२८ बैशाख २०८२, आईतवार

जाजरकोट,वाईसीएल अध्यक्षमा बस्नेत र खेलकुद अध्यक्षमा सिंह चयन

याेङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल, जाजरकोट अध्यक्षमा यज्ञराज बस्नेत र अखिल नेपाल खेलकुद महासंघ जिल्ला शाखाकाे अध्यक्षमा सुरेन्द्र सिंह सर्वसम्मत चयन भएका छन् ।

नेकपा माओवादी केन्द्र निकट युवा संगठनकाे वाईसीएल नेपालकाे  जिल्ला सदरमुकाम खलंगामा शुक्रबार सम्पन्न पाँचौ जिल्ला सम्मेलनले अध्यक्षमा बस्नेतलाई सर्वसम्मत चयन गरेको हो । बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका भएका हुन् ।वाइसीएल नेपालीको सम्मेलनले बस्नेतको अध्यक्षतामा ७१ सदस्य जिल्ला समन्वय समिति चयन गरेको छ । होटल रिद्धिको सभाहलमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा गोविन्द गिरी, खम्बप्रसाद सिंह, सुनकेसा केसी, सचिवमा सौगात विष्ठ, स–सचिवमा दिपक खड्का, भुपेन्द्र रावल, बालकृष्ण शाह, मुक्तिराज विकलाइ सर्वसम्मत चयन गरेको छ भने, कोषाध्यक्षमा गीता बुढालाइ सर्वसम्मत चयन गरेको छ । २० सदस्य पछि मनोनित गर्ने गरि सम्मेलनले जिल्ला कार्यसमिति चयन गरेको फ्रयाक्सन ईन्चार्ज इन्द्र प्रसाद गौतमले जानकारी दिए ।पानसमा बत्ती बालेर सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पुर्वमन्त्री शक्ति बहादुर बस्नेतले गरेका थिए । वाइसिएल नेपाल नेकपा (माओवादी केन्द्र) को सहायक संगठन भएको बताउदै कार्यक्रमका प्रमुख अथिति बस्नेतले अन्य जनवर्गिय संगठनहरु भन्दा वाइसिएल नेपालको भुमिका माथि रहेको बताए । दश बर्षे जनयुद्धको थालनी गर्नुपुर्व वाइसिएल नेपालले चारकर्ताको भुमिका पुरा गरेको बताउदै बस्नेतले आज पनि वाइसिएल नेपालले चारकर्ताको भुमिका पुरा गर्नुपर्ने वेला आएको भनाइ राखेका थिए ।वाइसिएललाइ विचारमा परिपक्क, संगठनमा बलियो, प्रविधिमा जानकार र कार्यशैलीमा जनमैत्री बनाउनु पर्ने बताउदै बस्नेतले अबको राजनीतिक नेतृत्व गर्न युवा जनशक्तिले आफुलाइ तयारी अबस्थामा राख्नुपर्ने भनाइ राखेका थिए । २४ बर्षकै उम्मेरमै आफुले जिल्लाको नेतृत्व गर्नुको साथै २७ बर्षको उम्मेरमा केन्द्रीय सदस्य भएर केही जिल्लाहरुको नेतृत्व आफुले गरेको बस्नेतले स्मरण गरेका थिए । अज्ञानताले जनताको सेवा र भौगलिक विकास गर्न नसकिने बताउदै बस्नेतले राजनीतिक नेतृत्व गर्नका लागि युवाहरुले अध्ययन गर्नुको साथै शारीरिक रुपमा आफुलाइ स्वस्थ राख्नुपर्नेमा जोड दिएका थिए । साथै बस्नेतले सम्मेलनबाट सर्वसम्मत चयन भएका अध्यक्ष यज्ञराज बस्नेत नेतृत्वको सिङ्गो जिल्ला कार्यसमितिको कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गणेश प्रसाद सिंह, जिल्ला संयोजक टेक बहादुर रावल, जिल्ला सचिव इमाश्वर देवकोटा, वाइसिएल नेपाल, जाजरकोट फ्रयाक्सन इन्चार्ज इन्द्र प्रसाद गौतम, वाइसिएल नेपालका केन्द्रीय सचिव गणेश शाही, मनोज विक, पुर्व जनमुक्ति सेना नेपाल तथा घाइते अपाङ्ग केन्द्रीय विभाग प्रमुख असमिल शाही, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय उपमहासचिव रेशम अधिकारी, अनेम संघ (क्रान्तिकारी), जाजरकोट अध्यक्ष राममाया हमाल अतिथि रहेका थिए । सम्मेलनको उद्घाटन सत्र र घोषणा सत्रमा बोल्ने बक्ताहरुले सम्मेलन सफलता र कार्यकाल सफलताको भनाइद्धारा शुभकामना दिएका थिए ।

अखिल नेपाल खेलकुद महासंघ जाजरकोटको अध्यक्षमा धिरेन्द्र सिंह सर्वसम्मत चयन भएका छन् । महासंघको प्रथम जिल्ला सम्मेलनले सिंहलाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे थियाे ।सम्मेलनले सिंहको अध्यक्षतामा २९ सदस्य जिल्ला कार्यसमिति चयन गरेको अखिल नेपाल खेलकुद महासंघ, जाजरकोट ईन्चार्ज विवश विक्रम शाहले जानकारी दिए । शाहले दिएको जानकारी अनुसार सम्मेलनले उपाध्यक्षमा भिम सेर्पाली, सचिवमा प्रेम बस्नेत, सह–सचिवमा रमेशराज चौलागाइलाइ सर्वसम्मत चयन गरेको छ भने, कोषाध्यक्ष पदमा अशोक सिंहलाइ सर्वसम्मत चयन गरेको छ । जिल्ला कार्यसमितिको सदस्यहरुमा एलिशा केसी, निरुता सिंह, धन बहादुर बस्नेत, सुनिता केसी, मिनिका नेपाली, अञ्जु नेपाली, राजकुमारी नेपाली, हेमन्त थापा, विशाल रावल, सन्तोष सिंह, रमेश नेपाली, प्रकाश पुन, हरिचन्द्र बस्नेत, राज कुमार परियार, सन्दिप वुढा मगर, दिपक राना, चन्द्र परियार, डिल्ली पुन, हेमराज बादी, केशवराज शाही, भिम बहादुर बस्नेत, रञ्जना वुढामगर, चेतना बुढा, डिएन विश्वकर्मा रहेको इन्चार्ज शाहले बताए ।

हिजो व्यवस्था परिवर्तको नेतृत्व गरेको माओवादी पार्टीले आज जनताको अबस्था परिवर्तनको नेतृत्व पनि माओवादी पार्टीलेनै गर्नुपर्ने वेला आएको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पुर्वमन्त्री शक्ति बहादुर बस्नेतले भनाइ राखेका थिए । सम्मेलनको प्रमुख अतिथि समेत रहेका बस्नेतले व्यवस्था परिवर्तन पश्चात नेपालले खेल क्षेत्रमा गुणात्मक रुपमा विकास गरेको बताए । खेलकुद, कलाकार, पत्रकार जस्ता विदागत संगठनहरुको विदागत विज्ञताले स्वरोजगार बन्न सकिने बताउदै उपमहासचिव बस्नेतले अखिल नेपाल खेलकुद महासंघको साँगठनिक संरचनालाइ बलियो बनाउनुको साथै विदागत क्षमतालाइ माथि उठाउन पार्टीले नयाँ नीति तथा कार्यक्रमलाइ अघि सारेको भनाइ राखेका थिए ।