३१ भाद्र २०८१, सोमबार

यातायात

रुकुम बाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस बाग्लुङमा दुर्घटना

रुकुम बाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस बाग्लुङमा दुर्घटना

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ चाईनाबगरबाट काठमाडौका लागि छुटेको यात्रुबाहक बस बाग्लुङ्गमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।सोमबार बिहान छुटेको बा ००६ ख ३८७९ नम्बरको कमलताल डिलक्स बस साँझ करिब ५:३० बजेतिर बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ६ को जाउले पानीमा दुर्घटनाग्रस्त भएको हाे। उक्त बसमा करिब ३२ जना यात्रुहरु रहेको र घाइते २५ जनाको नजिकै बुर्तिबाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचार भई रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी गराएका छन । रातको समय भएकोले हेलिकप्टरबाट उद्धार कार्य कठिन भएको रिजालले बताए । घाइतेहरुलाई थप उपचारका लागि पोखरा लगिदै छ । मृतकको संख्या बढन सक्ने बताइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।...
आउदै गरेको डोजर र खलंगाको चिन्ता:-जनक केसी

आउदै गरेको डोजर र खलंगाको चिन्ता:-जनक केसी

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, विचार, शिक्षा
बिषय प्रवेश :अहिले जाजरकोट सदरमुकाम खलंगाको बजारमा अतिक्रमित जग्गामा बनेका भौतिक संरचनाहरु हटाउन स्थानीय प्रशासनले जारी गरेको ३५ दिने सुचना पछि घरटहरा भत्काउन डोजर आउन लागेको भन्ने हल्लाको व्यापक चर्चा भइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको फैसला र गृहमन्त्रालयको परिपत्र भन्दै जिल्ला प्रशासन कार्यालयले फागुन २० गते केहि स्थानीयको नाम र केहि कित्ता नम्वरहरुमा रहेका जग्गाहरुको क्षेत्र तोकेर ती क्षेत्रमा वनेका घरटहराहरु भत्काउन सार्वजनिक सुचना जारी गरेपछि यहाँ विभिन्न थरिका हल्लाहरु फैलिएका छन् ।स्थानीय प्रशासनको सुचना, अख्तियारको फैसला,गृहमन्त्रालयको पत्र र विभिन्न समयमा वसेका जिल्ला स्तरका सर्वदलीय तथा सर्वपक्षीय वैठकहरुले पनि विकल्प नदिएर गरेका निणर्यहरुका आधारमा स्थानीय प्रशासन अघि वढेको छ । जाजरकोट सदरमुकाम खलंगाको वजार क्षेत्रमा अहिले भर्खरै भन्दा पनि तीस चालिस वर्...
धादिङकाे गजुरीमा बस दुर्घटना ७ जनाकाे मृत्युु कयौं घाइते

धादिङकाे गजुरीमा बस दुर्घटना ७ जनाकाे मृत्युु कयौं घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :धादिङकाे गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु र ३३ जना भन्दा बढि घाइते भएका छन् । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु २ख २१२१ नम्बरको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए । हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको डीएसपी कुँवरले बताए । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । उद्धार गरिएकाहरूलाई कसैलाई काठमाडौं पठाएको र कतिपयलाई  नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको उनले बताए । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ । पुरा विवरण आउन बाँकी रहेको डिएसपी कुँवरले जानकारी दिए ।बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बस पृथ्वीराजमार्गबाट करिब १०० ...
सुर्खेतमा ट्याक्टर र बाइक ठाेकिँदा एकको मृत्यु, एक गम्भिर घाइते

सुर्खेतमा ट्याक्टर र बाइक ठाेकिँदा एकको मृत्यु, एक गम्भिर घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
सुर्खेत :  सिम्ता गाउँपालिका वडा नं ६ काे जामुने वजारमा वाइक र ट्याक्टर ठाेकिदा वाइकमा सवार विरेन्द्र नगरपालिका वडा ३ निवासी वर्ष २९ का विजय रानाकाे घटना स्थलमै मृत्यु भएको छ । जाजरकोट तर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको बुलेट मोटरसाइकल र जामुने वजार देखि राकम तर्फ आउँदै गरेको भे १ त ४५ नम्बरकाे ट्याक्टर वजारमै एकआपसमा ठाेकिएको स्थानीयकाे भनाइ रहेको छ । माेटरसाइकल चालक वि न पा १ निवासी वर्ष २३ का रुपेश गिरीकाे अवस्था भने चिन्ताजनक रहेको इ.प्र.का. वादेपिपल राकमले बताएकाे छ । उपचारका लागि गिरीलाइ अहिले सुर्खेत लगिएको छ । ट्याक्टर चालक भने प्रहरी नियन्त्रणमा रहेका छन ।...
कपिलवस्तुकाे सुरहि पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तुकाे सुरहि पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
बुटवल :पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै यात्रुवहाक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बुधबार साँझ महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको र ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ । सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ । बसमा ४० जना यात्रु रहेकाे र मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेकाे बुटवल प्रहरी कार्यलयले जनायकाे छ । घटनाको थप विवरण आउन बाँकी छ ।...
यातायात ब्यवस्था बिभागका महानिर्देशक रिजाललाई कालाे माेसाे दलेर कार्वाही

यातायात ब्यवस्था बिभागका महानिर्देशक रिजाललाई कालाे माेसाे दलेर कार्वाही

Breaking News, यातायात, समाचार
काठमाडौं :यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाललाई कालाे माेसाे दलेर कार्वाही भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेकाे हाे । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ । कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह पुगेर कालोमोसो दलेको स्रोतको भनाइ छ। पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको बेला युवा संगठनले कालो माेसाे दलेको जनायकाे छ।   ...
चितवनमा यात्रुबाहक बस दुर्घटना, २०जना घाइते

चितवनमा यात्रुबाहक बस दुर्घटना, २०जना घाइते

Breaking News, यातायात, समाचार
चितवन :चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं. बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले जानकारी दिए ।...
जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज पुल बन्ने

जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज पुल बन्ने

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज बन्ने भएका छन् । जिल्लाको नलगाड नगरपालिका- ५ र बारेकोट गाउँपालिका-८ जोड्ने खारा खोला र छेडागाड नगरपालिका-१२ र ५ जोड्ने मनघाट, छेडाखोलामा बेलिब्रिज बन्ने भएका हुन् । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो। यी दुई पुलको सामान कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले सोमबार बुझेका छन। अब ती सामान सम्बन्धित क्षेत्रमा पुर्‍याएर जडान गरिने बताएको छ। ढिलोमा अबको ३ महिनाभित्र पुल जडान गरिसक्न मन्त्री सिंहले सम्बन्धित कार्यालयलाई निर्देशन समेत दियका छन। संघीय सरकारले उपलब्ध गराएको यी दुई थान पुलको सामान सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले मन्त्री सिंहलाई हस्तान्तरण गरेका छन। यी पुल जडान र ढुवानीको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्नेछ। यी दुई स्थानमा पक्की पुल बनेपछि बेलिब्रिज सडक ...
अर्घाखाँचीमा जिप दुर्घटना दुईजनाकाे मृत्यु, दुईजना घाइते

अर्घाखाँचीमा जिप दुर्घटना दुईजनाकाे मृत्यु, दुईजना घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
बुटवल : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा लु १ ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको वडाअध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको हो । जीप सडकबाट पल्टिएर करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् । घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा पुर्‍याइएको छ ।...
डा.ताराकान्त पाण्डे काे निधनप्रती आरसिपिका अध्यक्ष माेहन वैद्यले गरे वक्तव्य मार्फत श्रद्धाञ्जली

डा.ताराकान्त पाण्डे काे निधनप्रती आरसिपिका अध्यक्ष माेहन वैद्यले गरे वक्तव्य मार्फत श्रद्धाञ्जली

Breaking News, यातायात, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
काठमाडौं :इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डा ताराकान्त पाण्डेयको निधनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष माेहन वैद्य "किरण"ले दुःख व्यक्त गरेका छन् । आईतवार  शोक बक्तव्य जारी गर्दै वैद्यले उनको असामयिक निधनप्रति दुःख व्यक्त गरेका हुन् । गत पुस २७ गते राति नेपालगंज देखि काठमाडौं आउने क्रममा  समालोचक, वामपन्थी चिन्तक तथा प्रध्यापक डाक्टर ताराकान्त पाण्डेयको दाङ जिल्लाको  भालुबाङमा बस दुर्घटनामा उपचार लिने क्रममा निधन भएको थियो । नेपाली प्रगतिवादि साहित्य जनवादी तथा समाजवादी साँस्कृतिक आन्दोलन र माक्र्सवादी साैन्दर्य चिन्तनकाे क्षेत्रमा अग्र पंक्तिमा रहेर स्थापित ब्यक्तित्वका रुपमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आउनु भयका ,क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार सदस्य तथा इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहनु भयका पाण्डे केन्द्रीय स्कुलिङ ...