२०८३ श्रावण २३, शनिवार

अर्थवाणिज्य

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार
काठमाडौं : नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । नागेन्द्र साह नेपाल आयल निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत हुन् । यसभन्दा पहिले निगमको कार्यकारी निर्देशक चण्डिका भट्ट थिए । सरकारले पहिलेको सबै नियुत्ती बदर गरेपनि उनी स्वातः हटेका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत साह कार्यकारी निर्देशक नियुक्ति भएका हुन् । उनीसँग प्रतिस्पर्धामा प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव पनि उम्मेदवार थिए । उनीहरुलाई पछि पारेर साह कार्यकारी निर्देशक नियुक्ति भएका हुन् । ...
नेपाल घरेलु तथा साना उद्योग महासंघको बस्तुगत उपाध्यक्षमा मोहन कटुवाल निर्विरोध निर्वाचित

नेपाल घरेलु तथा साना उद्योग महासंघको बस्तुगत उपाध्यक्षमा मोहन कटुवाल निर्विरोध निर्वाचित

अर्थवाणिज्य, समाचार
काठमाडौं। नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशनबाट ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष मोहन कटुवाल बस्तुगततर्फको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। ललितपुरमा आइतबारदेखि सुरु भएको महासंघको महाधिवेशनले देशभरका घरेलु, साना तथा लघु उद्योगी–व्यवसायीहरूको साझा नेतृत्व चयन गर्ने क्रममा कटुवाललाई सर्वसम्मत रूपमा बस्तुगत उपाध्यक्षको जिम्मेवारी दिएको हो। उनको निर्विरोध चयनलाई ग्रील तथा स्टील उद्योग क्षेत्रका साथै समग्र घरेलु तथा साना उद्योग क्षेत्रमा सक्रिय व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन्। लामो समयदेखि स्वरोजगार, साना उद्योगको प्रवर्द्धन तथा उद्यमशीलताको विकासमा सक्रिय रहँदै आएका कटुवाल ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्षका रूपमा परिचित छन्। उनले आफ्नो नेतृत्वकालमा ग्रील तथा स्टील व्यवसायलाई व्यवस्थित, मर्यादित र स...
कोरिया जाने सपना त्यागेर स्वदेशमै सफलता: प्रदीप मैनालीको ‘फटाफट मिस्त्री’ अब घर निर्माण क्षेत्रमा

कोरिया जाने सपना त्यागेर स्वदेशमै सफलता: प्रदीप मैनालीको ‘फटाफट मिस्त्री’ अब घर निर्माण क्षेत्रमा

अर्थवाणिज्य, पुर्वाधार, समाचार
काठमाडौं । अधिकांश नेपाली युवाको सपना विदेश पुगेर राम्रो आम्दानी गर्ने हुन्छ। दक्षिण कोरियाको भिसा हातमा पर्दा धेरैका लागि त्यो जीवनको ठूलो उपलब्धि मानिन्छ। तर युवा व्यवसायी प्रदीप मैनालीले भने त्यही अवसर त्यागेर आफ्नै देशमा केही गर्ने अठोट लिए। आज उनी त्यही निर्णयलाई सफल बनाउँदै सयौं युवाका लागि प्रेरणाको पात्र बनेका छन्। वैदेशिक रोजगारीको आकर्षणभन्दा स्वदेशमै उद्यम र रोजगारी सिर्जनालाई प्राथमिकता दिएका मैनालीले सञ्चालन गर्दै आएको Fatafat Mistri Pvt. Ltd. ले अब घर निर्माण क्षेत्रमै सेवा विस्तार गर्ने भएको छ। कम्पनीले आगामी २०८३ साल भदौदेखि घर निर्माणको सम्पूर्ण जिम्मा लिने गरी सेवा सञ्चालन गर्ने तयारी पूरा गरेको जनाएको छ। यसअघि कम्पनीले काठमाडौं उपत्यकाभित्र मिस्त्री, प्लम्बर, इलेक्ट्रिसियन, कार्पेन्टर, पेन्टिङ, टायल, फल्स सिलिङ, हाउस मेन्टेनेन्स तथा अन्य प्राविधिक सेवा प्रदान गर्दै आएक...
मिठो स्वादसँगै आतिथ्यताको उदाहरणीय संगम बन्दै ‘सिन्की भान्छा घर’

मिठो स्वादसँगै आतिथ्यताको उदाहरणीय संगम बन्दै ‘सिन्की भान्छा घर’

अर्थवाणिज्य, पर्यटन, समाचार
काठमाडौं। आजको व्यस्त जीवनशैलीमा स्वाद मात्र होइन, आत्मीयता र पारिवारिक वातावरण खोज्नेहरूको रोजाइ बन्दै गएको छ ‘सिन्की भान्छा घर’। युवा व्यवसायी हिमाल लम्साल ले सञ्चालन गरिरहेको यो भान्छा घरले परम्परागत नेपाली तथा पहाडी परिकारलाई आधुनिक सरसफाइ र उत्कृष्ट सेवासँग जोड्दै ग्राहकको मन जित्न सफल भएको छ। पुतलीसडकस्थित स्टार मल अगाडि, कुमारी हल जाने बाटोमा रहेको सिन्की भान्छा घरमा प्रवेश गर्नेबित्तिकै घरको न्यानोपनको अनुभूति हुन्छ। यहाँ आउने ग्राहकले केवल खाना मात्र होइन, आफ्नै घरमा बसेर खाना खाइरहेको अनुभूति गर्ने गरेका छन्। यही आत्मीय व्यवहार र मिठो स्वादले छोटो समयमै सिन्की भान्छा घरलाई धेरैको रोजाइ बनाएको छ। सञ्चालक हिमाल लम्सालका अनुसार राम्रो खाना भनेको स्वाद मात्र होइन, विश्वास पनि हो। त्यसैले यहाँ शुद्ध तेल, स्थानीय उत्पादन, सिलौटामा पिसिएका मसला, ताजा तरकारी तथा स्थानीय खसीको मासु प्रय...
फेसियल हाउसको १२औँ शाखा सितापाइलामा उद्घाटन, गुणस्तरीय सौन्दर्य सेवा थप सहज हुने

फेसियल हाउसको १२औँ शाखा सितापाइलामा उद्घाटन, गुणस्तरीय सौन्दर्य सेवा थप सहज हुने

अर्थवाणिज्य, समाचार
काठमाडौं । नेपालकै अग्रणी सौन्दर्य सेवा प्रदायक संस्था फेसियल हाउसले काठमाडौंको सितापाइलास्थित अनुपम महलमा आफ्नो १२औँ शाखा औपचारिक रूपमा उद्घाटन गरेको छ। शनिबार आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, सञ्चार उद्यमी शोभा ज्ञवालीलगायतले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन्। करिब १८ वर्षअघि काठमाडौं मल, सुन्धाराबाट यात्रा सुरु गरेको फेसियल हाउसले सेवा विस्तारलाई निरन्तरता दिँदै देशभर आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ। हाल कम्पनीले काठमाडौंसहित पोखरा, सुर्खेत, नेपालगञ्ज, ललितपुर, चितवन, धनगढी र इटहरीमा सेवा प्रदान गरिरहेको छ। साथै काठमाडौं र चितवनमा फेसियल एकेडेमी सञ्चालन गरी सौन्दर्य तथा स्किन केयर क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ। फेसियल हाउसकी संस्थापक सु...
सोफा हब काठमाडौंको ऐतिहासिक घोषणा, १ लाख रुपैयाँ पुरस्कारसँगै रोजगारीको अवसर पनि

सोफा हब काठमाडौंको ऐतिहासिक घोषणा, १ लाख रुपैयाँ पुरस्कारसँगै रोजगारीको अवसर पनि

अर्थवाणिज्य, समाचार
काठमाडौं । सिर्जनशीलता, प्रतिभा र अवसरलाई एउटै मञ्चमा जोड्ने लक्ष्यसहित नेपालकै अग्रणी फर्निचर ब्रान्ड सोफा हब काठमाडौंले देशव्यापी भिडियो निर्माण प्रतियोगिताको घोषणा गरेको छ। एउटा उत्कृष्ट भिडियोले केवल पुरस्कार मात्र होइन, जीवनको नयाँ मोडसमेत दिलाउन सक्ने विश्वासका साथ कम्पनीले १ लाख रुपैयाँसम्मको नगद पुरस्कार र विजेताका परिवारका सदस्यलाई रोजगारीको अवसरसमेत प्रदान गर्ने घोषणा गरेको हो। डिजिटल युगमा लुकेर बसेका प्रतिभाशाली कन्टेन्ट क्रिएटर, भिडियो मेकर, इन्फ्लुएन्सर तथा आम सर्वसाधारणलाई आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसर प्रदान गर्दै कम्पनीले प्रतियोगिताको औपचारिक सुरुवात गरेको जनाएको छ। कम्पनीका अनुसार सहभागीहरूले सोफा हबको ब्रान्ड, उत्पादनको गुणस्तर, ग्राहक सन्तुष्टि, आधुनिक शोरूम, सेवा सुविधा तथा विशेष अफरलाई केन्द्रमा राखेर सिर्जनात्मक भिडियो तयार गर्न सक्नेछन्। कमेडी, भाइन्स, ...
नेपालका कर्पोरेट शक्तिहरू एकै मञ्चमा : कसले पाए प्रतिष्ठित अवार्ड ? (सूचीसहित)

नेपालका कर्पोरेट शक्तिहरू एकै मञ्चमा : कसले पाए प्रतिष्ठित अवार्ड ? (सूचीसहित)

अर्थवाणिज्य, समाचार
काठमाडौं । नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित १८औं संस्करणको ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड, २०२६’ सम्पन्न भएको छ । ईश्वर लाल प्रतिष्ठानको सहकार्यमा कर्पोरेट मिडिया ग्रुपले आज बिहीबार काठमाडौंको होटेल र्‍याडिसनमा विशेष समारोह आयोजना गरी सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रमार्फत नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको छ । ‘कर्पोरेट एक्सिलेन्स’, ‘बैंकिङ, इन्स्योरेन्स एण्ड फाइनान्स’, ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप’, ‘कर्पोरेट बिजनेश लिडरसिप’ र ‘लाइफटाइम एचिभमेन्ट’ सहित पाँचवटा विधामा कूल २९ वटा अवार्ड प्रदान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वल ज...
भिरबाट फालिएको टेम्पुबारे कैलाली डिभिजन वन कार्यालयको प्रस्टीकरण

भिरबाट फालिएको टेम्पुबारे कैलाली डिभिजन वन कार्यालयको प्रस्टीकरण

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
कैलाली: डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पु भीरबाट खसालेको भन्ने सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्ति मार्फत कार्यालयले सामाजिक सञ्जालमा देखाइएजस्तो उक्त टेम्पु सञ्चालन अवस्थामा रहेको सवारी साधन नभई वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालन गर्न प्रयोग गरिएको गुड्न नसक्ने साधन रहेको जनाएको छ। कार्यालयका अनुसार गोदावरी सामुदायिक वनअन्तर्गत गाईमारे चुरे वन क्षेत्र संवेदनशील पर्यावरणीय क्षेत्र हो, जहाँ लामो समयदेखि अवैध रूपमा खोका तथा छाप्रा निर्माण गरी सरकारी जमिन कब्जा गर्ने र किनबेच गर्ने गतिविधि हुँदै आएको थियो। पछिल्लो पाँच महिनायता पनि त्यहाँ पुनः अवैध संरचनाहरू खडा गरिएका थिए। विज्ञप्तिमा घनश्याम धामीले चक्का र इन्जिनसमेत नभएको, धकेलेर सार्न समेत कठिन हुने फलामे ढाँचा ...
काठमाडौंको भीडभाडमा गाउँको मिठास खोज्नेहरूको रोजाइ बन्दै वृक्षालय रिसोर्ट — जहाँ पेट मात्र होइन, मन पनि भरिन्छ

काठमाडौंको भीडभाडमा गाउँको मिठास खोज्नेहरूको रोजाइ बन्दै वृक्षालय रिसोर्ट — जहाँ पेट मात्र होइन, मन पनि भरिन्छ

अर्थवाणिज्य, समाचार
काठमाडौं । बिहानदेखि बेलुकासम्मको भागदौड, सडकको भीड, धुलो, धुवाँ र तनावपूर्ण शहरी जीवनबाट केही समय टाढा गएर मनलाई शान्त बनाउने ठाउँ खोज्नेहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ । मानिसहरू अहिले केवल खाना खान मात्र होइन, आत्मीयता, शान्त वातावरण र गाउँघरको अनुभूति खोज्न थालेका छन् । यही चाहनालाई यथार्थमा बदल्दै कपनको आकाशेधारामा अवस्थित वृक्षालय रिसोर्ट अहिले काठमाडौंवासीहरूको आकर्षणको केन्द्र बनेको छ । “शहर भित्रको गाउँ, पेटमात्र होइन मन भर्नको लागि कपनको आकाशेधारामा रहेको वृक्षालय रिसोर्ट जाऔं” भन्ने सन्देश बोकेको यो रिसोर्ट केवल व्यवसायिक केन्द्र मात्र होइन, नेपाली मौलिकता, गाउँघरको आत्मीयता र प्राकृतिक जीवनशैलीको संगमस्थल बनेको छ । युवा व्यवसायी तथा गायक सुवास कुँवर द्वारा सञ्चालन गरिएको वृक्षालय रिसोर्ट अहिले सामाजिक सञ्जालदेखि पारिवारिक भेटघाटसम्म चर्चाको विषय बन्न पुगेको छ । गाउँघरको...
टाेखा नगरपालिकाकाे बजार अनुगमन पछि ४६ वटा पसल कार्वाहीमा

टाेखा नगरपालिकाकाे बजार अनुगमन पछि ४६ वटा पसल कार्वाहीमा

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं : टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि सुरु गरेको बजार अनुगमनका क्रममा ४६ पसललाई कारबाही गरेको छ ।"टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५" बमोजिम वैशाख २५ गतेदेखि नगरभित्रका ११ वटै वडामा बजार अनुगमन गरेको थियो । नगरपालिका, नगर प्रहरी, केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला, पशु सेवा कार्यालय, उद्योग वाणिज्य सङ्घ टोखा र उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा बजार अनुगमन गरिएको थियो । अनुगमनका क्रममा धेरैजसो व्यवसायीले व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन गरेको भेटिएको टोखाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए । बजार अनुगमनका क्रममा पसलहरूमा मूल्यसूची नराखिएको, म्याद गुज्रिएका सामान बिक्रीका लागि राखिएको, मासु पसलमा सरसफाइको चरम अभाव रहेको र न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएको प्...