४ चैत्र २०८२, बुधबार

डाेल्पाकाे जगदुल्लामा जिप दुर्घटना चालककाे मृत्यु

दुनै डाेल्पा : डाेल्पा जिल्लामा जिप दुर्घटना एक युवकको मृत्यु भयकाे छ ।जिल्लाको मुड्केचुला गाँउपालिका -१ भोटगाऊ घर भयका हाल रुकुम पश्चिम त्रिवेणी बस्ने बर्ष २३ का सल्मान रोकायाको मृत्यु भएको हो ।

मुड्केचुला गाउँपालिका वडा नम्बर -१ काङ्ग्रे खोला स्थित भित्रि कच्ची सडक खण्डमा बोलेरो जिप दुर्घटना हुदा चालक राेकायकाे मृत्यु  भएको हाे।

ईल (खर्क) देखि त्रिवेणी (रुकुम पश्चिम) तर्फ जादै गरेको बा.१७ च. ३९७० नम्बरको बोलेरो जिप एक्कासी अनियन्त्रित भई सडकबाट अन्दाजी ३०/४० मिटर तल खस्दा उक्त गाडी चलाकको घटनास्थलमै मृत्यु भएको र  अन्य यात्रु सवार नभएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । जिप साहु र चालक आफै रहेका राेकायले डाेल्पामा पहिलाेपटक चार पाङ्ग्रे सवारी साधन डाेल्पामा पुर्‍याएका थिय।

बेलुका ५:१८ बजे तिर जिप दुर्घटना भएर जिप जगदुल्ला नदिमा खसेको छ मृतकको लास घटनास्थलमा नै रहेको। उक्त स्थानमा इलाका प्रहरी कार्यालय कालिका डोल्पा बाट प्र.स.नि. हरक सिंह लोथ्यालको कमाण्डमा ५ जना र थप प्रहरी चौकी ईल डोल्पा बाट प्र.स.नि. बिनोद कुमार थापाको कमाण्डमा ४ जनाको सहित ९ जना टोली घटना स्थलमा गएको र घटना बारे थप जानकारी आउन बाकी रहेको प्रहरीले जनाएको छ ।