१९ जेष्ठ २०८२, सोमबार

बुढानिलकण्ठ नगरपालिकाले युवा लक्ष्यित वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालनमा ल्याएको छ

काठमाडौं ; बुढानिलकण्ठ नगरपालिका काठमाडौंले युवाहरुलाई स्वदेशमै राेजगारी दिने उद्धेश्यले वृत्ति मार्गनिर्देशन केन्द्र कार्यक्रम संचालनमा ल्याएको छ ।२०८० साल फाल्गुण २३ गते शिक्षा तालिम केन्द्र, धुलिखेल, काभ्रेपलाञ्चोकमा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र उद्घाटन सम्पन्न भयो यस केन्द्रबाट, विद्यार्थी तथा युवाहरुका लागि वृत्ति मार्गनिर्देशन परामर्श सेवा निःशुल्क उपलब्ध हुने गरि उक्त कार्यक्रम यश नगरपालिकामा संचालनमा ल्यायकाे शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहले बताउनु भयाे ।वृत्ति, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइलाई श्रम बजारको आवश्यकता वैयक्तिक रुची, खुबी र क्षमता अनुसार दिगो, मर्यादित र व्यवस्थित रुपमा मार्ग निर्देशित गर्न युवा, विद्यार्थी, वैदेशिक रोजगारबाट फर्किएका कामदार तथा उनीहरुका परिवार, विद्यालय, स्थानीय क्लब, युवासँग सम्बन्धित संघ / संस्थालाई सूचना, परामर्श, वृत्ति एवम् मार्गनिर्देशन सेवा प्रदान गर्ने उद्देश्यले, विनियोजन ऐन, २०८० को दफा ९ (२) बमोजिम बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन कार्यविधि, २०८० बनाएको छ ।”“कुनै पनि समयमा र सुविधा जनक तरिकामा विद्यार्थीहरूले सजिलैसँग वृत्ति मार्गनिर्देशन प्राप्त गर्नको लागि यो डिजिटल प्लेटफर्म तयार गरिएको हो।यस डिजिटल प्लेटफर्मले विद्यार्थीहरूलाई आफ्नो वृत्तिका विकल्पहरू अन्वेषण गर्न मद्दत गर्न विभिन्न स्रोत र उपकरणहरू प्रदान गर्नेछ, जस्तै:आत्म-मूल्याङ्कन उपकरण, वृत्ति जानकारी र स्रोतहरू,परामर्श र मार्गदर्शन उपकरण, काम खोज सहयोग र यसले विद्यार्थीहरूलाई उनीहरूको वृत्ति विकल्पहरूको समग्र दृष्टिकोण प्राप्त गर्न र उनीहरूको भविष्यको बारेमा सूचित निर्णयहरू गर्न याे कार्यक्रम प्रभावकारी भयकाे छ ।

नेपालमा राेजगारिका सम्भावना के छ, रुचि र खुबिका आधारमा यस कार्यक्रमले युवा र बिद्यार्थीलाई राेजगारीमा पठाउने काम गर्दछ । र हामिले यश पालिका मात्र नभयर दुर्गम-( डाेल्पा र जाजरकोट) का स्थानीय पालिकाहरु संग पनि साझेदारी गरेर याे कार्यक्रम संचालन गरेकाे प्रमुख सिंहले बताउनु भयाे । राेजगारिका कुरा गरेर मात्र नभयर सम्मानित राेजगारिकाे आवस्यकता छ, यसका लागि राेजगारदाताहरु संग, संघ, प्रदेश र स्थानीय सरकारसंग  समन्वय गरेर युवा र बिद्यार्थीहरुलाई स्वदेशमै राेजगारि सिर्जना गर्नका लागि शिक्षा प्रणालीबाट , आर्थिक प्रणालीबाट र सामाजिक प्रणालीबाट सहयाेग पुर्‍याउनु पर्ने शिक्षा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहले बताउनु भयाे ।

वृत्ति मार्गनिर्देशन प्रशिक्षण तथा विद्यालयमा लागू गरिने कार्यक्रमले कक्षामा पारम्परिक रुपमा अध्यापन गराइरहेका शिक्षक शिक्षिकालाई समूहमा अन्तरक्रियात्मक सहजीकरणको सीप विकास गर्न पनि सहयोग सिद्ध भएको छ । राष्ट्रको बदलिँदो परिवेशमा गाउँ तथा नगरपालिकामा सीप विकासका कार्यक्रम लागू गर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेकाे छ । यसैले स्थानीय सरकारसँग सहकार्य गर्दै विद्यालयको छनोट गर्ने गरिएको छ । वृत्ति मार्गनिर्देशनको महत्त्व बुझ्न थालेका कतिपय पालिका प्रमुख र अध्यक्षले पनि परियोजनासँग सहकार्यका लागि प्रस्ताव गरेका छन् ।