चित्र र चरित्र बिचको फरक देखाईएको एक सांगीतिक प्रस्तुति “सुस्तरी” सार्वजानिक
काठमाडौं । नेपाली सांगीतिक बजारमा नयाँ नयाँ स्वादहरु आउने क्रममा गायक समर तामाङ र चर्चित गायिका अनु चौधरीको स्वरमा रहेको प्रेमगित “सुस्तरी”सार्वजनिक भएको छ ।
गीतमा नायक तथा तामाङ चलचित्र संघ बागमती प्रदेशको उपाध्यक्ष रोसन तामाङ र रजनी दोङको बेजोड अभिनय रहेको छ ।
बिगत लामो समय देखि कलाकारिता गर्दै आइरहेका नायक रोसन तामाङको दुई दर्जन भन्दा बढी म्युजिक भिडियो बजारमा सार्वजनिक भइसकेको छ भने तामाङ भाषामा बनेको तिल्दा , तिङला पुजु , खाइराङबा माया जस्ता चलचित्रमा अभिनय गरीसकेका तामाङ यति बेला म्युजिक भिडियोमा बढी ब्यस्त भएको देखिन्छ ।
नेपाली प्रेम गीत “सुस्तरी” गायक समर तामाङ र चर्चित गायिका अनु चौधरीको आवाजमा रहेको गितको शब्द इन्द्र लामा , संगित र संयोजन कर्साङ लामाले गरेका हुन भने गितको भिडियो तर्फ कथा लेखन रोसन तामाङले गरेका हुन् ।
म्युजिक भिडियो निर्देशनमा मन्दिप राना , क्यामेरामा राहुल र...