२०८३ असार १८, बिहीवार

मिठो स्वादसँगै आतिथ्यताको उदाहरणीय संगम बन्दै ‘सिन्की भान्छा घर’

काठमाडौं। आजको व्यस्त जीवनशैलीमा स्वाद मात्र होइन, आत्मीयता र पारिवारिक वातावरण खोज्नेहरूको रोजाइ बन्दै गएको छ ‘सिन्की भान्छा घर’। युवा व्यवसायी हिमाल लम्साल ले सञ्चालन गरिरहेको यो भान्छा घरले परम्परागत नेपाली तथा पहाडी परिकारलाई आधुनिक सरसफाइ र उत्कृष्ट सेवासँग जोड्दै ग्राहकको मन जित्न सफल भएको छ।

पुतलीसडकस्थित स्टार मल अगाडि, कुमारी हल जाने बाटोमा रहेको सिन्की भान्छा घरमा प्रवेश गर्नेबित्तिकै घरको न्यानोपनको अनुभूति हुन्छ। यहाँ आउने ग्राहकले केवल खाना मात्र होइन, आफ्नै घरमा बसेर खाना खाइरहेको अनुभूति गर्ने गरेका छन्। यही आत्मीय व्यवहार र मिठो स्वादले छोटो समयमै सिन्की भान्छा घरलाई धेरैको रोजाइ बनाएको छ।

सञ्चालक हिमाल लम्सालका अनुसार राम्रो खाना भनेको स्वाद मात्र होइन, विश्वास पनि हो। त्यसैले यहाँ शुद्ध तेल, स्थानीय उत्पादन, सिलौटामा पिसिएका मसला, ताजा तरकारी तथा स्थानीय खसीको मासु प्रयोग गरिन्छ। प्रत्येक परिकारमा नेपाली मौलिक स्वादलाई जोगाउने प्रयास गरिएको छ।

सिन्कीको स्वाद, ढिँडो सेट, मटन, चिकेन, माछा, स्थानीय तरकारी, सेलरोटी, अर्सा, फापरका परिकारदेखि विभिन्न पहाडी खानाका स्वादले ग्राहकलाई गाउँघरको सम्झना दिलाउने गरेका छन्। स्वादसँगै सरसफाइमा कुनै सम्झौता नगर्ने प्रतिबद्धताले पनि यस भान्छा घरको विश्वास बढाएको छ।

युवा पुस्ताले विदेश जाने सपना मात्र होइन, आफ्नै देशमा केही नयाँ गर्ने अठोट लिएर सुरु गरेको यो प्रयास अहिले सफल व्यवसायको उदाहरण बन्दै गएको छ। हिमाल लम्सालले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नेपाली खानाको मौलिक पहिचान जोगाउने अभियानसमेत अघि बढाएका छन्।

सिन्की भान्छा घरमा दैनिक आउने धेरै ग्राहकले यहाँको आत्मीय सेवा, पारिवारिक वातावरण र घरजस्तै स्वादलाई विशेष रूपमा प्रशंसा गर्ने गरेका छन्। “एकपटक आएपछि फेरि आउन मन लाग्ने ठाउँ” भन्ने प्रतिक्रिया ग्राहकबाट बारम्बार सुनिनु नै यसको सफलताको प्रमाण बनेको छ।

मिठो स्वाद, शुद्धता, आत्मीय आतिथ्यता र नेपाली मौलिकताको सुन्दर संगम बनेको सिन्की भान्छा घर आज केवल एउटा रेस्टुरेन्ट मात्र होइन, नेपाली स्वाद र संस्कृतिलाई जोगाउने अभियानको एउटा प्रेरणादायी केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। युवा व्यवसायी हिमाल लम्सालको यो प्रयासले नेपाली परिकारलाई नयाँ पुस्तामाझ थप लोकप्रिय बनाउने विश्वास गरिएको छ।