काठमाडौं : बुढानिलकण्ठ नगरपालिका काठमाडौले आगामी “चाैथाे राेजगार तथा वृत्ति मेला -२०८१” संचालनका लागि सम्पुर्ण काम पूरा भयकाे जानकारी दियकाे छ।२०७८ साल देखि शृङ्खला बद्ध रुपमा संचालन हुँदै आयकाे उक्त वृत्ति मेला यहि फाल्गुन २ र ३ गते संचालन हुने नगरपालिकाले जानकारी दियकाे हाे ।
“शिक्षा सीप र उद्यमशिलता ! राेजगारी हाम्रो प्राथमिकता !!” भन्ने मुल नारा सहित चाैथाे राेजगारी तथा वृत्ति मेला आयाेजना गरियकाे नगर प्रमुख मिठाराम अधिकारीले बताउनु भयाे ।´मेलामा युवा राेजगारीलाई प्राथमिकतामा राखिएको छ।` मेलालाई ब्यवस्थित रुपमा संचालन गर्न नगर प्रमुख मिठाराम अधिकारी संयाेजक र उप प्रमुख अनिता लामा सह-संयाेजक रहने गरि मुल आयाेजक समिति गठन गरियकाे छ।
मेलाको सम्पुर्ण काम पूरा भयकाे जानकारीका लागि आज बृहत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरियकाे थियाे । मेलामा ४१ वटा स्टल रहने छन जसमा २० वटा राेजगारदाता, ६ वटा शिक्षा सीप तथा तालिम प्रदायक, ३ वटा उन्नयनशिल युवा उद्येेम, ७ वटा रमाइलो शुक्रबार प्रबर्द्धन र बाँकी ६ वटा बिबिध बिषयका स्टलहरु रहने बताईयकाे छ । उक्त मेलामा २५ हजार भन्दा बढि गृहणी महिला युवा तथा बिद्यार्थी लगायतकाले अवलोकन गर्ने र मेला अवधिभर दर्जनौं बेरोजगार युवाहरुले राेजगार प्राप्त गर्ने अनुमान गरियकाे शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहले बताउनु भयाे ।
नगरपालिका भित्र बस्ने १६ देखि ४० बर्षका बेरोजगार युवाहरूलाई माघ मसान्तसम्म प्रत्येक वडामा अनलाइन फारम भर्न आह्वान गरेकाे थियाे । दुइदिन सम्म लाग्ने मेलामा नगरमा दर्ता दर्ता भयका दस हजार ब्यावसायि ,फर्महरुलाई आमन्त्रण गरियकाे र मेला अवधिभर एक सय जनालाई राेजगारीमा जाेड्ने दुई सय जनालाई ईन्टर्नका लागी तयारी गर्ने एक सय पचास जनालाई साईकाेमेटृिक टेष्ट, ओैद्दाेगिक प्रशिक्षार्थी स्किल कम्पिटिसन,बिद्यार्थीका अबिभावकलाई समेत करियर सम्बन्धि काउन्सेलिङ एक सय युवालाई सिंगल काउन्सेलिङ चार सय युवाहरूलाई सामुहिक काउन्सेलिङ लगायतका कार्यक्रम राखियकाे नगर उप प्रमुख अनिता लामाले बताउनु भयाे ।
उक्त मेलाका लागी बागमती प्रदेश शैक्षिक केन्द्र धुलिखेलकाे आर्थिक सहयाेग र हेल्भिटास इन्स्याेर परियाेजनाकाे प्राविधिक सहयाेग रहेकाे नगरपालिकाले जनायकाे छ ।