काठमाडौं :काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस तामाकोशी नदीमा खसेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशी नदीमा यात्रबाहक बस खसेको हो ।
दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न स्थानीयले बताएका छन् । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ ।
प्रदेश ३-०१-००५ख९९७५ नम्बरको बस दुर्घटनामा परेको खुलेको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए ।बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको छ । थप विवरण आउन बाँकी रहेको र बसमा कतिजना यात्रुहरु थिय भन्ने एकिन नभयकाे प्रहरीले जनाएको छ ।
