काठमाडौं । बिहानदेखि बेलुकासम्मको भागदौड, सडकको भीड, धुलो, धुवाँ र तनावपूर्ण शहरी जीवनबाट केही समय टाढा गएर मनलाई शान्त बनाउने ठाउँ खोज्नेहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ । मानिसहरू अहिले केवल खाना खान मात्र होइन, आत्मीयता, शान्त वातावरण र गाउँघरको अनुभूति खोज्न थालेका छन् । यही चाहनालाई यथार्थमा बदल्दै कपनको आकाशेधारामा अवस्थित वृक्षालय रिसोर्ट अहिले काठमाडौंवासीहरूको आकर्षणको केन्द्र बनेको छ ।
“शहर भित्रको गाउँ, पेटमात्र होइन मन भर्नको लागि कपनको आकाशेधारामा रहेको वृक्षालय रिसोर्ट जाऔं” भन्ने सन्देश बोकेको यो रिसोर्ट केवल व्यवसायिक केन्द्र मात्र होइन, नेपाली मौलिकता, गाउँघरको आत्मीयता र प्राकृतिक जीवनशैलीको संगमस्थल बनेको छ । युवा व्यवसायी तथा गायक सुवास कुँवर द्वारा सञ्चालन गरिएको वृक्षालय रिसोर्ट अहिले सामाजिक सञ्जालदेखि पारिवारिक भेटघाटसम्म चर्चाको विषय बन्न पुगेको छ ।
गाउँघरको झल्को दिने वातावरण
वृक्षालय रिसोर्टमा प्रवेश गर्नेबित्तिकै मानिसले आफू काठमाडौंको भीडभाडमा नभई कुनै शान्त गाउँमा पुगेको अनुभूति गर्छ । हरियाली वातावरण, खुला आकाश, प्राकृतिक हावा, परम्परागत शैलीमा सजाइएका संरचना, नेपालीपन झल्काउने भाँडा तथा सजावटले यहाँ आउने पाहुनालाई छुट्टै आनन्द दिन्छ ।
यहाँको वातावरण यति आत्मीय छ कि धेरै पाहुनाहरू “काठमाडौंमै यस्तो ठाउँ होला भन्ने सोचेका थिएनौं” भन्दै आश्चर्य व्यक्त गर्ने गरेका छन् । विशेषगरी परिवारसहित रमाइलो गर्न चाहने, साथीभाइसँग फुर्सद बिताउन खोज्ने तथा तनावपूर्ण जीवनबाट केही समय विश्राम लिन चाहनेहरूका लागि यो रिसोर्ट आदर्श गन्तव्य बनेको छ ।
नेपाली चुलोको स्वादले जित्दै पाहुनाको मन
वृक्षालय रिसोर्टको सबैभन्दा ठूलो विशेषता भनेको यहाँ पाइने नेपाली मौलिक स्वाद हो । बजारिया स्वादभन्दा फरक, नेपाली चुलोमा पकाइने अर्गानिक परिकारहरूले यहाँ आउने जोकोहीलाई गाउँघरको सम्झनामा डुबाइदिन्छ ।
विशेषगरी यहाँको “बदिया भाले”, स्वादिष्ट “कालिज”, नेपाली चुलोमा पाकेको ढिडो, लोकल अचार, अर्गानिक सागसब्जी तथा परम्परागत नेपाली खानाले पाहुनाको मन जितिरहेको छ । खाना पकाउने शैलीदेखि परिकार पस्किने तरिकासम्ममा नेपाली मौलिकता झल्किन्छ ।
यहाँका धेरै ग्राहकहरू “एकपटक खाएपछि फेरि आउन मन लाग्ने स्वाद” भएको प्रतिक्रिया दिने गर्छन् । अर्गानिक तथा स्वस्थकर खानाको बढ्दो मागबीच वृक्षालय रिसोर्टले नेपाली परिकारलाई आधुनिक पुस्तामाझ लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
संगीत, संस्कृति र व्यवसायलाई जोड्ने प्रयास
रिसोर्टका सञ्चालक सुवास कुँवर केवल व्यवसायी मात्र होइनन्, नेपाली गीत संगीतमा पनि सक्रिय गायकका रूपमा परिचित छन् । संगीत र संस्कृतिप्रतिको उनको प्रेम वृक्षालय रिसोर्टको वातावरणमा समेत स्पष्ट देखिन्छ ।
यहाँ कहिलेकाहीँ लाइभ म्युजिक, सांगीतिक जमघट तथा सांस्कृतिक भेटघाटसमेत हुने गरेका छन्, जसले पाहुनालाई थप आकर्षित गर्ने गरेको छ । नेपालीपन हराउँदै गएको गुनासो भइरहेका बेला कुँवरले आफ्नो व्यवसायमार्फत नेपाली संस्कृति, खानपान र गाउँघरको आत्मीयतालाई जोगाउने प्रयास गरिरहेका छन् ।
युवाका लागि प्रेरणादायी उदाहरण
आजको समयमा धेरै युवा विदेश पलायन भइरहेका बेला स्वदेशमै केही फरक गर्ने सोचका साथ अघि बढेका सुवास कुँवरको प्रयास धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । आधुनिक शहरभित्रै नेपाली मौलिकताको स्वाद र गाउँघरको अनुभूति दिने अवधारणाले वृक्षालय रिसोर्टलाई छोटो समयमै लोकप्रिय बनाएको छ ।
स्थानीय उत्पादनको प्रयोग, अर्गानिक खानामा जोड, पारिवारिक वातावरण र आत्मीय सेवाले यो रिसोर्टलाई अन्यभन्दा फरक बनाएको छ । यहाँ पुग्ने धेरैले “यो केवल रिसोर्ट होइन, भावनासँग जोडिने ठाउँ हो” भन्ने प्रतिक्रिया दिने गरेका छन् ।
मन थाकेको बेला एकपटक वृक्षालय पुग्नुस्…
यदि तपाईं शहरको कोलाहलबाट केही समय टाढा गएर शान्त वातावरणमा आफ्ना प्रियजनसँग रमाइलो गर्न चाहनुहुन्छ भने कपन आकाशेधाराको वृक्षालय रिसोर्ट उपयुक्त गन्तव्य बन्न सक्छ ।
त्यहाँ पुगेर तपाईंले केवल स्वादिष्ट खाना मात्र होइन, हराउँदै गएको गाउँघरको आत्मीयता, नेपालीपनको मिठास र मनलाई सुकून दिने वातावरण महसुस गर्नुहुनेछ ।
सायद त्यसैले आजकल धेरै मानिसहरू एउटै कुरा भन्न थालेका छन्—
“काठमाडौंमा मन भर्ने ठाउँ खोज्दै हुनुहुन्छ भने एकपटक वृक्षालय रिसोर्ट अवश्य पुग्नुस् ।”

