराते दा संघ जाजरकोटको अध्यक्षमा प्रेम विश्वकर्मा

Breaking News, खेल, राष्ट्रिय, समाचार
जाजरकोट ।नेपाल गोजुरियो कराते दा संघ जाजरकोटको अध्यक्षमा प्रेम विश्वकर्मा चयन भएका छन् । बिहिबार जिल्ला सदरमुकाम जाजरकोट खलंगामा नेपाल गोजुरियो कराते दो संघको जाजरकोट शाखा गठन कार्यक्रमबाट अध्यक्षमा भेरि नगरपालिका वडा न. १ का प्रेम विश्वकर्मा चयन भयका हुन । जिल्ला खेलकुद विकास समिति जाजरकोटका कार्यालय प्रमूख जय प्रसाद आचार्यको रोहबरमा बसेको बैठकले विश्वकर्मालाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा लोकराज शाही,सचिवमा प्रकाश घर्ति मगर र कोषाध्यक्षमा बिश्वक्रान्ति  शाही चयन भएका छन् । सदस्यमा जितेन्द्र बुढा,अर्जुन विक र लोकेन्द्र वि गरि सात सदस्य जिल्ला समिति गठन भएको अध्यक्ष विश्वकर्माले जानकारी दिएका छन् । जाजरकोटको कराते क्षेत्रको विकासमा अतुलनिय योगदान पुर्‍याउन , जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जय प्रसाद आचार्यले गठन भएको नयाँ कार्य समितिलाई शुभकामना व्यक...