२१ पुष २०८१, आईतवार

जाजरकोट रमाइलो मेलामा एक लाख रासी पुरस्कार श्रृसा पाेल्टि अडर सप्लायर्सलाई

जाजरकोट : “रमाइलो मेला २०८१” काे एक लाख रासी पुरस्कार श्रृसा पाेल्टि अडर सप्लायर्स नलगाड जाजरकोटले प्राप्त गरेकाे छ ।प्रत्येक बर्ष पुस १२ देखि १६ गते सम्म जाजरकोट जिल्लाको सदरमुकाम खलंगामा लाग्ने “जाजरकोट रमाइलो मेला, कृषि, पर्यटन, खेलकुद तथा साँस्कृतिक महाेत्सव २०८१” यश पटक डाँफे युवा क्लब जाजरकोटले आयाेजना गरेकाे थियाे, भने प्रायोजन तथा आर्थिक  सहयाेग भेरि नगरपालिका जाजरकोट र सहजिकरण जिल्ला खेलकुद बिकास समिति , जिल्ला स्वास्थ्य सेवा कार्यलय, जिल्ला भलिबल संघ, नेपाल स्काउट , लाईन्स युवा क्लब जाजरकोट र टाेल सुधार समिति थाप्लेचाैरले गरेका थिय ।

बिगतका दिनहरुमा भेरि नगरपालिका -३ काे त्रिभुवन माध्यमिक बिद्यालयकाे  खेल मैदानमा लाग्दै आयकाे उक्त मेला यसपटक भने थाप्ले स्थित बसपार्कमा लागेकाे थियाे ।
पाँच दिन सम्म संचालित उक्त मेलामा विभिन्न लाेक झाँकि प्रदर्शन गर्नुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुका विभिन्न प्रस्तुतिहरु तथा बालबिवाह न्युनिकरण र बिधुतिय अपराध न्युनिकरण सम्बन्धि जनचेतनामूलक सडक नाटक पनि प्रस्तुत गरियकाे थियाे ।

मेलामा विभिन्न खेलहरु मध्य भलिबल खेल आकर्षकका रुपमा रहेकाे थियाे भने  जिल्लामा उत्पादन भयका बिभिन्न बस्तुहरुकाे प्रदर्शनी समेत गरियकाे थियाे ।
भलिबल खेलका लागि प्रथम हुने खेलाडीले एक लाख,द्धितिय हुनेले पचहत्तर हजार र तृतीय हुनेले पचास हजार नगद सहित सम्मान पत्र प्राप्त गरेका थिय ।
भलिबल खेलमा प्रथम स्थान श्रृसा पाेल्टी अडर सप्लायर्स नलगाड जाजरकोट र द्धितिय वाईपियस ढुवानी सेवा कालेगाउँ जाजरकोटले हासिल गरेका थिय ।