१८ जेष्ठ २०८२, आईतवार

द—च्याम्पियन्स् तेक्वान्दो डोजाङको ग्रेडीङ तथा सम्मान कार्यक्रम — २०८२ सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १६ मा रहेको द—च्याम्पियन्स् तेक्वान्दो डोजाङको ग्रेडीङ तथा सम्मान कार्यक्रम — २०८२ सम्पन्न भएको छ ।
डोजाङका अध्यक्षप्रदिप आलेमगरको सभापतित्वमा भएको कार्यक्रममा प्रहरी वृत बालाजुका प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा शुभकामना टोल सुधार समितिका अध्यक्ष दाशु गिरी तथा अतिथि हरुमा मुक्तिनाथ बिकास बैंकका संचालक समिति तथा सानो भर्याङ हाउजिङका अध्यक्ष नारायण श्रेष्ठ ,तारकेश्वर नगर खेलकुद समितिका उपाध्यक्ष एवं गुहेश्वरी तेक्वान्दो डोजाङ प्रमुख फिरोज श्रेष्ठको उपस्थिति रहेको थियो ।
ग्रेडिङको एक्जामाईनरको रुपमा तेक्वान्दो तर्फका १३ साफ च्याम्पियन ( स्वर्ण पदक बिजेता ) तथा पुम्से तर्फका राष्ट्रिय प्रशिक्षक सन्जिव ओझा रहनु भएको थियो भने कार्यक्रम द—च्याम्पियन्स् तेक्वान्दो डोजाङका सचिव सुमन श्रेष्ठले सन्चालन गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रमको संयोजन डोजाङका सहायक प्रशिक्षक डम्बर बहादुर मगर (दिनेश)ले गर्नु भएको थियो ।
बिहान ७ बजे बाट शुरु भएको कार्यक्रम दिउसो १ बजे सम्म चलेको थियो । कार्यक्रमा तेक्वान्दो का सेकेन्ड डान प्राप्त अबिप्सा लामा र युवक थापा मगर लाई सम्मान गरिएको थियो ।
फस्ट डान ब्ल्याक बेल्ट सम्मान अन्तरगत सुविन श्रेष्ठ,जुन्साङ लामा,सिम्रन गुरुङ,सुनिता घले,अविक देवकोटा,फुर्साङ लामा,वियोग गुरुङ,ईसान रानाभाट,आशिष थापामगर,प्राप्ती श्रेष्ठ,कृष्ण राई,स्वतिका गुरुङ,अमृत लामा लाई डोजाङको तर्फबाट सम्मान गरिएको थियो ।
ग्रडिङ कार्यक्रम अन्तरगत ह्वाईट बेल्ट देखि ब्ल्याक बेल्ट सम्मका प्रशिक्षार्थि हरुको स्तर वृद्धि गर्ने कार्य सम्पन्न भएको थियो । जसमा राम्रा प्रशिक्षार्थिहरुलाई डबल प्रमोशन समेत गरिएको थियो ।
डबल प्रमोशन हुनेहरुमा एस्तर भुसाल, निशम थापा मगर,जिज्ञासा शाही ठकुरी,अनुभव गुरुङ रहनु भएको छ ।अनुशासन पालनामा महिला तर्फ जेसिका के.सीं तथा पुरुष तर्फ देभान्स खड्का उत्कृष्ट भएका छन् ।
कार्यक्रम सभ्य र भव्य संग सम्पन्न भएको कार्यक्रम सन्चालक तथा डोजाङ सचिव सुमन श्रेष्ठले जानकारी दिनु भएको छ ।