२७ आश्विन २०८२, सोमबार

यातायात

पहिराेका कारण मुग्लिन- नागढुङ्गा सडक अवरुद्ध

पहिराेका कारण मुग्लिन- नागढुङ्गा सडक अवरुद्ध

Breaking News, माैसम, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको छ भयपछि बाटाे बन्द भएको छ । आज बिहान खसेको पहिरोको कारण पृथ्वी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरी कार्यालय धादिङले जनाएको छ । पानी परिरहेको र ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको बताइएको छ । बाटो दुईतर्फी अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन। मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो जाँदा सडक एकतर्फी संचालनमा रहेको छ। तुईन खोला पुल नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन भरतपुरले जानकारी दियो । वैकल्पिक मार्गको प्रयोग गरेर यात्रा गर्न र अत्यावश्यक नभई यात्रामा ननिस्कन प्रहरीले आग्रह गरेको छ ।  ...
जाजरकोट कल्ले खाेलामा एम्बुलेन्स दुर्घटना, चालक चनाराकाे मृत्यु

जाजरकोट कल्ले खाेलामा एम्बुलेन्स दुर्घटना, चालक चनाराकाे मृत्यु

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुदा चालककाे मृत्यु । जिल्लाको भेरि नगरपालिका - १ कल्ले खाेलामा गय राति १२ बजे एम्बुलेन्स दुर्घटना हुदा चालक २७ बर्षिय शुनिल चनाराकाे   घटनास्थलमै मृत्यु भयकाे हाे।खलंगा बाट डाैँरीकाँडा बिरामी लिन  जाँदै गरेकाे  भे १ च २२४७ नम्बरको  एम्बुलेन्स गय राति उकालाे जाने क्रममा भित्तामा ठाेक्कियर करिव  दुईसय मिटर तल खसेकाे , जाजरकोटबाट प्रेम रानाले बताय । घटना बारे बुझ्न बिहानै प्रहरीकाे टाेलि घटनास्थलमा पुगेकाे छ ।  ...
भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । नलगाड नगरपालिकाको दल्लीबाट रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए । उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ । बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनले बताए । बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।...
बिकास काेषद्वारा भक्तजनका लागि निशुल्क बससेवा

बिकास काेषद्वारा भक्तजनका लागि निशुल्क बससेवा

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :पसुपतिनाथकाे मन्दिरमा श्रावन महिनाको सोमबार दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूको सहजताको लागि पशुपति क्षेत्र विकास कोषले बिहान ४:०० बजे देखि १०:०० बजे सम्म ४ वटा बसमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेको छ। रुट १ - बल्खु - कलंकी - बालाजु - नारायण गोपाल चोक - चाबहिल हुदैँ पशुपति पार्किङ। रुट २ - बल्खु - सातदोबाटो - कोटेश्वर - ऐरपोर्ट हुदैँ पशुपति पार्किङ। मयुर यातायात संगकाे सहकार्यमा उक्त सेवा संचालन गरेकाे बिकाश काेषले जानकारी दियकाे छ ।...
समाजवादी कम्युनिस्ट पार्टीले गर्याे नयाँ बसपार्क सरसफाइ

समाजवादी कम्युनिस्ट पार्टीले गर्याे नयाँ बसपार्क सरसफाइ

Breaking News, पुर्वाधार, यातायात, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौं गाेगंबु नयाँ बसपार्क भित्र सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।आज उक्त पार्टीले काठमाडौं उपत्यका केन्द्रित जनअभियान अन्तर्गत काठमाडौं अभियान टिमले उक्त सरसफाइ कार्यक्रम गरेको हाे । सरसफाइ कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा अभियान टिमका ईन्चार्ज विनयराज, संयाेजक रेडियम सिंह सदस्यहरु सिबि, शाेम, आकाश, नविन, रुद्र, सरस्वती लगायतकाे टिमले आज नयाबसपार्क भित्र सरसफाइ गरेर जन अभियानको सन्देश प्रवाह गरेका हुन । उक्त कार्यक्रम संगै पार्टीको तत्कालीन कार्यक्रमबारे पर्चाहरु पनि बितरण गरियकाे थियाे ।साे पार्टीकाे यहीँ २०८२ असार ७ र ८ गते काठमाडौंमा सम्पन्न तेस्रो केन्द्रीय समितिकाे पुर्ण बैठकबाट उपत्यका केन्द्रित जनअभियान संचालन गर्ने निर्णय गरेको थियो । उक्त पार्टीले तत्कालीन कार्यनीति “जनतामा जाऔं ! जनताको सेवा गराैं !!” अभियान अवलम्बन गरि...
चिनबाट उर्लेकाे बाढीले रसुवा जिल्ला जलमग्न,

चिनबाट उर्लेकाे बाढीले रसुवा जिल्ला जलमग्न,

Breaking News, पुर्वाधार, माैसम, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : चिनबाट उर्लेकाे बाढिले रसुवा जिल्ला जलमग्न भयकाे छ । छिमेकी राष्ट्र चीनको भूभागमा भएको वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल र चीनबीचको प्रमुख स्थलमार्ग जोड्ने मितेरीपुललाई ध्वस्त बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान करिब ३:१५ बजे उर्लिएर आएको भेलले गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढी स्थित पुललाई पूर्ण रूपमा बगाएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले सडक, पुल, भन्सार यार्डमा रहेका सवारीसाधन र सुख्खा बन्दरगाहसमेत बगाएको छ। क्षतिको विवरण आइनसकेको तर ठूलो क्षति भएको अनुमान गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। बाढी राति आएको र मानवीय क्षति पनि भएको हुन सक्ने अनुमान गरिएको उनको भनाई छ। नाकामा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी पौडेलले बगाएको गाडीमा मान्छे पनि र...
काठमाडौं-चक्रपथ कलंकी काेटेश्वर खण्डको नव निर्मित ग्वार्काे फ्लाई ओभर उद्घाटन

काठमाडौं-चक्रपथ कलंकी काेटेश्वर खण्डको नव निर्मित ग्वार्काे फ्लाई ओभर उद्घाटन

Breaking News, अर्थवाणिज्य, यातायात, राष्ट्रिय, समाचार
ललितपुर :काठमाडौं उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा निर्माण गरिएको फ्लाई ओभर (ओभरपास) आज देखि उद्घाटन गरियकाे छ ।शुक्रबार प्रधानमन्त्री केपि शर्मा ओली र उपत्यका ट्राफिक प्रहरी प्रमुख (एसएसपी) नवराज अधिकारीले ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास रिबन काटेर उद्घाटन गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौं उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । २०७७ साल देखि कल्पना गरियकाे उक्त सडकलाई केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । २०८० फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर, तोकिएको समयमा निर्म...
बर्दियाको जब्दिघाट पुल भत्केको दशकाै पछि पायाे सार्थकता स्थानीय हरुमा छायाे खुसि

बर्दियाको जब्दिघाट पुल भत्केको दशकाै पछि पायाे सार्थकता स्थानीय हरुमा छायाे खुसि

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
बर्दिया :बर्दियाली जन्ताकाे आशाकाे ढुकुटी बनेकाे जब्दीघाट पुलले पायाे सार्थकता। बर्दिया जिल्लाको गुलरिया नगरपालिका, बारबर्दिया नगरपालिका र महेन्द्र राजमार्गलाई जोड्ने जीवनरेखा—जब्दिघाट पुल—अन्ततः पुनर्निर्माणकाे चरणमा प्रवेश गरेको छ। दशकौँको सङ्घर्षका बावजुत बर्दियाली नेताहरु, जनप्रतिनिधिको अथक पहल र मिडियाको निरन्तर खबरदारीपछि नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ मा बबई नदीमाथिको यो महत्वपूर्ण पूर्वाधारको पुनर्निर्माण थालनी गर्ने घोषणा गरेको छ। उक्त पुल बन्ने भय पछि बर्दियाली जनतामा आशा र उत्साहको सञ्चार पैदा गरेको छ। यो कथा सुरु हुन्छ २०६० को दशकमा, जब नेपाल सरकारले गुलरियालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सपना बुनेर जब्दिघाट पुलको निर्माण योजना अघि बढायो। निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सन प्रालिलाई दिइयो, तर प्राविधिक कमजोरी, कमसल डिजाइन र गुणस्तरहीन सामग्रीको प्रयोगले २०७२ सालको ...
भानु र व्यास नगरपालिका जोड्ने सडक ३१ वर्षपछि कालोपत्रे

भानु र व्यास नगरपालिका जोड्ने सडक ३१ वर्षपछि कालोपत्रे

Breaking News, यातायात, राष्ट्रिय, समाचार
तनहुँ : ३१ वर्षपछि व्यास नगरपालिका-११ स्थित वागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ।संघीय सरकारबाट चार करोड बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो। बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईका अनुसार व्यास नगरपालिका-११ बाट भानु नगरपालिका-६ जोड्ने उक्त सडकअन्तर्गत व्यास नगरपालिका क्षेत्रमा भने सडक स्तरोन्नतिको काम जारी छ। पहिलो चरणमा व्यास नगरपालिका-११ शेराबाट ढुङ्गाखानीसम्म कालोपत्र हुँदैछ। हालसम्म आठ सय ५० मिटर कालोपत्र भइसकेको छ। यसैबीच, जिल्लाको पर्यटकीयस्थल बन्दीपुर गाउँपालिका-२ थानीमाई मन्दिरबाट मुकुन्देश्वरी पदमार्ग निर्माण थालिएको छ। थानीमाई मन्दिरबाट निर्माण सुरु भएको दुई किलोमिटर लामो पदमार्ग चुलीडाँडामा टुङ्गिनेछ। यो पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए। गाउँपालिकाको गुरुयोजनाअनु...
पहिराेमा पुरिय ९ वटा घर, २ वटा माेटरसाईकल

पहिराेमा पुरिय ९ वटा घर, २ वटा माेटरसाईकल

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :अविरल बर्षासंगै पहिरोमा पुरिएर छेडागाड  नगरपालिका–१ खारा र ४ जेवातरामा ४ वटा घर, ५ वटा अस्थायी आबास र २ वटा मोटर साइकल पूर्णरुपमा क्षेतिग्रष्त भएका छन् । शुक्रबार मध्यराति अबिरल बर्षासंगै माथिबाट आएको पहिरोमा पुरिएर ४ वटा घर, ५ वटा अस्थायी आबास र २ वटा मोटर साइकाल पूर्णरुपमा क्षेतिग्रष्त भएका हुन् ।१४ वटा घर र एक वटा अस्थायी आबास उक्त पहिरोको उच्च जोखिममा रहेका छन् ।छेडागाड नगरपालिका–१ ढाँडापाखाबाट आएको पहिरोले खारा बजारमा रहेको सव–डिभिजन वन कार्यालय भवन पूर्णरुपमा क्षेतिग्रष्त भएको छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा “अपिल” ले जानकारी दिएका छन् । उप–प्रमुख थापाले दिएको जानकारी अनुसार छेडागाड–१ निबासी करे बस्नेतको घर पूर्णरुपमा क्षेतिग्रष्त भएको छ । त्यसैगरी जनता आबास कार्यक्रमबाट बनेका कर्ण बहादुर बादी र दीपा बादीका एक–एक वटा घर पूर्णरुपमा क्षेतिग्रष्त भएका छन् । छेड...