७ बैशाख २०८३, सोमबार

मनाेरन्जन

समयमा भुक्तानी नहुँदा बाँके र बर्दियाका साना निर्माण व्यवसायी पेसाबाट पलायन हुन थालेका छन्

समयमा भुक्तानी नहुँदा बाँके र बर्दियाका साना निर्माण व्यवसायी पेसाबाट पलायन हुन थालेका छन्

अर्थवाणिज्य, कृषि, पुर्वाधार, मनाेरन्जन, राष्ट्रिय, विचार, शिक्षा, समाचार
बाँके :समयमा भुक्तानी नहुँदा बाँके तथा बर्दियाका साना निर्माण व्यवसायी पेसाबाट पलायन हुन थालेका छन् । जिल्लामा रहेर निर्माण व्यवसायको काम गर्दै आएका १० प्रतिशत साना निर्माण व्यवसायी भुक्तानी समस्याका कारण प्रत्येक वर्ष पलायन हुने गरेको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष लीलाराज उपाध्यायले बताए। जिल्लामा सङ्घमा आवद्ध ६५३ निर्माण व्यवसायीमध्ये १० प्रतिशत निर्माण व्यवसायी काम गर्न नसक्ने स्थितिमा पुगेको जनाउँदै उनले साना निर्माण व्यवसायीको विषयमा राज्यले सोच्नुपर्ने समय आएको उल्लेख गरे। “निर्माण व्यवसायीले समयमानै कर्जा तिर्न नसक्दा पर्याप्त मात्रामा काम गर्नको लागि अहसज भएको छ” ,उनले भने,“हामीले हाम्रो समस्याको बारेमा मन्त्रालयलदेखि अन्य सरकारी निकायहरुमा भेटघाट गर्दा समस्याको समाधान गर्ने आश्वासन दिए पनि भुक्तानी भएको छैन यसमा सरकारले तत्काल ध्यान दिन आवश्यक छ ।” जिल्लामा रु आठदे...
तामाङ नायक प्रबिन्स मोक्तानको नयाँ गीत “कि देउ फेसबुक आइटी कि नम्बर” सार्वजनिक

तामाङ नायक प्रबिन्स मोक्तानको नयाँ गीत “कि देउ फेसबुक आइटी कि नम्बर” सार्वजनिक

मनाेरन्जन, समाचार
काठमाडौं । तामाङ चलचित्र क्षेत्रका चर्चित नायक प्रबिन्स मोक्तानको नयाँ गीत “ कि देउ फेसबुक कि नम्बर” सार्वजनिक गरिएको छ । गीत प्रबिन्स मोक्तानको आधिकारिक युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो। लामो समयदेखि तामाङ चलचित्र क्षेत्रमा सक्रिय रहेका मोक्तान पछिल्लो समय गायन क्षेत्रमा पनि निकै सक्रिय देखिँदै आएका छन् । देशका विभिन्न महोत्सव तथा सांगीतिक कार्यक्रममा उत्कृष्ट गायकका रूपमा प्रस्तुति दिँदै आएका उनले यसपटक आफ्नै स्वरमा नयाँ अडियो गीत सार्वजनिक गरेका हुन् । हालसालै सार्वजनिक गरिएको गीतले सामाजिक सञ्जालमार्फत हुने युवा पुस्ताको प्रेम, आकर्षण र संवादलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको छ । गीतप्रति दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरिएको छ । गीतको प्राविधिक पक्ष गीतः कि देउ फेसबुक आईडी कि नम्बर स्वरः प्रबिन्स मोक्तान शब्द र संगीतः विजय ला...
जाजरकोट “रमाइलो मेला र दरबार कप २०८२”को तयारी तिब्र

जाजरकोट “रमाइलो मेला र दरबार कप २०८२”को तयारी तिब्र

Breaking News, कृषि, खेल, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट :रमाइलो मेला २०८२ को अवसरमा आयोजना हुने “जाजरकोट दरबार कप २०८२” भलिबल प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढेको छ।खेलकुदमार्फत स्थानीय युवालाई प्रोत्साहन गर्ने र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रमाइलो मेला मुल समितिका संयोजक जनक केसीले बताए । केसीका अनुसार प्रतियोगितामा सहभागी टिमहरूमध्ये प्रथम हुने टिमले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि प्रवेश शुल्क १० हजार तोकिएको छ। प्रतियोगिताका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत पुरस्कारसमेत प्रदान गरिनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार ५ सय प्रदान गरिने संयोजक केसीले बताए । यस्तै बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट क्विक, मिडियम ब्...
वितुसिंह-विन्दसरा सिंह स्मृति प्रतिष्ठानद्वारा वितरण गरिने छात्रवृत्ति सहिद सन्तति समर सिंह र मेलिना सिंहलाई

वितुसिंह-विन्दसरा सिंह स्मृति प्रतिष्ठानद्वारा वितरण गरिने छात्रवृत्ति सहिद सन्तति समर सिंह र मेलिना सिंहलाई

Breaking News, अर्थवाणिज्य, मनाेरन्जन, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौं : वितुसिंह-विन्दसरा स्मृति प्रतिष्ठानद्वारा वितरण गरिने छात्रवृत्ति यश वर्ष जनयुद्धका सहिद ललित बहादुर सिंह (मण्डल) का सन्ततिलाई सम्मान सहित वितरण गरियकाे छ। समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पुर्ण बहादुर सिंह  (समरजंग)ले आफ्ना पिता वितु सिंह र आमा विन्दसरा सिंहकाे स्मृतिमा २०७८ सालमा स्थापना गरियकाे उक्त प्रतिष्ठानले प्रत्येक  बर्ष जेहेन्दार र विपन्न-दुईजना बालबालिकालाई ५/५ हजार नगत र सम्मान पत्र सहित सम्मान गर्दै आयकाे छ । २०८२ सालकाे छात्रवृत्ति सहिद मण्डलका छाेरा समर सिंह र छाेरी मेलिना सिंहलाई वितरण गरियकाे छ । काठमाडौंमा एक कार्यक्रम आयाेजना गरि  समाजवादी कम्युनिस्ट पार्टी नेपालका स्थायी कमिटी सदस्य द्वाेय माधव गाैतम ( विनयराज ),विनाेद थापा (सर्वजित) र जनपक्षीय पत्रकार संगठनका अध्यक्ष राम बहादुर सिंह (रेडियम) उक्त प्रतिष्ठानका अध्यक्ष उषा राना (सिंह) काे सहभागी र...
गायक तिलक बस्नेतको गीत “ ए मेरो जुन माया ” सार्वजानिक

गायक तिलक बस्नेतको गीत “ ए मेरो जुन माया ” सार्वजानिक

मनाेरन्जन
काठमाडौं । गीत संगीत क्षेत्रमा लामो समयदेखि संघर्षरत गायक तिलक बस्नेतको आज प्रशारण भएको गीत “ ए मेरो जुन माया ” सार्वजानिक भएको छ । आज आफ्नै युटुब च्यानल “ तिलक बस्नेत अफिसियल युटुब ” बाट सार्वजानिक भएको गीत निकै रफ्तारका साथ अगाडी गएको छ । यो गीतमा छोटो समयमा टीकटक बनाउनेको भिड समेत बढ्दै गएको छ । तिलक बस्नेत र देवी घर्तीको स्वरमा रहेको यो गीतको रचना र संगीत उनै बस्नेतको हो भने यो गितको एरेन्ज,मिक्सिङ र मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन् । वेभ स्टुडीयोमा रेकर्ड गरिएको यो गीतको रेकर्डिङ बिनोद महतराले गरेका हुन् । मुकेश नेपालीको नृत्य निर्देशन तथा निर्देशनमा बनेको यो गीतको भिडियोमा सनम विश्वकर्मा, लक्ष्मी क्षेत्री विश्वकर्मा,माया विश्वकर्मा,राम बहादुर विश्वकर्मा र मानकुमारी विश्वकर्माले मुख्य भुमिकामा अभिनय गरेका छन् भने बाल कलाकारको रुपमा श्रीयांसी लामिछानेको अभिनय रहेको छ । भिडियो...
मिडियाकर्मी डि.बि.पराजुलीको शब्दमा “ म झुक्न दिन्न मेरो देशको झण्डा”  बोलको स्वदेशगान रेकर्डिङ सम्पन्न

मिडियाकर्मी डि.बि.पराजुलीको शब्दमा “ म झुक्न दिन्न मेरो देशको झण्डा” बोलको स्वदेशगान रेकर्डिङ सम्पन्न

मनाेरन्जन, समाचार
काठमाडौं । देशमा अन्यौलता , अस्थिरता , बेरोजगारी जस्ता समस्याले गर्दा देशै नरहने अवस्थामा,पुग्ने हो कि भन्ने हल्लाले आम नेपालीहरुमा त्रास भ ई रहेको अवस्थालाई सन्तुलनमा राख्ने उदेश्यले एउटा नयाँ स्वदेशगान रेकर्ड  भएको छ । सामाजिक अभियन्ता तथा मिडियाकर्मी डि.बि.पराजुलीको शब्द लाई चर्चित गायक रुपक डोटेलको स्वरमा यो गीत रेकर्ड सम्पन्न गरिएको हो । सामाखुसी रेडन स्थित एरिका डिजिटल स्टुडियो मा रेकर्ड भएको यो गीतमा संगीत  सर्जक,मोडल तथा एक्टिभ ईन्टरटेनमेन्ट का सन्चालक बिजेन्द्र नौबागेले गर्नु भएको हो भने यसको एरेन्ज बहु प्रतिभाको धनी सुनिल परियार ले गर्नु भएको हो । देशभक्ति पुर्ण भावना जोडिएका सब्द रहेको यो गीतको रेकर्ड सिन्धुपाल्चोकके ठिटो मदन परियार ( सुफिक्स) ले गर्नु भएको हो । यो गीतको सब्दहरुले आम नेपाली हरुको मन छुने कुरामा आफू बिस्वस्त्त रहेको गीतका रचनकार डि.बि. पराजुलीले बताउनु भयो । ...
“चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड — २०८२” सर्वोउत्कृष्ट पाँच सार्वजानिक

“चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड — २०८२” सर्वोउत्कृष्ट पाँच सार्वजानिक

मनाेरन्जन, समाचार
काठमाडौं । लामो समयदेखि गीत संगीतको क्षेत्रमा कार्य गर्दै आएको एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा हुनलागेको “चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड — २०८२” सर्वोउत्कृष्ट पाँच मनोनित बिधाहरु सार्वजानिक भएको छ । बिगतका बर्षहरुमा जस्तै यो अवार्ड भव्य र सभ्य बनाउन बिभिन्न १७ बिधामा गायक, गायीका, मोडल तथा प्राबिधिक हरुले समेत यो अवार्डमा सहभागिता जनाएका छन् । १७ बिधामा करिब १५० जनाले फारम भरेर सहभागिता जनाएको भए पनि दर्शक श्रोताको रुचि तथा आयोजक र जुरी मेम्बरहरुको मुल्याङ्कनको आधारमा १७ बिधाका ८५ जनाको नाम आज सार्वजानिक गरिएको छ । यो अवार्डको फाईनल कार्यक्रम यहि पुष महिना भित्रमा गरिने आयोजक पक्षले जानकारी गराएको छ । सर्वोत्कृष्ट पाँच को बिधा तथा नामावली यस प्रकार रहेको छ १) सर्वोत्कृष्ट आधुनिक गीत (गायक) सि.डि.बिजय अधिकारी — चाहिँदैन न्याय मलाई प्रताप दास — पहिलो हेराई हे माया...
बाल नेतृत्व गर्दै थाइल्यान्ड पुगेका जाजरकोटका हेमराज दाहालको सशक्त सन्देश  

बाल नेतृत्व गर्दै थाइल्यान्ड पुगेका जाजरकोटका हेमराज दाहालको सशक्त सन्देश  

Breaking News, अन्तर्राष्ट्रिय, मनाेरन्जन, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं :“छेडागाड परिवर्तनको मोडल बन्न सक्छ, अब अरूको इसारामा होइन, आफ्नै सोचमा अघि बढौं” -हेमराज दाहाल थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय सुशासन, शिक्षा, स्वास्थ्य र नेतृत्व विकास सम्मेलनमा सहभागी हुँदै जाजरकोट छेडागाडका  हेमराज दाहालले आफ्नै गाउँ–नगर छेडागाड नगरपालिका, जिल्ला जाजरकोट, प्रदेश कर्णाली, र समग्र नेपालका जनताका लागि आत्मनिर्भरता र स्वाभिमानको सन्देश पठाएका छन्। विश्वमञ्चमा बोल्दै उनले जोड दिए -“छेडागाड, जाजरकोट र कर्णाली प्रदेश अरूको इसारामा चल्ने होइन, आफ्नै सोच र योजनामा अघि बढ्नुपर्ने बेला आएको छ।” दाहालले भन्नुभयो “हाम्रो पालिका, हाम्रो जिल्ला र हाम्रो देशले अब अरूको मुख हेर्ने समय समाप्त भएको छ। सके राम्रो काम गरौँ, नसके बिगार्ने होइन  आफ्नो काम आफैं गरौँ।” हेमराज दाहालका अनुसार, “विकास र परिवर्तनका लागि परनिर्भरता होइन, आत्मनिर्भरता चाहिन्छ। अरूले के भन्छन्...
पर्यटन ब्यावसायी सापकोटाको घुमौं रुविभ्याली म्यूजिक भिडियो सार्वजनिक

पर्यटन ब्यावसायी सापकोटाको घुमौं रुविभ्याली म्यूजिक भिडियो सार्वजनिक

मनाेरन्जन
काठमाडौं । रुविभ्याली ट्रेकिङ्ग रुटको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडियो घुमौं रुविभ्याली सार्वजनिक गरिएको छ । हिमालयन सोसिएल जर्नीका अध्यक्ष एवं सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको रचना,परिकल्पना र निर्माणमा बनेको म्यूजिक भिडियोले रुविभ्यालीको सुन्दर दृष्यलाई कथानक शैलीमा प्रस्तुत गरेको छ । पर्वतीय क्षेत्रका मानिसलाई सहयोग गर्ने उद्देश्यले स्थापित हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट)ले यो गीत निर्माण गरेको हो । ट्रस्टको औपचारिक घोषणासँगै पहिलो प्रोजेक्टको रुपमा रुविभ्यालीको कला, संस्कृति र पर्यटकीय सुन्दर थलोलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ घुमौं रुविभ्याली म्यूजिक भिडियो निर्माण गरिएको ट्रस्टका अध्यक्ष समेत रहेका सापकोटाले जानकारी दिनुभयो । म्यूजिक भिडियोको सार्वजनिक गर्दै साहित्यकार नवराज लम्सालले यो गीतले सिंगो रुविभ्यालीको चित्रण गरेको बताए...
नेपालगञ्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीकाे छापा ४५ जना प्रहरीको नियन्त्रणमा

नेपालगञ्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीकाे छापा ४५ जना प्रहरीको नियन्त्रणमा

Breaking News, मनाेरन्जन, राष्ट्रिय, समाचार
नेपालगञ्ज :बाँकेको नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ। ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए। उनले होटेल तथा रेष्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताए। प्रहरीले नेपालगञ्जको मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुष नियन्त्रणमा लिइएको जनाएको छ। पक्राउपर्नेमा आठ जना भारतीय युवकसमेत रहेका छन्।  ...